संस्कृति

बेलायतमा बेल विवाह 

 बेलायतमा संयुक्त ईही पूजा (बेल विवाह) तथा कयतापूजा (व्रतवन्ध) सम्पन्न गरिएको छ । बेलायतमा केन्द्रित रहे तापनि युरोपमा रहेका नेवारी समुदायको समेत आकर्षण र सहभागी हुंदै आइरहेको यस कार्यक्रममा यसपटक ईही तर्फ ५ वर्ष देखि ९ वर्षसम्म उमेर पुगेका १५ जना बालिकाहरु र १५ वर्ष देखि २५ वर्षसम्म पुगेका ५ जना बालकहरुको व्रतवन्ध बेलायतको साउथहल स्थित राम मन्दिरमा सम्पन्न गरिएको छ ।ईही अथवा बेल विवाह नेपालको नेवारी समुदायमा गरिने एक परम्परा हो जहाा साना बालिकाहरुको बेलसँग विवाह गरिदिने चलन छ । बेललाई भगवान विष्णु सरह मानिने र भविष्यमा यदि केटीको श्रीमानको निधन भएमा पनि भगवान विष्णुसँग विवाह गरेकोले विधवा नमानिने चलन छ । ईही गर्दा केटीको विवाह बेललाई साक्षी राखी सुवर्ण कुमार अथवा भगवान विष्णुसँग गरिन्छ । सधैं ताजा रहने र कहिल्यै पनि नकुहिने भएकोले बेललाई दिव्य पुरुष अथवा भगवानको अवतारको रुपमा पनि लिने चलन छ । यस विवाहमा हिन्दु धर्मको विवाहको सबै विधि हुने भएकाले पछि केटासँग विवाह गर्दा केही विधि गर्न पर्दैन् । यहि प्रचलनका कारण कारण नेवारी समुदायमा दुल्हा जन्ती जानु पर्दैन । परिवारको सदस्य र साथीहरुले दुलहीलाई घरमा ल्याएर थोरै विधि मात्र सम्पन्न गरे पुग्छ । तर आजकल भने बेहुला पनि दुलही लिन जाने भएकोले विवाहमा पहिलाको भन्दा अहिले थोरै परिवर्तन देखीन्छ ।कयतापूजा भन्नाले वास्तवमा कमर कपडाको पूजा गर्नु हो । त्यस्तै व्रतवन्ध युवा अवस्थामा विवाह अगाडी गरिने प्रथा हो जुन प्राय सबै समुदायले गर्ने गर्छन् । कयौं समान जुटाउनु पर्ने र सोही कार्यको लागि विज्ञ पुरोहित पाहुन गाह्रो हुनाले यस्ता किसिमको कार्य समुहिक रुपमा संस्थाले आयोजन गरिदिनाले आफुहरुलाई सहज भएको अभिभावकहरुले बताए ।पुजाको लागि चाहिने सामग्री आख्य (चामल) सिनम्हु, जलन्हृयाकं, सलिंचा, ज्यना, लप्टे, थायभुस (नेपाली कागज), अल (खुट्टामा लगाउने रातो रंग) सुकुण्डा, जजंका, दाफो स्वाा, सुधा फो मदनफल, ईही पर्सी (बेल विवाह गर्ने सारी) लगायत ८० बढी सामग्री नेपालबाट ल्याएर आयोजकले नै व्यवस्था गरेको थियो ।सामुिहक बेल विवाह तथा व्रतवन्ध सम्फन्न गर्नकै लागि यस कार्यव्रम सम्वन्धी विज्ञ पुरोहित भुपती राज राजोपाध्यायलाई अमेरिकाको क्यालिफोर्नियाबाट झिकाइएको थियो । केशव श्रेष्ठको संयोजन रहेको ऊक्त कार्यत्रममा पुर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार राजन मल्ल, पुर्व सचिव परशुराम बदगामी, सुवास कायस्थ लगायत अन्य सदस्यहरुको सहयोग सहित पासा पुचः गुठी युके केन्द्रका अध्यक्ष ओजेश सिंह, जानकी कायस्थ, राजेन्ऽ श्रेष्ठको उपस्थिति रहेको थियो । पासा पुचः गुठी युकेमा आवद्द सदस्यहरुको सक्रियतामा नेवारी परम्परा र संस्कृति अनुसार विविध धार्मिक संस्कारहरु नेपाल भन्दा बाहिर रहेर पनि जीवन्त राख्न सकेमा नेवारी समुदायको मात्र नभएर समग्र नेपाल र नेपालीहरुको समेत गौरव बढ्न सक्ने सोच अनुरुप सन २०१० देखि पासा पुचः गुठी युके अल्डर्सटको आयोजना तथा केशव श्रेष्ठको संयोजकत्वमा बेलायतमा संयुक्त ईही पूजा (बेल विवाह) तथा कयतापुजा (व्रतवन्ध) प्रत्येक वर्ष सम्फन्न हुादै आइरहेको छ ।   

शब्द/तस्वीर–वुशल श्रेष्ठ, असार २७, २०७६

-- पुरै पढ्नुहोस् --

दुर्लभ जङ्क्व

दुई छोरा तथा चार छोरीकी आमा राजामतीका १ सयभन्दा बढी नाति–पनाति तथा बुहारी छन् । उनका ज्वाईं शम्भुराम श्रेष्ठ भन्छन्–‘दिव्यरथारोहण गर्ने योजना ५ वर्षअघिकै हो । केही तलमाथि होला भन्ने डर थियो । भगवान्ले ग्रहदशा पन्छाएर सफल बनाइदिए ।’ उनले थपे–‘परिवारका सबै सदस्यको साथ र सहयोगबाट यो संस्कार सम्भव भयो ।’ नेवारी परम्पराअनुसार पहिलो जंक्व (भीमरथारोहण) ७७ वर्ष, ७ महिना, ७ दिन, ७ घडी, ७ पला उमेर पुगेपछि गरिन्छ ।

प्रशान्त माली, भाद्र ११, २०७५

-- पुरै पढ्नुहोस् --

सचेत भएर खेलौं होली

होली खेल्नुअघि केशमा तेल तथा लोसन लगाउनुपर्छ । यसले गर्दा रङलाई सीधै छालामा पुग्न दिँदैन ।

नारी संवाददाता , फाल्गुन २८, २०७३

-- पुरै पढ्नुहोस् --

नयाँ वर्ष : एक उत्सव

एक वर्ष पूरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन छ ।....

दीपक वत्स, वैशाख ५, २०७३

-- पुरै पढ्नुहोस् --

शुभको प्रतीक रंगोली

एक दशकयतादेखि लक्ष्मीपूजाको दिन घर–आँगनमा रंगोली बनाउने चलन निकै बढिरहेको छ। रंगोलीलाई शुभको प्रतीक मानिन्छ।

झरना नहर्की, कार्तिक २०, २०७२

-- पुरै पढ्नुहोस् --

दीपको पर्व दीपावली

शुभ दीपावली झिलिमिलीको महापर्व हो । नेपाली संस्कृतिमा तिहारको निकै महत्व छ । हामी परम्परागत तरिकाले आफ्नो सभ्यतालाई निरन्तरता दिन यो पर्व मनाउँछौं । तिहारमा के वृद्ध के बालक हरेकको मनमा अलग उत्साह एवं उमंग हुन्छ । हाम्रो सामाजिक संरचना नै यसरी तयार गरिएको छ जहाँ पर्वहरूको आ–आफ्नै महत्व छ ।

झरना नहर्की, कार्तिक १७, २०७२

-- पुरै पढ्नुहोस् --