अर्थतन्त्र

विषादी प्रयोग गर्दा ख्याल राख्नुहोस्

नेपालमा विषादी प्रयोगमा देखिएको सबैभन्दा ठूलो समस्या भनेको यसको प्रयोगपछि पर्खनुपर्ने अवस्था र नपर्खदा विषादीका अवशेष बाँकी रहने खतरा हो । यससँगै विषादी छनोटमा सजगता नअपनाउने, बाली कटानीका क्रममा पनि विषादी प्रयाग गर्ने, बिक्रीअघि विषादीमा डुबाउने, विषादीको मात्रा बढाएर छर्ने, रोग–कीराको पहिचानबिना विषादी छर्ने, विषादीलाई खेतीबाहेक अन्य जीवजन्तु तथा स्थानमा प्रयोग गर्ने, कृषि कार्यबाहेक अन्य उद्देश्यमा प्रयोग गर्ने, दर्ता नगरिएका विषादीको लुकीछिपी बिक्री–वितरण तथा प्रयोग, प्रतिबन्धित विषादीको लुकीछिपी प्रयोग, विषादीको प्याकेट खोली प्याकेजिङ र बिक्री, बिनालेवलका विषादीको प्रयोग, म्याद नाघेका विषादीको प्रयोग, विषादी प्रयोग गर्दा सुरक्षित पहिरनको प्रयोग नगर्ने आदि प्रमुख समस्या छन् । विषादी रासायनिक पदार्थ हुन् जसलाई रोग, कीरा, सूक्ष्म जीवाणु, झारपात, मुसा आदि मार्न कृषि तथा अन्य स्थानमा प्रयोग गरिन्छ । विषादी मानव शरीरमा श्वासप्रश्वास प्रक्रिया, छालाको सम्पर्क तथा खानाको माध्यमबाट पस्छ । यसले विषादीको कारोवारमा संलग्न व्यक्ति, कृषकहरू तथा कृषि उपज उपभोग गर्ने उपभोक्ता सबैमा नकारात्मक प्रभाव पारिरहेको छ । महिला तथा केटाकेटीहरूमा यसको प्रभाव बढी छ । संयुक्त राष्ट्र संघका अनुसार विकासोन्मुख देशहरूमा खतरनाक विषादीलगायतका रसायनको उत्पादन एवं प्रयोग मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी बढिरहेको छ । प्रयोग भएका ९५ प्रतिशतभन्दा बढी विषादी लक्षित समस्या समाधान गर्नुभन्दा मानव, वन्यजन्तु, पानीको स्रोत, माटो तथा हावामा समाविष्ट भएर हानी पुर्‍याउने काममा प्रयोग भैरहेको छ । यसले मानव स्वास्थ्य र वातावरणमा विभिन्न समस्या सिर्जना गरेको छ । मौरीको संख्यामा कमी ल्याउन खेत–बारीमा प्रयोग गरिएका विषादी प्रमुख कारक रहेको प्रमाणित भैसकेको छ जसका कारण बाली–बिरुवामा हने परागसेचन प्रक्रियामा कमी आएर कृषि उत्पादनमा कमी हुन्छ । व्यापक प्रयोगकै कारण विषादीको अवशेष माटो तथा पानीमा बढेर गएको छ । ओजन तहको विनाशमा विषादीको भार ६ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । एसिया महादेशका बहुसंख्यक कृषक विषादीको प्रकार, विषको स्तर, सुरक्षित प्रयोग तथा मानव स्वास्थ्य एवं वातावरणमा विषादीको नकारात्मक असरका बारेमा अनभिज्ञ रहेका कारण उनीहरू नै विषादीसँग बढी सम्पर्कमा आउने र सुरक्षित रूपमा प्रयोग गर्न अपनाउनुपर्ने साधन प्रयोग गर्न नसकेका कारण विषादीको ठूलो असर झेल्न बाध्य छन् । 

सुवर्णप्रभा गुरागाई, कार्तिक २८, २०७६

-- पुरै पढ्नुहोस् --

बवन्डर विषादीको

नेपालका विभिन्न स्थानमा खपत हुने विषादीमध्ये ९२ प्रतिशत तरकारीमा मात्र प्रयोग हुने गरेको तथ्य हालसालै सार्वजनिक भएको छ । त्यसले उपभोक्ताको स्वास्थ्य कतिसम्म जोखिममा छ भन्ने कुरा देखाउँछ । नेपालमा खपत हुने विषादीमध्ये ८ प्रतिशत मात्र खाद्यान्न बालीमा उपयोग हुन्छ । बाँकी ९२ प्रतिशत गोलभेंडा, काउली, भान्टा, खरबुजा आदि दैनिक उपभोग्य तरकारी उत्पादनमा प्रयोग हुने कृषि विकास मन्त्रालय मातहतको बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

लक्ष्मी भण्डारी थापा, कार्तिक २६, २०७६

-- पुरै पढ्नुहोस् --

अर्थ बजारमा महिला

अर्थ बजारमा महिला नेपालका बैंक, फाइनान्स, सहकारी, सेयर, बीमा, लघुवित्त आदि क्षेत्रमा महिला उपस्थिति बढिरहेको तथ्यांकहरूले देखाउँछन् । त्यति मात्र होइन ग्रामीण क्षेत्रमा समेत स–साना आमा समूह गठन गरी लघुवित्तीय कारोबार बढाउने क्रम पनि तीव्र हुँदै गएको छ ।

नारी संवाददाता , कार्तिक २५, २०७६

-- पुरै पढ्नुहोस् --

बिमामा महिला

बिमाले जीवनरक्षा र सवारी साधनको सुरक्षा मात्र होइन मृत्युपर्यन्त परिवारजनलाई रकम उपलब्ध गराउनुका साथै अन्य सेवा पनि उपलब्ध गराउँछ तर त्यो पोलिसीको प्रकारमा निर्भर रहन्छ । बिमाका लागि आयस्रोत प्रमुख विषय हो भने इच्छाशक्ति र आँट अर्को महत्वपूर्ण कुरा हो । 

लक्ष्मी भण्डारी थापा, जेष्ठ ३२, २०७६

-- पुरै पढ्नुहोस् --

पैसा लगानी  पैसै आम्दानी

बैंकमा थोरै पैसा झिक्न र राख्न मिल्दैन तर यहाँ भने सहज हुन्छ । आवश्यक पर्दा पैसा लिन आफै धाउनु नपर्दा पनि उनी सहकारीलाई नै सजिलो मान्छिन् । संकलनकर्ताहरू आफै पैसा लिन आउँछन् र चेकमा साइन गरिदिएपछि चाहिएको पैसा घरमै ल्याइदिन्छन् ।

प्रकृती दाहाल, फाल्गुन २४, २०७५

-- पुरै पढ्नुहोस् --

क्रेडिट कार्डसँग जोडिएका केही गलत तथ्य

कार्ड हरायो भने पनि सहज तरिकाले ब्लक गर्न सकिन्छ । कुनै चोरी–डकैती वा धोका दिने व्यक्तिका लागि पनि यो कार्डको अनलाइन प्रयोग कठिन छ । यसका लागि एकपटक प्रयोग गर्न सकिने खालको पासवर्डको आवश्यकता पर्छ । बैंकले तुरुन्तै क्रेडिट कार्ड बोक्ने व्यक्तिको मोबाइलमा म्यासेज पठाइहाल्छ । ट्रन्जेक्सन पूरा गर्न सेक्युरिटी कोडसमेत चाहिन्छ ।

नारी संवाददाता , मंसिर २०, २०७५

-- पुरै पढ्नुहोस् --

पैसासँगको दैनिकी

अहिले वित्तीय क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको छ । वित्तीय क्षेत्रमा राम्रो पारिश्रमिकका साथै सामाजिक प्रतिष्ठासमेत हुुुने भएकाले पनि यो महिलाहरूको रोजाइको क्षेत्र भएको छ । वित्तीय क्षेत्रलाई करियर बनाउने राम्रो प्लेटफर्मका रूपमा समेत लिइन्छ ।

प्रकृति दाहाल, कार्तिक २८, २०७५

-- पुरै पढ्नुहोस् --

पैसा, पर्व र दक्षिणा

मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जान थाले । सहजताका लागि तरल माध्यमको खोजी हुन थाल्यो । फलस्वरूप अहिले कागजी पैसाबाट डेबिड, क्रेडिट कार्ड प्रयोगमा आउन थालिसकेको छ ।

सलोनी सिंह, सामाजिक अर्थशास्त्रीकार्तिक २०, २०७५

-- पुरै पढ्नुहोस् --