हाम्रो समाज हाम्रा नारी

घरेलु हिंसा र उपचार 

घरेलु हिंसा भन्नाले कुनै घरेलु सम्बन्ध भएको एक व्यक्तिले अर्को व्यक्तिलाई शारीरिक एवं मानसिक यौनजन्य वा आर्थिक यातना दिनु भन्ने बुझिन्छ । घरेलु सम्बन्ध भन्नाले परिवारको सदस्य, आश्रित वा कामदारका रूपमा एकै परिवारमा बसेका व्यक्तिहरूका बीचमा भएको सम्बन्धलाई बुझाउँछ ।नेपालको संविधान २०६६ ले परिवारको सदस्य, आश्रित वा कामदारका रूपमा एउटै परिवारमा बसेका व्यक्तिहरूका बीचमा भएको सम्बन्धलाई घरेलु सम्बन्ध भनी परिभाषित गरेको छ । पछिल्लो समय घरेलु हिंसाका घटनाहरू सार्वजनिक हुने क्रम बढ्दो छ । आफ्नै परिवारका सदस्यहरूबाट भएका हत्या, कुटपिट, घर निकाला, दाइजोका नाममा जिउँदै जलाउने घटनाहरू आइरहेका हुन्छन् । यस्ता घटनाबाट सबैभन्दा बढी महिलाहरू नै पीडित हुने गरेका छन् । परम्परागत पारिवारिक संरचनाले पनि घरेलु हिंसामा महिलाहरू बढी पीडित हुने गरेका छन् ।महिलामाथि नियन्त्रण कायम राख्न खोज्नु पनि घरेलु हिंसाको एक माध्यम हो । घरपरिवारको उत्पादन प्रणाली, आय स्रोत, सम्पत्ति, चेतनाको स्तरले पनि महिलामाथि हुने हिंसामा प्रभाव पार्छ । पीडितहरू आफू अन्यायमा परे पनि न्यायका लागि पहल गर्न नसकिरहेको अवस्था कायमै छ । यसले गर्दा पनि पीडितहरू झन् हिंसा सहन बाध्य हुन्छन् । यदि पीडितले न्यायका लागि पहल गर्ने हो भने आवश्यक कानुनी उपचार पाउन सक्ने व्यवस्था छ ।यस्तो अवस्थाका लागि कानुनी उपचार के छ त ?१.    घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ ले गरेको परिभाषामा ‘घरेलु सम्बन्ध भएको एउटा व्यक्तिले अर्को सदस्यलाई शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना दिने कार्य हो ।’ भनी परिभाषा गरेको छ । २.    यसरी कसैलाई घरेलु हिंसा भएको छ भने ती व्यक्ति स्वयं आफैले वा अन्य कुनै सरोकार राख्ने व्यक्तिले कानुनी उपचारका लागि उजुरी गर्न सक्छ । उजुरी गर्ने निकायक)    स्थानीय निकाय (वडा कार्यालय वा न.पा. वा गाउँपालिका) ।ख)    राष्ट्रिय महिला आयोग ।ग)    सम्बन्धित जिल्ला अदालतमा उजुरी दिनुपर्छ । यस्तो घरेलु हिंसा भएको ९० दिनभित्र उजुरी दिनुपर्छ ।  यसरी कुनै घरेलु हिंसा पीडितको उजुरी परे तुरुन्त मुद्दाको कारबाही गर्नुपर्ने दायित्व ती उजुरी सुन्ने संस्थाहरूको हुन्छ । सजायक)    कसैले आफ्नो पारिवारिक सम्बन्ध भएको व्यक्तिलाई हिंसा गरे त्यस्तो व्यक्तिलाई ३ देखि २५ हजार रुपैंयाँसम्म जरिवाना र छ महिनासम्म कैद वा दुवै सजाय हुनसक्छ ।ख)    घरेलु हिंसा गर्न दुरुत्साहन गर्ने र सहयोग गर्नेलाई मुख्य अभियुक्तले पाउने आधा सजाय हुन्छ । ग)    पटक–पटक यो हिंसा दोहोर्‍याइरहेमा सजाय दोब्बर हुँदै जान्छ । घ)    सार्वजनिक पदमा रहेको व्यक्तिले यस्तो कार्य गरेमा थप १० प्रतिशत बढी सजाय हुन्छ । ङ)    कसैले अदालतको आदेशलाई बेवास्ता गरी पीडितलाई दिनुपर्ने क्षतिपूर्ति नदिए वा अदालतको आदेश नमाने २ देखि १५ हजार रुपैयाँसम्म जरिवाना र ४ महिना कैद वा दुवै हुनसक्छ । क्षतिपूर्ति दिन सक्नेघरेलु हिंसाबाट पीडित भएको व्यक्तिलाई पीडकको आर्थिक र सामाजिक हैसियत हेरी मनासिब माफिकको क्षतिपूर्ति दिलाई दिन पनि सक्छ । अन्तरिम संरक्षणात्मक आदेश जारी गर्न सक्ने कुनै घरेलु हिंसा भएको व्यक्तिलाई उजुरी गरेको भनी घरबाट निकाला गर्ने, आर्थिक रूपमा दु:ख दिने, गालीगलौज आदि गर्न नपाउने व्यवस्था छ । यदि कसैले उजुरी दिएको कारणले पीडितलाई त्यस्तो कार्य गरे अदालतले त्यस्तो नगर्न आदेशसमेत गर्न सक्छ । घरेलु हिंसासम्बन्धी मुद्दा अदालतको बन्द इजलासमा चल्ने हुन्छ र पूर्ण गोपनीयता अपनाउने हुन्छ । हिंसा सहेर बस्नु पनि हिंसालाई प्रोत्साहन गर्नु हो । हिंसाको विरोध गर्नु पनि हाम्रो सामाजिक उत्तरदायित्व हो । 

सिर्जना माली, अधिवक्तापुस १४, २०७६

-- पुरै पढ्नुहोस् --

तेस्रो मिस चब्बी नेपाल

नेपालमा पहिलो पटक सिद्धि मिडियाले आयोजना गरेको नेपाल्स चब्बी मोडलको तेस्रो संस्करण सम्पन्न भएको छ । आफू मोटी छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन डराइरहेका महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउने उद्देश्यले आयोजित नेपाल्स चब्बी मोडल फरक प्रकारको सौन्दर्य प्रतियोगिता भएको आयोजक अमित शाहले बताए ।

सिर्जना दुवाल श्रेष्ठ, माघ २७, २०७५

-- पुरै पढ्नुहोस् --

मिस युनिभर्स–२०१८ मा मनिताको उपलब्धि

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितासम्बन्धी विश्लेषण गर्ने माइसोसोलजी, एन्जलोपिडिया जस्तो चर्चित सौन्दर्य प्रतियोगिता विश्लेषकले प्रतियोगिताका क्रममा मनितालाई मिस युनिभर्स–२०१८ को प्रबल दाबेदारका रूपमा चित्रण गरेको थियो । प्रतियोगिता अन्तर्गतको प्रिलिमिनरी इभेन्टमा मनिताको प्रस्तुति पनि विभिन्न सामाजिक संजालमा चर्चा विषय भएको थियो ।

रोजिन शाक्य, पुस ७, २०७५

-- पुरै पढ्नुहोस् --

कान्तिका सेजुुवालले देशकै पहिलो महिला मेयर

जुम्लाकी कान्तिका सेजुुवालले देशकै पहिलो महिला मेयरको रेकर्ड बनाउन सफल भएकी छिन् । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएसँगै कान्तिका देशकै पहिलो महिला मेयर बनेकी हुन् ।

नारी संवाददाता , जेष्ठ ४, २०७४

-- पुरै पढ्नुहोस् --

महिलाहरुले  स्वतन्त्रता केलाई मान्ने ??

स्वतन्त्रता केलाई मान्ने ? चाहेको क्षेत्रमा जागिर खान पाउनु वा मन लागेको विषय पढ्न पाउनु अथवा मन लागेका पहिरनमा सजिएर हिँड्न पाउनु ? के हो स्वतन्त्रता ? उत्तर सहज छैन ।

लक्ष्मी भण्डारी थापा, वैशाख २६, २०७४

-- पुरै पढ्नुहोस् --

संकल्प भए सफलता प्राप्त गर्न कठिन छैन : दृष्टिविहीन सृष्टि केसी

आठ कक्षा अध्ययनरत छँदा आँखाको ज्योति गुमाएकी सृष्टिले प्रमाणपत्र तहमा सर्वोत्कृष्ट अंक हासिल गरिन् ।

सिर्जना दुवाल श्रेष्ठ, चैत्र २२, २०७३

-- पुरै पढ्नुहोस् --

दुवै हात र एउटा खुट्टा गुमाएकी समचारवाचिका

डल्लु विजेश्वरीमा बस्ने कमला श्रेष्ठले १२ वर्षकी हुँदा घरमै खेल्ने क्रममा दुवै हात र एउटा खुट्टा गुमाएकी थिइन् ।

सिर्जना दुवाल श्रेष्ठ, चैत्र २१, २०७३

-- पुरै पढ्नुहोस् --

महिला र राजनीति

राजनीति न्यायोचित वितरणको सशक्त माध्यम हो । वि.सं. २०४६ पछिको पुस्ता सबैतिर राजनीतिमा देखिन्छ भने यसमा संख्यात्मक रूपमा पुरुष बढी छन् ।

लक्ष्मी भण्डारी थापा, फाल्गुन ८, २०७३

-- पुरै पढ्नुहोस् --

समाजसेवी मिस नेवा

२०१३ कि मिस नेवा सुदिना श्रेष्ठ अहिले सामाजिक काममा व्यस्त छिन् । सानै उमेरदेखि समाजका लागि केही गर्नुपर्छ भन्ने सोच राख्ने फर्पिङकी सुदिनाले सोसल वर्क नै पढेकी हुन् ।

नारी संवाददाता , फाल्गुन ५, २०७३

-- पुरै पढ्नुहोस् --

अदितिको चर्चा चुलिंदै

मोडल, फेसन ब्लगर र अब अभिनेत्रीका रुपमा पनि परिचय थपिएको छ, अदिति बुढाथोकीको । फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पनि उनको लोकप्रियता उतिक्कै छ ।

नारी संवाददाता , फाल्गुन १, २०७३

-- पुरै पढ्नुहोस् --

रोकिएन चेलीबेटी बेचबिखन

चेलीबेटी ओसार–पसार तथा बेचबिखनका विरुद्ध सुरक्षा निकायसँगै धेरैवटा गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरे पनि मानव तस्करी तथा बेचबिखन रोकिएको छैन । नेपाली चेली भारत तथा भारतको बाटो हुँदै तेस्रो मुलुकमा बेचिने क्रम बढेको छ ।

नारी संवाददाता , माघ १८, २०७३

-- पुरै पढ्नुहोस् --