कथा

हाउस वाइफ

नितेशसँग विवाह गरेको सात वर्ष भैसकेको थियो, यतिन्जेलसम्म पनि सन्तान नहुँदा आफन्तहरू चिन्तित थिए । कसैले ज्योतिषकहाँ जाने सल्लाह दिन्थे, कसैले राम्रो डाक्टरको नाम भन्थे त कसैले तान्त्रिककहाँ गएर ग्रहशान्ति गर्ने सुझाव दिन्थे भने कसैले केही जडीबुटी खाने सल्लाह दिँदै त्यसले धेरै नि:सन्तान दम्पतीको सन्तानको चाहना पूरा गरेको बताउँथे । विवाहको चार वर्षसम्म बच्चा जन्माउने कुनै योजना भएन । नितेशको जागिर पनि त्यति राम्रो थिएन र मेरो पनि पढाइ पूरा भएको थिएन । दुवैको राम्रो जागिर र आर्थिक अवस्था अलि राम्रो भएपछि बच्चाको योजना बनाउने सोच थियो हाम्रो । चार वर्षपछि बच्चाको राम्रो पालनपोषण गर्ने हैसियत बनाइसकेपछि बच्चा जन्माउने योजना बनाए पनि गर्भ रहन सकिरहेको थिएन । यसपालि १५ दिन महिनावारी रोकिएपछि हामी डाक्टरकहाँ गयौं । डाक्टरको सल्लाहअनुसार ब्लड र युरिन जाँच गर्नुपर्ने भयो । त्यसको रिपोर्ट आउन एक घन्टा पर्खनुपर्‍यो । क्लिनिकमा आफ्नो पालो पर्खेर बस्नेहरूको लाइन थियो, त्यही लाइनको हिस्सा बन्दै म पनि बेन्चको एक साइडमा बसें । नितेशको फोन आयो उसले आज एकजना क्लाइन्टसँग भेट्नुपर्ने थियो, त्यसैले तुरुन्तै अफिस जानुपर्ने भयो । मलाई रिपोर्ट पर्खेर बस्न भन्दै ऊ गयो । म एक्लै भएँ, रिपोर्ट पोजिटिभ आउने हो कि नेगेटिभ डर लागिरहेको थियो । एक्लै पर्खनुपर्दा मन अझ आत्तिएजस्तो भयो । मनमा नानाथरी कुरा खेल्न थाले, यदि रिपोर्ट पोजिटिभ आयो भने आफन्तहरू खुसी हुनेछन्, सबैले म पूर्ण नारी हुँ भन्ने सोच्नेछन् । मैले भने आफूलाई पूरै बदल्नुपर्नेछ, मन लागेको लुगा, मन लागेको खाना, सुन्दरता, निद्रा, फ्रिडम आदि धेरै कुरा त्याग्नुपर्नेछ बच्चाका लागि । भर्खरै जागिरका लागि एक संस्थामा आवेदन दिएकी थिएँ, चिनेका एकजना दाइले तिमी बलियो प्रतिस्पर्धी छौ, आवेदन दिएकामध्ये, सम्झ जागिर पक्का भयो भनेको कुरा सम्झिएँ । तलब राम्रो थियो आईएनजिओको जागिर, टाढा–टाढासम्म फिल्ड हिँड्नुपर्ने । रिपोर्ट पोजिटिभ आए त्यो पनि त्याग्नुपर्ने थियो । भर्खरै मात्र नितेशलाई आफ्नो काममा जान कति सहज भयो, तर मलाई त्यति सहज हुनेछैन । आखिर बच्चा त दुवै जनाको हो तर बच्चा पेटमा रहेदेखि हुर्काउँदासम्म धेरै त्याग महिलाले नै गर्नुपर्छ । हुन त प्रकृतिले नै नारीलाई यस्तै बनाएको छ । दुवै जनाले जागिर छोडेर बच्चा हुर्काउने काम गर्न सम्भव हुँदैन । यदि रिपोर्ट पोजिटिभ आयो भने मेरो दायित्व बच्चाको स्याहार गर्ने, दिनभर घरमा बस्ने, घरको काम गर्ने हुन्छ र मलाई सबैले हाउस वाइफका रूपमा चिन्छन् भने हाम्रो आवश्यकता पूरा गरिदिने, परिवारको आर्थिक जिम्मेवारी उठाउने, अफिस जाने दायित्व नितेशको हुन्छ । यो त ठीकै छ तर समाज, परिवार तथा आफन्तले यो नसोचून् कि म असक्षम भएकीले हाउस वाइफको ट्याग झुन्ड्याएर बस्नुपरेको हो, सबैले बुझिदिऊन् कि सक्षम हुँदाहुँदै पनि बच्चाका लागि अनि एक पूर्ण नारीको दर्जा पाउन धेरै कुरा छोडेर बसेकी छु । श्रीमान्ले पनि यो बुझिदिऊन् कि उसले यति धेरै त्याग गरेकी छे भने म पनि बच्चाको बाउ बनिसकेपछि आफू केही परिवर्तन हुनैपर्छ, टाइममा घर आउनुपर्छ, पहिले जस्तो साथीभाइ, रमाइलो, घुमघाम आदिबाट अलि टाढा बस्नुपर्छ, किनभने बच्चा त हामी दुवैको हो । सोच्दासोच्दै अस्ति भर्खर भेट भएकी स्कुलमेट नितुको कुरा सम्झिएँ । क्लासकी फस्ट गर्ल थिई ऊ । दुई घन्टा सँगै बिताउँदा अनेकौं गुनासा पोखेकी थिई मसँग उसले । हेर, बच्चा नभए पनि नहुने भए पनि आफूले सोचेको केही गर्न नपाइने, बैंकको जागिर राम्रो चलिरा’ थ्यो, ज्वाइन्ट फेमिलीमा बच्चा हुर्काउँदै जागिर गर्न सजिलो हुन्छ भने सबैले अनि प्रेग्नेन्ट भएपछि घरपायक सरुवा गराएँ । आफ्ना लागि त एक मिनेट टाइम हँुदैन, बच्चा रातभर सुत्दैन, बिहान आफूलाई निद्रा पुग्दैन छिटो नउठे काम भ्याइँदैन, बिहान उठेदेखि बच्चालाई ख्वाऊ, सबैका लागि हतार–हतार खाना बनाऊ अनि दुई गास टिपेर अफिस दगुर । साँझ अफिसबाट थाकेर आयो, बिहान मिलाउन नभ्याएको कोठाको हालत, भोकाएको बच्चाको रोदन, सासू आमालाई बच्चाले केही गर्न नदिएको, घरको सफाइ नभएको गुनासो के–के मात्र सहनुपर्छ अनि यी सब भ्याएर भान्साको काम सक्दा पनि मस्त निदाउन नपाइने बच्चा नसुतेसम्म । ‘उसको त्यो गुनासो अनि रंग उडेको फुस्रो अनुहार, समेट्न नभ्याएर उडेका खस्रा केश, आधा मेटिएको नेल पोलिस, मिलाउन नभ्याएका हातका टेडामेडा नङ, धेरै दिनदेखि निदाउन नपाएर भित्र गढेका आँखा अनि साह्रै गाह्रो भएपछि बैंकको जागिर छाडेर उसले पाएको हाउस वाइफको ट्याग । ती सबै कुरा सम्झदा एक मनले त रिपोर्ट नेगेटिभ आइदियोस् जस्तो पनि लाग्यो ।उफ् एक घन्टा बिताउन पनि कस्तो गाह्रो । यसरी बस्दा त मनमा अझ नानाथरी कुरा खेल्न थाले भनेर ब्यागबाट मोबाइल झिकें अनि फेसबुक खोलें । न्युज फिडमा औंला सार्दै जाँदा एउटी बहिनीको बेबी सावरको फोटोमा पुगेर औंला रोकिए । दुई वर्षअघि अस्ट्रेलियाको पिआरधारीसँग विवाह गरेर गएकी थिइन् । पिंक कलरको गाउनमा सजिएकी ऊ अनि अन्य सहभागीहरू र श्रीमान्समेत पिंक ड्रेसमै थिए । पिंक बेलुनले सजिएको कोठा र टेबलमा पिंक कलरकै केक थियो, भनेपछि छोरीकी आमा बन्दै रै’ छे ऊ । एउटा फोटोमा उसकी आमा पनि निकै प्रसन्न मुद्रामा छोरीलाई केक ख्वाइरहेकी थिइन् । तिनै आमा जसले केही महिनाअघि आफ्नी अमेरिकामा रहेकी भाञ्जीको बेबी सावरको फोटो देखाउँदै भनेकी थिइन्–हेर त नानी के आए जमाना पनि हाम्रा पालामा कुन कपडा लाएर पेट लुकाउने होला भन्दै भ्याङ्ला म्याक्सी खोज्दै हिँडिन्थ्यो, त्यसमाथि सलले छोपेर लजाई–लजाई हिँडिन्थ्यो अहिले त सकेसम्म पेट देखिने लुगा लाएर, अझ बूढाले नि पेट समातेर के जात्रा गरेका हुन् लाजै मर्नु । के जाति गर्नेलाई भन्दा देख्नेलाई सरम । होइन बच्चा त सबैले पाउँछन् है कत्ति न ठूलै काम भएछ यिनीहरूलाई त । आन्टीको कुरा सुनेर म एकछिन त हाँसें अनि आन्टीलाई सम्झाउने प्रयास गरेकी थिएँ (होइन आन्टी यो त एउटा अमूल्य क्षण हो नि, पछि बच्चा ठूलो भएपछि बच्चालाई पनि आफू पेटमा हुँदाको तस्बिर देखेपछि कति खुसी लाग्ला अनि आमालाई पनि बच्चा पेटमा हुँदाको आफ्नो शरीर पछिसम्म सम्झना भैरहन्छ नि, यो त राम्रो कुरा हो आन्टी ।फोटो हेर्दाहेर्दै भित्रबाट मेरो नाम बोलाइयो, बल्ल पालो आएछ । मुटु काँपिरहेको थियो, डर र कौतूहलता बोकेर म भित्र गएँ । डाक्टरले बधाई छ रिपोर्ट पोजिटिभ छ तपाईंको भन्दै अब खानुपर्ने औषधिको नाम थमाइदिए । म औषधिको नाम लेखिएको फाइल लिएर बाहिर निस्किएँ । किन–किन डाक्टरले बधाई छ भन्दा खुसीको अनुभव भएन, हिन्दी सिरियलमा जस्तो धुमतानानानाको धुन बजेन, खुसीको खबर सुनेपछि बज्नुपर्ने मंगल धुन पनि कतैबाट बजेन, न त आँखाबाट खुसीको आँसु नै बग्यो । दिमागमा एउटै कुरा घुमिरह्यो निद्रा नपुगेका आँखा, लथालिङ्ग लुगा, तलबबिनाको ओभरटाइम ड्युटी अनि आफूलाई पहिचान दिने हाउस वाइफको ट्याग । 

जुनी भण्डारी, मंसिर १८, २०७६

-- पुरै पढ्नुहोस् --

उपहार  

‘जीवन साथै चलाऊँको’ शब्द कानमा गुञ्जनैबित्तिकै भीमकला छटपटाउँदै उठी । लामो जिब्रो झिकेर रिसाउँदै भनी–मातेर आएर अर्कालाई अप्ठ्यारोमा पार्ने, जानकारी नै नदिई राक्षसी पाराले हमला गर्ने भन्दै बाहिर गई । पछि–पछि चक्रमान पनि बाहिर गयो । 

राममणि पोखरेल, आश्विन १७, २०७६

-- पुरै पढ्नुहोस् --

आई स्टिल  लभ यू !

फोन फर्काउँछु । उही ब्याकटोन बज्छ । ‘माया एउटासँग विवाह अर्कैसँग’ । बूढाबूढीकै नम्बरमा एउटै ब्याकटोन । लेक्चररकोमा पनि उही र मास्टर्नीकोमा पनि उही । राख्ने काम त उसैको होला । सायद उसको बूढोलाई आफ्नो मोबाइलमा यो ब्याकटोन बज्छ भन्ने पनि थाहा नहोला । 

घनश्याम अस्तित्व, श्रावण ३१, २०७६

-- पुरै पढ्नुहोस् --

 नालापानीको युद्ध

  रिचार्ड- सको हजारौँ सेना परास्त गर्ने सहिदहरुलाई  हाम्रो झन्डा फरफराउने संयोग बनाउनेहरुलाई   मेरो प्रणाम ती योद्धालाई ,मलाई नेपाली तुल्याउने   सयौँ गोली खाएर प्यारो नेपाल ठडाउने...!!!

प्रियंका आनन्द, फाल्गुन १५, २०७५

-- पुरै पढ्नुहोस् --

नजन्मिएकी वीराङ्गना

‘म बहुलाएको छैन सविता, मेरो आँखा खुल्यो । अब हामी छोरीलाई जन्म दिन्छौं । एभोर्सन गर्ने जस्तो अमानवीय र जङ्गली काम हामी गर्दैनौं । तिमी उठ । यो अस्पतालमा नबसौं हामी । अहिले नै हामी यहाँबाट हिँडिहालौं ।’ म हतार–हतार भन्छु ।

डा. टीकाराम पोखरेल, श्रावण २८, २०७५

-- पुरै पढ्नुहोस् --

बिर्सन नसकिने ती तीन पुरुष

सानैदेखि बुवाको सामीप्यबाट टाढिएकी मलाई उसको मायाले नजिक बनाउँदै लग्यो । हामी एसएलसी उत्तीर्ण भयौं अनि आफ्नो सपना साकार बनाउन काठमाडौं आयौं । म मेरी फुपूकी छोरीसँग बस्थें ऊ आफ्नो अंकलको छोरासँग । हामी गाउँका मान्छे, यद्यपि मलाई काठमाडौंको झिलिमिलीले भन्दा पनि राजनले बढी प्रभाव पार्दै गएको थियो ।

रूपा शर्मा नेहा, असार १९, २०७५

-- पुरै पढ्नुहोस् --

नर्स

छोरो तर्सिएर मलाई हेरी रूँदा म एयरपोर्टबाटै फनक्क फर्किएँ । मेरा छोराहरूलाई काखमा राखेर खेल्ने रहर सपनाझैं भयो । रहर एउटा सम्झनामा परिणत भयो । मान्छेले सबैभन्दा धेरै बोक्ने भनेकै सम्झना रहेछ, जुन कहिल्यै भारी र बढी हुँदैन अनि मुस्कुराउने आधार पनि त्यही बन्दो रहेछ ।

रमेश दियाली, वैशाख २०, २०७५

-- पुरै पढ्नुहोस् --

सासू–बुहारी

दुई स्वास्नी मान्छेको युद्धमा बाले मलाई दोषी देख्न थालेपछि म आफूलाई अभागी मान्न थालें । म घरमा भएको अवस्थामा मिलेको परिवारमा किन दैव लाग्यो भनेर भगवान् गुहार्न थालें । कहिले श्रीमतीलाई सम्झाउँथें त कहिले आमालाई फकाउँथें तर कहिल्यै दुवैलाई मिलाउन सकिन ।

दीपक घिमिरे, फाल्गुन ६, २०७४

-- पुरै पढ्नुहोस् --

संकल्प

ब्याचलर अध्ययनरत छँदा कलेजकै गेटमा पहिलो पटक देखिएकी ऊ पहिलो नजरमै टपक्क बसेकी हो आँखामा, मुटुमा, कुन्नि अरू कहाँ–कहाँ बसी । जतासुकै उसैलाई मात्र देख्थें म । सालभरिसँगै पढ्दा न कसैसँग बोलेको सुनें न कुनै हा हा हि हि, खाली पिरियडमा पनि पत्रिकामै डुब्थी । त्योपनि अंग्रेजी पत्रिका, बोल्ने–बोलाउने कुनै हिम्मत थिएन, न कुनै बहाना । एकदिन हदै भयो र पत्रिका मागें।

बिनु भट्टराई, माघ १२, २०७४

-- पुरै पढ्नुहोस् --

मातृत्वको भोक

उफ ! विवाह भएको पनि दस वर्ष बितिसक्यो । विगत दस वर्षदेखि म आमा हुन पाउने आफ्नो इच्छालाई कुल्चेर बाँचेकी छु । म बाँझो जमिन भएकी छु । उब्जनी नै नहुने जमिन भए जमिनले चित्त बुझाउँथ्यो, तर यहाँ त जमिन ऊर्वर छ, खोट छ त केवल बीजमा । जमिनलाई चाहिने बीजमै खोट भएपछि के लाग्यो । कस्तो विडम्बना ।

डा. टीकाराम पोखरेल, पुस ६, २०७४

-- पुरै पढ्नुहोस् --

वेब तृष्णा

म स्क्रिनमा हेर्दै रोमान्टिक मुडमा उक्लिँदै गएकी थिएँ । उमेरको उन्मादमा जोकोही उमङ्गिन पुग्छ । हो, ममा पनि उमेर सुलभ चञ्चलता बाँकी नै थियो । हो, यतिबेला होस हराएकी थिएँ । दृश्य अश्लील थियो । त्यो उसकी पूर्वप्रेमिकाको थियो, ऊ आफैँले भनेको थियो । त्यो दृश्यले म चकित भएँ । यस्तो कसरी हुन सक्छ ! ऊ मलाई त्यो दृश्य किन देखाइरहेको छ !

दिनमान गुर्मछान, मंसिर १४, २०७४

-- पुरै पढ्नुहोस् --