संगीत

वाद्यवादनमा कोमल हात

दसैंको रौनक सुरु भएसँगै मालश्री धुन गुञ्जिन थाल्छ । सामान्यको बुझाइमा यो दसैंको धुन हो । तर, पाटनकी समिता बज्राचार्यका औंलाले बाह«ै महिना सरोदमा यो धुन गुञ्जिरहन्छ । थोरै सरोदवादक महिलामा उनी पर्छिन् । दसंैमा उनलाई सोध्ने र खोज्ने धेरै भेटिन्छन् । उनी भने सधैभरि मालश्री धुनमा रमाइरहेकी हुन्छिन् । उनले भनिन्, ‘म दैनिक सरोद बजाउँछु । चाडपर्व मलाई कुर्नै पर्दैन ।’सरोदप्रति उनको रुचि बाल्यकालदेखिकै हो । सात वर्षकी छँदै उनले संगीत सिक्न थालिन् । त्यही उमेरमै उनी  कुमारी बनिन् । कुमारीघरमा पुग्दा पनि उनको संगीत सिक्ने चाहनामा कुनै रोकतोक भएन । जति संगीत सिक्दै गइन् त्यति नै संगीतप्रति उनको रुचि बढ्दै गयो । उनका आंैला सरदमा पोख्त भएकै थिए, उनी गितार र धिमी बाजामा पनि रमाउन थालिन् । उनको औधी रुचि सरदमै रह्यो । उनले भनिन्, ‘सिक्ने क्रममा धेरै कुरा सिकें तर सरोदमै मेरो रुचि बढ्यो ।’ कुमारीबाट निस्किएपछि पनि उनी सरोदमा समाइरहिन् ।यसो त मालश्री धुनले सबैलाई मन्त्रमुग्ध पारेकै हुन्छ । धुन सिर्जना गर्नेलाई भने धेरै गाह्रो हुन्छ । त्यो अनुभव समिताले पनि गरिन् । सरोद बजाउँदा उनका कहिले औंला दुखेका छन् त कहिले औंलामा फोका उठेका छन् । ‘सरोद बजाउन त्यति सहज छैन, सरोद नङले थिचेर बजाउनुपर्छ’ उनले आफ्नो अनुभव साटिन्, ‘यसमा धुन र राग निकाल्न त्यत्तिकै कठिन हुन्छ ।’ रुचि र मेहनतले मात्रै संगीतमा सफल हुन सकिने उनको धारणा छ । ‘मैले रहरका लागि सरोद सिकेकी हुँ, उनले भनिन्, ‘यसलाई व्यवसायीकरण गर्न त्यति सहज पनि त छैन ।’परम्परागत बाजाहरूको संरक्षण र संवद्र्धनमा पछिल्लो समय युवापुस्ता आकर्षित हुँदै गएको छ । वाद्यवादनमा सीमित महिलाहरू पनि यो क्षेत्रमा अग्रसर हुन थालेका छन् । काठमाडांै न्यूरोडकी शारदा ढंगोल मादल, तबला, ढोलक, धिमी बजाउँछिन् । नेवारी समुदायमा जन्मे–हुर्केकी उनी सानैदेखि बाजासँग परिचित छिन् । विद्यालयमा हुने अतिरिक्त कार्यक्रममार्फत उनी बाजाप्रति आकर्षित भएकी हुन् । विद्यालयका विभिन्न कार्यक्रममा उनी ढोलक, धिमी बोकेर पुग्थिन् । निरन्तर उनले वाद्यवादनमा समय दिइरहिन् । रहरका लागि वाद्यवादनमा लागेकी उनले आफ्नो सोचलाई व्यावसायिक बनाउने योजना बनाइन् । यसबाट केही आम्दानी गर्न सकिन्छ कि भन्ने उनको सोचलाई साथ दिइन् गायिका आनीछोइङ डोल्माले । उनको नेतृत्वमा महिला वाद्यवादक समूह ‘श्रीतारा ब्यान्ड’ नै बन्यो । बाह्र वर्षअघि ब्यान्ड सञ्चालनमा आएपछि बाजामार्फत शारदाले आम्दानी गर्न थालिन् । ब्यान्डमार्फत विभिन्न कार्यक्रममा निम्तो आउन थाल्यो । ब्यान्ड देशका विभिन्न स्थानमा पुग्न सफल भएको छ ।वाद्यवादनमा लामो समय टिक्न र महिला ब्यान्डलाई निरन्तरता दिन शारदालाई धेरै चुनौती झेल्नुपरेको छ । एक सन्तानकी आमा उनी धेरै पटक बच्चा बोकेरै कार्यक्रममा पुगेकी छन् । महिलाहरूका लागि ब्यान्ड हाँक्न घर÷ बच्चा धेरै चुनौती हुने उनको भनाइ छ । ‘वाद्यवादनमा महिलाहरूको धेरै रुचि भए पनि व्यावसायिक रूपले कमजोर र चुनौती धेरै भएकाले उनीहरूको उपस्थिति यो क्षेत्रमा कम छ’ उनले भनिन् ।‘श्रीतारा ब्यान्ड’का लागि सदस्य खोज्ने क्रममा वसन्तपुरकी सुजिना ब्रजाचार्य ब्यान्डमा जोडिन पुगिन् । उनी बाँसुरी भ्वाइलिन, धिमी बजाउँथिन् । उनलाई वाद्यवादक समूहमा जोड्न सकिन्छ भन्ने उद्देश्यले शारदाले सुजिनालाई ब्यान्डमा काम गर्न आग्रह गरिन् । सुजिनाले टोलमार्फत सिकाएको भरमा बाजाहरू बजाउँथिन् । शारदाको प्रस्ताव स्वीकार गर्दै उनी ब्यान्डमा आबद्ध भइन् । ब्यान्डका लागि सारंगी बजाउने सदस्यको आवश्यकता थियो । सारंगी सुजिनाका लागि नौलो थियो । त्यसपछि मनीष गन्धर्व र प्रेम नेपालीसँग सारंगी सिक्न थालिन् । सारंगीमा निखारता ल्याउँदै उनले ब्यान्डको यात्रा सुरु गरिन् । यसले उनलाई संगीत सिक्ने मौका मिलेको बताइन् । उनले भनिन्, ‘ब्यान्डमार्फत मैले संगीतबारे धेरै सिक्ने मौका पाएँ ।’ ब्यान्डमा समावेश भएपछि उनले सारंगीको एक धार समाइन् र अघि बढिन् । उनी आफ्नो ब्यान्डसँगै अन्य ब्यान्ड र प्रोजेक्टहरूको काममा व्यस्त भइन् । उनको माग धेरै छ ।  तर, कोरोना महामारीपछि उनको सांगीतिक यात्रा हुन सकेको छैन । उनको सारंगी रेटाइ भने छुटेको छैन । सारंगीले उनलाई एक्लै बस्न र रमाउन सिकाएको छ । उनले भनिन्, ‘अब त सारंगी र संगीतबिनाको जीवन सोच्नै सक्दिन ।’लाजिम्पाटकी पूजा खत्रीले दिदीको मोबाइलमा एउटा बाजाजस्तो केही देखिन् । त्यसको स्वरूप उनलाई मन प¥यो । त्यसबारे उनलाई जान्ने जिज्ञासा बढ्यो । बुझ्दै जाँदा त्यो सितार रैछ । उनलाई सितार सिक्ने र बुझ्ने इच्छा जाग्यो । प्रवेशिका परीक्षापछिको फुर्सदको समयलाई सदुपयोग गर्दै उनले सितार सिक्न थालिन् । सुरुमा सितारमा राग, आलप मिलाउन उनलाई समस्या भयो । उनले भनिन्, ‘स्वरूप देखेर सिक्न थालेकोले सुरुमा कठिनाइ नै भयो ।’ सितार बजाउन उनले निरन्तर मेहनत गरिरहिन् । ‘मञ्जुश्री कला केन्द्र’ मार्फत उनले आफ्नो सिकाइमा थप निखारता दिइन् । उनका लागि सितार एक अभिन्न अंगजस्तै बनेको छ । उनले भनिन्, ‘सितार नै मेरो साथी भएको छ ।’ 

प्रकृति दाहाल, कार्तिक ८, २०७८

-- पुरै पढ्नुहोस् --

बिनायो बाजा

पूर्वी पहाडी भेगका किराँती समुदायमा प्रचलित बाजामध्ये एक हो–बिनायो । यसलाई नारी सौन्दर्यको प्रतीकका रूपमा पनि लिइन्छ ।

गणेश राई, भाद्र १४, २०७८

-- पुरै पढ्नुहोस् --

तीज गीत स्वरूप फेरियो, मर्म उही

जति–जति तीज नजिकिँदै जान्छ, संगीतको बजार उति–उति गतिशील हुँदै जान्छ । किनभने तीजसँग अभिन्न रूपमा गीत–संगीत जोडिएको छ । खासगरी तीज गीत ।

सुजाता मुखिया, भाद्र १३, २०७८

-- पुरै पढ्नुहोस् --

अनलाईन संगीतमा बढ्दो क्रेज

विषम परिस्थितिमा पनि गायक, गायिका तथा संगीत क्षेत्रमा लागेकाले गीत, संगीत पस्किरहेका छन् । अहिले अनलाईनमार्फत् नै स्रोतालाई संगीत प्रस्तुत गरिएको बताउँछन्,

सिर्जना दुवाल श्रेष्ठ, असार ११, २०७७

-- पुरै पढ्नुहोस् --

मदनकृष्ण परिवारको ‘लकडाउन गीत’

सरानाका अनुसार सारा विश्व नै स्तब्ध भएको बेला कसैलाई पनि रमाइलो गर्ने मुड छैन । तर यो गीत कोरोना सम्बन्धी सन्देशमूलक भएकाले बनाएको हो । ‘एक त समय रमाइलो तरिकाले बित्यो र अर्काै बुबाको रचनालाई मूर्त रुप दिन पायौं,’

नारी संवाददाता , चैत्र २२, २०७६

-- पुरै पढ्नुहोस् --

३ वर्षपछि फेरि आईन सुजता

गीत/संगीतमा परिचय खोज्दा खोज्दै उनको आफ्नै परिचय फेरियो । उनी वैवाहिक जीवनमा प्रवेस गरिन । विवाहको केहि समय उनका पिताले जस्तै श्रीमानले पनि बाटो देखाए । तर, छोरीको जन्म पछि भने उनले गायन यात्रामा पूर्ण बिराम लगाई ।

नारी संवाददाता , चैत्र १०, २०७६

-- पुरै पढ्नुहोस् --

मीरा राणालाई सम्मान

रेडियो कान्तिपुरले गायिका मीरा राणालाई सम्मान गर्ने भएको छ । रेडियोले आफ्नो मासिक सांगीतिक कार्यक्रम ‘सलाम जिउँदो इतिहासलाई’ मा यसपटक गायिका राणालाई सम्मान गर्न लागेको हो ।

नारी संवाददाता , चैत्र ८, २०७६

-- पुरै पढ्नुहोस् --

सितारमा युवापुस्ताको कमी

युवापुस्तामा भने सितारप्रति क्रेज ह्वात्तै घटेको देखिन्छ । एक त बाजाको साइज नै ठूलो, यता–उता लगेर बजाउनै कठिन । अर्काे सितार बजाउने थुप्रै महिला भएर पनि हातैले गन्न मिल्ने उमा थापा, ज्ञानु गोर्खाली, सुशीला बैद्य, सीतामैंया राजच आदि मात्रै छन् ।

नारी संवाददाता , माघ २९, २०७६

-- पुरै पढ्नुहोस् --

रोजिनाको बाँसुरी मोह

घरसँगै जोडिएको ठूलोबुवाकहाँ बाजाहरू सिकाइन्थ्यो । त्यहाँ धिमे, बाँसुरी, खिं, मादल आदिको आवाजले उनलाई रोमाञ्चक बनाउँथ्यो । उनलाई वाद्यवादनको आवाजले मन्त्रमुग्ध पारिसक्यो । उनले सुरुमा खिं बजाउन थालेकी हुन् । खिं बजाउँदै रोजिनालाई बाँसुरी वादनप्रति रहर जाग्यो । उनले रहरकै भरमा बाँसुरी सिक्न थालिन् ।

नारी संवाददाता , माघ २७, २०७६

-- पुरै पढ्नुहोस् --

इखले मोडिएको  रुबीको बाटो

मेटल संगीतमा ड्रम बजाएका क्रिस एडलरले नेपाल आउँदा रुबीलाई खोजेरै सँगै बजाउने मौका दिए । त्यस्तो अवसर पाउँदा उनी आफूलाई भाग्यमानी मान्छिन् । ‘यस्तो मौका कहाँ सबैले पाउँछन् र ?’

नारी संवाददाता , माघ २२, २०७६

-- पुरै पढ्नुहोस् --

वाद्यवादनमा युवापुस्ता

अहिलेको पुस्ता इन्टरनेटको भँगालोमा भुल्दै गएका बेला राम्रा नेपाली स्रष्टाका संगीत पनि युट्युबमा राख्दै जानुपर्ने धारणा छ, सिर्जना कलेज अफ आर्टमा पढ्दै गरेकी सजना शर्माको । युट्युबमा गीतहरू सुन्दा जोकोहीलाई गायक–गायिका, वाद्यवादक हुने रहर हुन्छ ।

सिर्जना दुवाल श्रेष्ठ, माघ ७, २०७६

-- पुरै पढ्नुहोस् --