आजकी नारी

बेलायतमा नर्सिङको उच्च तहमा कल्पना

नविन पोखरेल, श्रावण २९, २०७६

नर्सिङ पेशाको मात्र नभै नेपाल र नेपालीकै गौरव बनेकी छन् कल्पना घिमिरे । हाल उनी वार्टफोर्ड जनरल हस्पिटल, मेडिसिन डिभिजनको मेट्रोन भएकी छन् । सन् २०१२ जुनदेखि वार्टफोर्ड जनरल हस्पिटलमा काम गरेकी कल्पनाले छोटो अवधिमा उक्त जिम्मेवारी पाएकी हुन् । ८ ए ब्याण्ड तहमा रहेर काम गर्ने थोरै नेपाली मध्ये पर्छिन् उनी । 
-- पुरै पढ्नुहोस् --

एक्सलेन्ट तृष्णा

नारी संवाददाता , श्रावण १४, २०७६

फेसन डिजाइनिङको क्षेत्रमा एक दशकभन्दा बढी समय बिताएकी तृष्णा गुरुङ इजिप्टको एलेक्जेन्ड्रमा सम्पन्न एक्सलेन्ट अवार्डबाट सम्मानित भएकी छिन् ।
-- पुरै पढ्नुहोस् --

मिस टिन प्रदेश–१

नारी संवाददाता , श्रावण १०, २०७६

मिस टिन प्रदेश नम्बर–१ को उपाधि बिर्तामोड नगरपालिका–४ स्थित अनाथ आश्रमकी भावना चौहानले जितेकी छिन् । प्रतियोगितामा स्मृति सुनुवार दोस्रो तथा अनुष्का कटवाल तेस्रो भए । आमाले समेत सानैमा छोडेर हिँडेपछि तारा नमस्ते बाल ग्राममा आश्रय लिएकी चौहानले बिर्तामोडकै एक होटल म्यानेजमेन्ट कलेजमा स्नातक तह पढ्न शतप्रतिशत छात्रवृत्तिसमेत प्राप्त गरेकी छिन् । 
-- पुरै पढ्नुहोस् --

बहुप्रतिभाकी धनी सिर्जु

नारी संवाददाता , श्रावण ८, २०७६

नेपाली गीत/संगीतका क्षेत्रमा चिनिएको नाम हो– सिर्जु अधिकारी । उनी गीत गाउँछिन् । नेपाली लोक गायनमा उनको राम्रो र फरक परिचय छ । आधुनिक गीत गायनमा पनि आफ्नो नाम लेखाउन सफल अधिकारीले केहि गीतमा संगीत समेत गरेकी छिन् । 
-- पुरै पढ्नुहोस् --

युरोपको ‘मिस एलिट ब्युटी क्वीन’मा नेपालको प्रतिनिधि भावना 

नारी संवाददाता , श्रावण ३, २०७६

युरोपको लात्भिया राज्यको रिगामा आयोजना हुने ‘मिस एलिट ब्युटी क्वीन २०१९’मा नेपालको प्रतिनिधित्व भावना मल्ल ठकुरीले गर्ने भएकी छन् । ४० देशका सुन्दरीको सहभागिता रहने प्रतियोगितामा उनी मात्र नेपालको एक्लो सहभागी हुन् ।
-- पुरै पढ्नुहोस् --

टिनएजरहरूलाई अन्तर्राष्ट्रिय उपलब्धि 

नारी संवाददाता , असार २७, २०७६

असार ११ गतेदेखि असार १६ गतेसम्म सिंगापुरमा सञ्चालित एसिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डसिप फेस्टिभल–२०१९ मा सहभागी नेपाली किशोर–किशोरीहरूले विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।
-- पुरै पढ्नुहोस् --

कास्की  टु क्यानाडा

नारी संवाददाता , असार ५, २०७६

नेपाली मूलकी पाइलट, क्याप्टेन कामना सुवेदी क्यानाडाको आकाशबाट विश्वका विभिन्न ठाउँमा बोइङ उडाइरहेकी छिन् । एकै दिनमा संसारका विभिन्न ठाउँ पुग्ने कामना बिहान न्यूयोर्क, बेलुकी पेरु तथा राति सिकागो गर्दै महिनाको १६ दिन आकाशमा हजारौं माइल दूरी नापिरहेकी हुन्छिन् ।
-- पुरै पढ्नुहोस् --

साहसी लक्ष्मी

नारी संवाददाता , असार ३, २०७६

रोमाञ्चक एवं चुनौतीपूर्ण साइकल यात्रा गर्ने लक्ष्मी मगरले गत महिना भारतको उत्तराखण्डमा भएको ‘द अल्टिमेट उत्तराखण्ड हिमालयन एनटिबी च्यालेन्ज’ मा सफलता हात पारेकी छिन् ।
-- पुरै पढ्नुहोस् --

उभिएर सितार बजाउने सीता मैया

नारी संवाददाता , जेष्ठ ३०, २०७६

उभिएर सितार बजाउने विश्वकै पहिलो महिला सितारवादकका रूपमा सीता मैया राजचल सम्मानित भएकी छिन् । सितारवादक एवं सास्कृतिक संस्थानकी कलाकार राजचललाई गिनिज वर्ल्ड बुक अफ रेकर्ड, लन्डनले विश्वकै पहिलो उभिएर सितार बजाउने महिला सितारवादक शीर्षकअन्तर्गत सूचीकृत गरेको छ ।
-- पुरै पढ्नुहोस् --

ब्रान्ड एम्बेसडर श्रृंखला 

नारी संवाददाता , जेष्ठ १७, २०७६

पूर्व मिस नेपाल श्रृंखला खतिवडा महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक विक्रेता अग्नि ग्रुपको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै ई ट्वेन्टी गाडीको चाबी खतिवडालाई प्रदान गरे ।
-- पुरै पढ्नुहोस् --

पचास विशेष नेतृत्वकर्ताको सूचीमा 

नारी संवाददाता , जेष्ठ १३, २०७६

अमेरिकाको फर्च्युन म्यागजिनले यो वर्ष घोषणा गरेको विश्वका ५० जना महिला नेतृत्वकर्ताको सूचीमा मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनीता दनुवार पनि समावेश छिन् । मानव बिचेबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्ष दनुवार विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) मा परेकी हुन् ।
-- पुरै पढ्नुहोस् --