अनुभब

आमा बन्ने रहर

 नारी अनि आमा एकअर्काको परिपुरक हो । भनिन्छ आमा बने पछि मात्र नारीको नारित्व पुरा हुन्छन् । आमा बन्नको लागि महिलाहरुले धेरै पिडा, चुनौती र जोखिमहरु आत्मसाथ गर्ने गरेको हामीले देख्ने गरेका छौ । आमा बन्नका लागि मन्दिर धाउने, ब्रत बस्ने, भाकल गर्ने मात्र होईन लाखौ खर्च गरेर उपचार गर्ने तथा टेष्टट्युव वेवी समेत राख्ने गरेका प्रसस्त उदाहरणहरु हाम्रो समाजमा छ । तर आमा बन्नका लागि ३–३ महिनासम्म जुम्लिहा गर्भको एउटा बच्चा सकुशल जन्माउने आशामा अर्को मृत बच्चा गर्भमा राखिरहने सहाष (हिम्मत) कमै महिलाले गर्न सक्छन् । गर्भमा नै मृत्यु भईसकेको भ्रुणले गर्भ खेर जाने सम्भावना त रहन्छ नै तर त्यो भन्दा पनि संक्रमण हुने, अत्याधिक रक्तश्राव हुने र गर्भवती महिलाको ज्यानै जान सक्ने खतरा पनि रहन्छ । यो जान्दाजान्दै पनि नियमित मेरो परिक्षण र निगरानीमा बसेर कुसल छोरी जन्माएर आमा बनेकी छिन् बिराटनगरकि प्रिती सिंह ।भारतमा विवाह भएकी प्रितीलाई मोटी भएकै कारण सन्तान हुदैन भन्दै सासुले निक्कै बचन लगाइन् । एक त मोटो शरिर त्यसमा पनि एक पटक गर्भ खेर गए पछि यो आरोप सुन्नु उनको दैनिकी बनेको थियो । यसै क्रममा प्रिती पुन: गर्भवति भइन् । गर्भको परिक्षण  गराउँदा थाहा भयो गर्भमा जुम्लिहिया बच्चा छन् । यो खबर थाहा पाउना साथ उनको खुशीले आकाश चुमेको थियो । घर अनि माईत सबैतिर खुशीयाली छायो तर यो खुशी धेरै दिन रहेनन् । उनको अल्ट्रासाउण्ड (भिडियो एक्स रे) गर्दा एउटा बच्चामा ‘सिष्टिक हग्रोमा’ भन्ने समस्या देखियो । सिष्टिक ह्याग्रोमा भएमा भ्रुणको घाटिमा रहेको एक किसिमको धमनी चेपिएको हुन्छ जसका कारण लिम्फ (एक किसिमको सेतो रगत) राम्ररी सञ्चार हुन सक्दैनन् र घाटि सुन्निएको हुन्छ । यसका कारण बच्चाको बृद्धीमा असर पुग्ने तथा गर्भ खेर जाने सम्भावना रहन्छ ।त्यसैले प्रितीको गर्भमा रहेको दुइ बच्चा मध्ये सिष्टिक ह्याग्रोमा भएको बच्चालाई बचाउन सक्ने कुनै सम्भावना नभएको उनको चिकित्सकले बताए । अपरेसन गर्दा एक बच्चालाई निकाल्ने र अर्काेलाई गर्भमै छाड्न नमिल्ने र महिना पुरा नभइ बच्चाको विकास नहुने हुदा दुबै बच्चालाई बचाउन नसकिने चिकित्सकले बताएका थिए । चिकित्सकका सुझावले प्रिती माथि बज्रपात गरायो । उनको जिवनमा दु:खका बादल छायो तर आमा बन्ने चाहना र रहर छोड्न सकिनन् । अर्को चिकित्सकले केहि गर्न सक्छ कि भन्ने आशा र विश्वासले आफन्त र छिमेकीको सल्लाहामा उनी आफ्नो आमासंग मलाई भेट्न मोरङ्ग सहकारी अस्पताल आईन् । २०७६ अषाढ १७ गते प्रथम पटक उनलाई परिक्षण गरेको मैले बिर्सेको छैन । आमा बन्ने असिम चाहना लिएर मलाई भेटेको त्यो पल, मैले उनको सबै रिपोर्ट हेरे । गर्भमा २ बच्चा तर एउटा बच्चामा सिष्टिक हग्रोमा देखिएको अल्ट्रासाउण्ड, अन्य रिपोर्टहरु सामान्य थियो । उनले देखाएका प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ चिकित्सकले गर्भ निरन्तर गर्न नसकिने सल्लाह दिएको थियो जुन स्वाभाविक हो । सिष्टिक हग्रोमा भएको बच्चालाई मैले बचाउन सक्ने पनि होईन । एकातिर आमा बन्ने रहर अर्का्तिर स्वास्थ्यको जटिलता । निर्णय गर्न सजिलो थिएन । तर अर्को बच्चाको अवस्था सामान्य रहेकाले जोखिम लिने निर्णय गरे ।अनि उनका अभिभावकहरुलाई राखेर यर्थात र जटिलताकाबारे सल्लाह गरे । मैले अर्को बच्चालाई जिवित राख्ने कोसिस गर्छु भने । मैले उनको नियमित परिक्षणहरु शुरु गरे । श्रावणमा नै उनको त्यो सिष्टिक हग्रोमा भएको बच्चा गर्भमा मृत्यु भयो तर गर्भमा नै बसिरह्यो । मृत भ्रुणले रक्तश्राव गराउने हो कि वा संक्रमण पो गर्ने हो कि डर मलाई पनि थियो । त्यसैले धेरै पटक रगतको परिक्षण र अल्ट्रासाउण्ड गर्नु परेको थियो । गर्भको अवधि ३१ पुग्नु अगाडि बच्चा निकाल्दा बचाउन सक्ने अवस्था कम थियो । मलाई नि यो सम्भव हुनेमा द्वबिधा थियो भने आमाको मनमा डर हुनु स्वाभाविक थियो ।मैले मेरा अन्य चिकित्सक साथिहरुसंग पनि सल्लाह गरे । प्रितिले आफ्नो स्वास्थ्यको भन्दा अर्काे बच्चा बचाउन अनि चाडै बच्चा ठुलो बनाउन आग्रह गर्दा कहिले आमाको मन अनि कहिले कस्तो अपरिपक्क प्रश्न लाग्थ्यो । अनि हरेक पटक आउदा हप्ता बढि पुगोस् र चाडै ३१ हप्ता पुगोस् जस्तै गर्दा हाम्रो चिकित्सकिय बाध्यता सम्झन्थिए । प्रितिकी आमा जयश्री सिंहले भनीन्, ‘उनलाई त आफ्नो भन्दापनि आफ्नो बच्चाको मात्रै चिन्ता थियो ।’डराउदै अनि शाहासहरु बटुल्दै बिचमा विभिन्न समस्याका कारण अस्पताल भर्ना पनि गर्दै अन्तत:  ३१ हप्तामा गर्भमा १८ हप्तामा खेर गएको गर्भ र अर्को सकुशल रहेको गर्भ शल्यक्रिया गरेर असोज १ गते जन्माउन सफल भयौ । उनी १ केजी ४०० ग्रामकी संघ्रशिल छोरी, गर्भदेखि नै संघर्ष गर्दै आएकी छोरीको आमा बनेकी छिन । १ केजी ४ सय ग्रामकी छोरी हातमा पाउदा उनले अगाडिका सबै पिडा र मानसिक तनाव भुलेकी छिन् । संसारलाई जितेको महशुष गरेकी छिन् ।

डा. बालकृष्ण साह, आश्विन २७, २०७६

-- पुरै पढ्नुहोस् --

बलात्कार  जीवनको अन्त्य होइन

जब म पेट पाल्न काम खोज्दै थिएँ । त्यतिबेला अछूत भएकै कारण मैले काम पाइन तर मेरो शरीर भोग गर्न र जूठो खान मेरो जात सोधिएन, यस्तो छ हाम्रो समाज । मुनाको प्रश्न छ–बलात्कारमा पर्नेले किन पश्चाताप गर्ने ? बलात्कारी पो दोषी त ? अरूले गरेको नराम्रो कामको प्रतिफल आफूले किन भोग्ने ? 

लक्ष्मी भण्डारी थापा, चैत्र १९, २०७५

-- पुरै पढ्नुहोस् --

दसैं योजना

मानिसहरू विभिन्न काममा व्यस्त हुने भएकाले आफन्त एवं परिवारजनसँग निरन्तर भेट हुँदैन । दसैं सबैसँग भेटघाट गराउने माध्यम बन्छ । सबैसँग भेट हुनु तथा मान्यजनबाट आशीर्वाद थाप्न पाउनु दसैंको सबैभन्दा सुन्दर पक्ष हो । अहिले दसैंको नाममा विभिन्न विकृतिसमेत देखा पर्न थालेका छन् । यस्तो देख्दा चाहिँ केही नरमाइलो लाग्छ ।

नारी संवाददाता , आश्विन २६, २०७५

-- पुरै पढ्नुहोस् --

मिडियामा लाग्न घरमा संघर्ष नै गर्नुपर्‍यो

टेलिभिजनबाट टाढिएको वा छोडिहालेको चाहिँ होइन तर चलचित्रमा व्यस्त हुनुपर्ने र अर्काे मनोरञ्जक कार्यक्रम चलाउन व्यस्त हुनुपरेका कारण केही समयका लागि ब्रेक लिएकी हुँ ।

नारी संवाददाता , माघ ७, २०७३

-- पुरै पढ्नुहोस् --

भूकम्पको तीतो अनुभव

शुक्रबार बलम्बुमा भोज भएकाले म शनिबार पनि उतै थिएँ। शनिबार बहिनी, बहिनीकी साथी र म घर नजिकै फुपूको घर गएका थियौं।

सिर्जना दुवाल श्रेष्ठ, जेष्ठ ६, २०७२

-- पुरै पढ्नुहोस् --

अनुभवहरूमा दसैं

हरेक दिन मेसिनजस्तै व्यस्त हुनुपर्ने यो जीवनमा वर्षमा एकपटक आउने दसैंले नयाँ ऊर्जा थपेको महसुस हुन्छ ।

आश्विन १, २०७१

-- पुरै पढ्नुहोस् --

युवाहरूको दसैं अनुभव

परम्परागत रूपमा चलिआएको धर्म-संस्कृतिलाई अहिलेका युवाहरूले हेर्ने दृष्टिकोण फरक छ ।

सिर्जना दुवाल श्रेष्ठ, झरना नहर्कीआश्विन १, २०७१

-- पुरै पढ्नुहोस् --

दसैं अनुभव ती दिनका.....

डा. निभा राजभण्डारीलाई दसैं भन्नासाथ रमाइलो पर्व, नयाँ पहिरन लगाउने चाडजस्तो लाग्थ्यो । मामाघरमा हुर्किएकी डा. निभाका एकजना भाइ छन् ।

आश्विन १, २०७१

-- पुरै पढ्नुहोस् --