हेरचाह

गर्भवतीलाई चाहिन्छ  जाडोमा थप स्याहार

गर्भावस्था आफैंमा एउटा जटिल अनि विशेष अवस्था हो । यस्तो अवस्थामा आमा बन्ने खुसी मात्र जोडिएको हुँदैन्, गर्भसँग सामाजिक, पारिवारिक तथा आत्मीय सम्बन्ध पनि हुन्छ । गर्भावस्था महिलाहरूको नारी र नारीत्व झल्काउने जीवनको एउटा महत्वपूर्ण अवस्था हो । दाम्पत्य जीवनको सफलता अनि नयाँ अनुभवसँगै शारीरिक, मानसिक अनि भावनात्मक परिवर्तनका साथ सबै जिम्मेवारी एकसाथ आउने भएकाले पनि होला, गर्भवती महिलाहरूमा अनेकौं जिज्ञासा पाइन्छ । यस क्रममा अब बललिँदो मौसम तथा समयसँगै थपिएको चिसोमा के गर्ने ? गर्भस्थ शिशुलाई गार्‍हो पो हुन्छ कि ? भन्ने जस्ता जिज्ञासा हुनु स्वाभाविक हो ।जाडो हुनेबित्तिकै वा वातावरणीय तापक्रम कम हुँदैमामा आत्तिनु हुँदैन, तर मौसमसँगै आफूलाई स्वस्थ राख्न केही सावधानी अपनाउनैपर्छ । चिसो मौसममा पनि हाम्रो शरीरको तापक्रम स्थिर रहनुपर्छ । चिसोमा आफूलाई तातो बनाउन सबैभन्दा पहिले पहिरनमा ध्यान दिनुपर्छ । मौसमअनुसार बाक्लो तथा तातो पहिरन लगाउनुपर्छ । शरीरलाई पूर्णरूपले ढाक्ने तर खुकुलो पहिरन रोज्नु उपयुक्त हुन्छ । गला (घाँटी) छोप्नु तथा मास्क लगाउनु उत्तिकै आवश्यक छ । खुट्टा छोप्न जुत्ता लगाउन सकिन्छ । पहिरनले चिसोका साथै मौसम परिवर्तनले सताउने रुघाखोकी तथा भाइरल संक्रमणहरूबाट पनि जोगाउँछ । विदेशतिर गर्भवतीहरूले रुघाखोकी तथा भाइरल संक्रमणविरुद्ध भ्याक्सिन लगाउने चलन पनि छ । यो मौसममा गर्भवती महिलाहरू धेरै बाहिर बस्नुभन्दा पनि न्यानो तर नगुम्सिने कोठामा बस्नु उपयुक्त हुन्छ ।जाडो मौसममा पानी भन्नेबित्तिकै सातो जान्छ, यतिबेला पानी छुने, नुहाउने अनि पिउने काममा कमी आउनु स्वाभाविक हो, तर यस्तो अवस्थामा चिसोका साथसाथै अन्य रोगहरूबाट पनि जोगिनुपर्छ । गर्भावस्थामा पाठेघर ठूलो हुन्छ, यसले पिसाब नली (युरेथ्रा) लाई थिच्छ, साथै युरिनस्टासिस पनि हुनसक्छ । त्यसैले गर्भावस्थामा युटिआई हुने सम्भावना बढी हुन्छ । यस्तो स्थितिमा पानी तथा झोल कुरा बढी सेवन गर्नुपर्छ । चिसो पानी पिउन गार्‍हो भए मनतातो पानी पिउन सकिन्छ । यसका साथै कागतीपानी, महपानी तथा सुप पनि खान सकिन्छ ।त्यस्तै पानी चिसो छ भन्दैमा सरसफाइमा कमी गर्न मिल्दैन । हुन त संक्रमणबाट जहिले पनि जोगिनुपर्ने हुन्छ । यद्यपि गर्भावस्थामा अझ बढी ध्यान पुर्‍याउनुपर्छ । त्यसैले राम्रोसँग हात धुने, सफा र सुकिलो पहिरन लगाउने, शारीरिक सरसफाइ, भित्री अङ्गहरूको सफाइका साथ वातावरणीय सफाइमा पनि ध्यान पुर्‍याउनुपर्छ । चिसो मौसम अनि चिसो पानी भनेर यस्ता कुरामा बेवास्ता गर्नुहँुदैन । खानेकुराहरू पनि सफा गरेर मात्र सेवन गर्नुपर्छ ।जाडो मौसममा छालाको समस्याले पनि सताउँछ । गर्भवतीहरूको छाला फुस्रो हुन्छ, त्यसमाथि चिसो मौसम, त्यसैले छाला फुट्ने, चिलाउने तथा सुख्खा हुने समस्या बढी नै देखापर्छ । छालाको स्याहार गर्न तेल वा मोइस्चराइजर लगाउन सकिन्छ । गर्भावस्थामा छुट्टै स्याहार होइन, बढी स्याहार चाहिन सक्छ । अन्य समयमा जस्तै जाडोमा पनि गर्भवतीहरूले पोसिलो खाना, फलफूल तथा झोल एवं रेसा भएका खानेकुरा बढी खानुपर्छ । शारीरिक व्यायाम, नियमित स्वास्थ्य परीक्षण, आराम आदि गर्नुका साथै मानसिक तनाव र भयबाट टाढै बस्न सके राम्रो हुन्छ । जति सावधानी अपनाए पनि गर्भावस्थामा बिमारी नहुने, चिसोले नच्याप्ने भन्ने हुँदैन । गर्भावस्थामा बिमारी भए तुरुन्त चिकित्सकसँग परामर्श गर्नुपर्छ ।धेरै गर्भवती महिलाहरू चिकित्सकसँग परामर्श गर्न नरुचाउने रतथा कतिले त परामर्शपछि चिकित्सकले लेखेको औषधि पनि सेवन नगरेको पाइन्छ । गर्भावस्थामा आफूखुसी औषधि सेवन गर्नु गलत हो तर चिकित्सकको परामर्शको पालना वा चिकित्सकले प्रेस्क्राइब गरेको औषधि सेवन गर्नुपर्ने हुन्छ । समयमै आवश्यक औषधि प्रयोग नगर्दा रोग बढ्नुका साथै जटिलता थपिन सक्छ । गर्भवतीहरूले जाडो मौसम आयो भनेर आत्तिनु हुँदैन बरू मौसमअनुसार सावधान हुनु जरूरी छ ।

डा. बालकृष्ण साह, मंसिर ३०, २०७६

-- पुरै पढ्नुहोस् --

हरियो तरकारी स्वस्थ जीवनका लागि

करेसाबारी स्थापना गर्दा करेसाबारी क्षेत्रमा प्लट बनाएर बीचबीचमा आवश्यकतानुसार कुलेसो निर्माण गर्नुपर्छ । यसबाट सिंचाइ, हिँडडुल तथा गोडमेल गर्न सजिलो हुन्छ । त्यस्तै बारको छेउमा झाँगिने र लहरे तरकारी बाली लगाएर बारलाई थाँक्राका रूपमा प्रयोग गर्न सकिन्छ । दुवै छेउतिर खाडल बनाएर झारपात तथा घरधन्धापछि बाँकी रहेका अवशेषहरूलाई हालेर कम्पोस्ट मल तयार गर्न सकिन्छ ।

रत्नबहादुर बस्नेत, झापाचैत्र १९, २०७४

-- पुरै पढ्नुहोस् --

छाला र अनुहार बिग्रने प्राकृतिक कारणहरू

शरीर र अनुहारको छालालाई घामपानी, धूवाँ–धूलो, बढी चिसोका साथै विभिन्न किसिमको प्रदूषणबाट बचाउनुपर्ने हुन्छ । बाहिरी प्रकोपबाट बचाएर छालालाई स्वस्थ बनाउन अलिकति समय निकालेर यसको हेरचाह गर्नुपर्छ ।

नारी संवाददाता , चैत्र १७, २०७३

-- पुरै पढ्नुहोस् --

मिड डे मोइस्चराइजर

कुनै पनि मोइस्चराइजरको प्रभाव ६–७ घन्टापछि कम हुन्छ । यसलाई लन्चपछि लगाउँदा छालामा चमक आउँछ ।

नारी संवाददाता , फाल्गुन १६, २०७३

-- पुरै पढ्नुहोस् --

हरियालीले खुसी दिन्छ

फूलले सबैको मन लोभ्याउँछ । त्यसैगरी घर वरिपरि हरियाली भए आनन्द महसुस गर्न सकिन्छ । घर वरिपरि फूल, बगैंचा भए वातावरण नै रमणीय हुन्छ ।

नारी संवाददाता , फाल्गुन १४, २०७३

-- पुरै पढ्नुहोस् --

इन्डक्सन चलाउँदा अपनाउनुपर्ने सावधानी

नेपालीहरू इन्धन अभावका कारण खाना पकाउने वैकल्पिक उपाय अपनाउन बाध्य भए। यसै क्रममा उच्च तथा मध्यमवर्गीय परिवारमाझ इन्डक्सन चुल्हो विशेष लोकप्रिय भयो।

नारी संवाददाता , माघ २८, २०७३

-- पुरै पढ्नुहोस् --

मनको ऐनामा मान्छे

कुनै पनि मानिसले आफ्नो रूप–रंग, बोलीचाली, आफूले गरेको व्यवहार, उसलाई समाजले हेर्ने दृष्टिकोण तथा आफ्नै सोच आदिबाट आफ्नो व्यक्तित्व निर्माण गर्छ । मानिस जतिसुकै सुन्दर तथा तेजस्वी भए पनि प्राय: उसले आफ्नो रूप–रंग एवं व्यवहारमा कुनै न कुनै खोट निकालिरहेको हुन्छ ।

नारी संवाददाता , पुस २९, २०७३

-- पुरै पढ्नुहोस् --

उमेरअनुसार स्किन केयर

उमेरअनुसार छालाको स्याहार गर्नुपर्छ । बाल्यावस्थाको छाला र युवावस्थाको छालामा भिन्नता हुन्छ ।

नारी संवाददाता , मंसिर २६, २०७३

-- पुरै पढ्नुहोस् --

मासु कसरी संचय गर्ने ?

एकैपटक धेरै मासु पकाउनुभन्दा पनि मासुलाई साना–साना पोका बनाएर फ्रिजमा राखी आवश्यक मासु मात्र पकाउन सकिन्छ ।

नारी संवाददाता , आश्विन १६, २०७३

-- पुरै पढ्नुहोस् --

खाद्यपदार्थको ढुसीबाट पैदा हुनसक्ने ढुसीजन्य विष

ढुसीले खाद्यपदार्थको स्वाभाविक गुणमा परिवर्तन गर्दै विषसमेत पैदा गर्न सक्छ्र ।

नारी संवाददाता , भाद्र १५, २०७३

-- पुरै पढ्नुहोस् --

आँखाको सुन्दरता

अहिले कलर्ड कन्टेक्ट लेन्सको सबैभन्दा बढी क्रेज युवतीहरूमा पाइन्छ । कन्टेक्ट लेन्स पहिले आँखाबाट भद्दा र मोटो देखिने चस्मा उतार्न वा कमजोर दृष्टि भएकाहरूका लागि उचित विकल्पका रूपमा परिचित हुन्थ्यो भने अहिले यो स्टाइलिस र फेसनेबल पक्ष बन्न पुगेको छ ।

रोजिन शाक्य, श्रावण २९, २०७३

-- पुरै पढ्नुहोस् --