रंगमञ्च

रंगमञ्चमा समाज रूपान्तरणको सपना

मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् । यसरी रुमलिएको समाजलाई बुझाउन सक्ने सशक्त माध्यम भनेकै नाटक हुन सक्ने रंगकर्मी विष्णुमाया परियारको बुझाइ छ । त्यसैले त उनले नाटकमार्फत नै बाल विवाह, जातीय तथा वर्गीय विभेदसँगै संस्कृति र प्रकृति संरक्षणको आवाज बुलन्द रूपमा कर्णालीदेखि काठमाडौंसम्म नाटकमै उठाउँदै आएकी छन् । कर्णाली मुगुकी परियार रंगमञ्चमा झन्डै १२ वर्षदेखि सक्रिय छिन् । काठमाडौंमा भएको ‘अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५’ मा कर्णाली प्रदेशबाट छनोट भएर मञ्चन गरिएको नाटक ‘गर्भछिटा’ र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय नाटक महोत्सव–२०७६’ अन्तर्गत कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन गरिएको नाटक ‘पम्फाफूल’ ले परियारलाई रंगमञ्च, नाट्य क्षेत्र र नाट्यप्रेमीबीच नजिक बनायो । बितेका एक दशकमा कति नाटक गरे भन्ने उनीसँग एकिन विवरण नभए पनि उनका लागि यी दुई नाटक नै विशेष छन् । भन्छिन्, ‘स्कुल पढ्दादेखि नै बाल तथा युवा क्लबमा सहभागी भएर नाटकहरू त गर्थें । पछि विवाह भएपछि नाटकहरू सिकेरै गर्न थालें । गर्भछिटा र पम्फाफूलले नै मलाई रंगमञ्चमा चिनाए ।’ मुगुकै रंगकर्मी हीरा बिजुली नेपालीसँग २०६८ सालमा विवाह भएपछि श्रीमान्सँगै उनी नाट्य क्षेत्रतिर लागिन् । उनका श्रीमान् नेपाली कर्णालीको समुन्नत संस्कृतिलाई कलामार्फत नै बाहिर ल्याएर कर्णालीलाई राज्यसत्ताले हेर्ने नजर र गरिने भाष्यलाई परिवर्तन गर्नुपर्छ भन्ने दौडमा निरन्तर लागिपरेका छन् । यसमा परियार पनि श्रीमान् सँगसँगै जीवन र रंगमञ्चको यात्रामा सहकार्य गर्दैछिन् । विवाहअघि नाटक भन्ने विधा उनलाई थाहा भए पनि रंगमञ्चको माहोल उनले श्रीमान्बाट नै बुझिन् । ‘हीराजीसँग विवाह भएपछि लगत्तै नाटक गरियो । उहाँले तिमीले नाटक गर्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो तर मलाई लाज लाग्थ्यो । उहाँबाट नै रंगमञ्च भनेको यस्तो हुँदो रहेछ भन्ने अझै धेरै थाहा भयो’, उनी सुनाउँछिन् । श्रीमान्सँगै उनले सुरुमै जलवायु परिवर्तनसम्बन्धी नाटक गरिन् । नाम भने ठ्याक्कै बिर्सिइन् । त्यसपछि लगातार उनी रंगकर्ममै अभ्यस्त छिन् । श्रीमान्सँगैको रंगमञ्चको यात्रा र केही दिनको नाट्य कार्यशालाबाहेक उनले औपचारिक ज्ञान लिएकी थिइनन् । श्रीमान्सँग नाटकसम्बन्धी सिकाइ भइरहे पनि उनलाई भने जिस्केको जस्तो हुन्थ्यो । उनी बाहिर अर्कै गुरुसँग गएर रंगमञ्चको ज्ञान लिने सोचमा थिइन् । ठ्याक्कै त्यही समयमा झन्डै दुई वर्षअघि मण्डला थिएटरले सञ्चालन गरेको मण्डला ड्रामा स्कुलमा उनले १८ महिना नाट्य प्रशिक्षण लिने अवसर पाइन् । मण्डलामा पढ्न थालेपछि उनलाई साँच्चिकै नाटक सिकेजस्तो भान भयो । उनी हाँस्दै भन्छिन्, ‘यता डरले पनि सिक्नुपर्छ भन्ने भयो । मैले मण्डलामा गुरुहरूसँग सिकेको र हीराजीले सिकाउनुभएको एकै खालेजस्तै थियो । धेरै नजिक र माया गर्ने भएर मैले नटेरेको मात्र हो ।’ श्रीमान् हीरालाई उनी रंगमञ्चको आफ्नो गुरुकै रूपमा लिन्छिन् । श्रीमान्को रंगमञ्चप्रतिको प्रेम, लगाव र प्रेरणाले आफू यतातिर दत्तचित्त भएर लागेको उनको भनाइ छ । श्रीमान्ले स्थापना गरेको ‘कर्णाली आर्ट सेन्टर’ उनलाई अहिले आफ्नै लाग्छ । यसलाई आफैं लिड गर्न सक्छु भन्ने आँट उनलाई मण्डलाको क्लासले दिएको छ । ‘मलाई मण्डलाको कोर्सले आत्मबल दियो । द्वन्द्व नगरी समाज रूपान्तरण नाटकबाटै गर्न सकिन्छ भन्ने सिकें’, उनी थप्छिन् । नाटकमा मनोरञ्जन हुन्छ । यसबाट समाजलाई छिट्टै बुझाउन सकिने भएकाले यसैबाट समाज बदल्ने अठोट उनले लिएकी छन् । श्रीमान्–श्रीमती दुवै एउटै क्षेत्रमा भएकाले उनीहरूले गर्ने काममा परिवारको समर्थन छ । ९ र ३ वर्षका छोराहरू हुर्कदैछन्, उनी अहिले ढुक्क छिन् । रंगमञ्चमा आफूभन्दा फरक हुनुपर्छ भन्ने उनकाश्रीमान्को सपना छ । उनमा पनि रंगमञ्चको यात्रामा निकै टाढासम्म पुगेर यसैमा आफ्नो दरिलो उपस्थिति देखाउने दृढ विश्वास जागेको छ । 

सुशीला तामाङ, माघ १२, २०७९

-- पुरै पढ्नुहोस् --

‘चोरको स्वर’ मा नारी संवेदना

काठमाडौंस्थित ‘मण्डला थिएटर’ मा लिम्बू समुदायमा जारी ‘भागी विवाह’ लाई कथावस्तु बनाइएको ‘चोरको स्वर’ नाटक मञ्चन भइरहेको छ ।

नारी संवाददाता , असार १४, २०७९

-- पुरै पढ्नुहोस् --

रंगमञ्चका महिला कलाकारहरू योनिका कथाहरूमा

शरीर निजी भए पनि शरीरसँग जोडिएका सबै अङ्गनिजी नहुन सक्छन् । त्यस्तै अङ्गहरूमध्ये यौनाङ्ग पनि एक हो । यस्तै अङ्गहरूसँग कसरी सौहाद्र्र हुने भन्ने कुरा नाटकमा एकलापको शैलीबाट व्यक्त गरिएको कलाकार सरिता गिरी बताउँछिन् ।

सिर्जना दुवाल श्रेष्ठ, वैशाख ११, २०७५

-- पुरै पढ्नुहोस् --

प्रतिभाशाली नानी

लामो समयदेखि नाट्य क्षेत्रमा सक्रिय नानी थापा आफ्नै लेखन, निर्देशन एवं अभिनय रहेको नाटक ‘जूनकिरी’ का कारण चर्चामा छिन् । नानीले नाटकभित्र गीत, नृत्य तथा कवितामार्फत हास्य, करुण, शृंगार, भयानक आदि नौवटै रसको प्रयोग गरी जूनकिरी पात्रको मनोवैज्ञानिक विचलन प्रस्तुत गरेकी छिन् ।

नारी संवाददाता , कार्तिक ९, २०७४

-- पुरै पढ्नुहोस् --

लाटीको छोरो

लाटीको भूमिकामा प्रस्तुत भएकी कोपिनाको अभिनयले बेलाबेला दर्शकलाई भावशून्य बनाउँछ । जिद्दी र घमण्डी स्वभावकी लाटीलाई पञ्चायतमा २ मिनेट आफ्नो कुरा राख्न समय दिइन्छ । यसले पनि हाम्रो समाजमा पहिले बोल्न नसक्ने बनाइन्छ अनि न्यायका लागि वकालत गरिन्छ भन्ने एउटा तीतो यथार्थ देखाइएको छ ।

राधिका अधिकारी, कार्तिक १, २०७४

-- पुरै पढ्नुहोस् --

‘जुनकिरी’ मार्फत माझी बस्तीको उज्यालो खोज्दै नानी

रंगमञ्चकी कलाकार थापा ‘एकीकृत माझी नमूना बस्ती विकास’का लागि टेवा पुर्‍याउने उद्देश्य सहित यतिबेला नाचघरको मञ्चमा एक्लै मञ्चन भैरहेकी छिन् । आफ्नै लेखन तथा निर्देशन रहेको नाटक ‘जुनकिरी’का साथमा यतिबेला नानीले दर्शकको मन पनि राम्रैसँग जितिरहेकी छिन् ।

राधिका अधिकारी, भाद्र ३०, २०७४

-- पुरै पढ्नुहोस् --

नम्रता फेरि रंगमञ्चको यात्रामा

चलचित्रबाट रंगमञ्चतिर तानिएका कलाकार मध्ये एउटा नाम हो नम्रता श्रेष्ठ । उनले अभिनय गरेको नाटक ‘यार्मा’ ले ३ वर्ष अघि राम्रो चर्चा पाएको थियो । नारी मनोविज्ञानलाई यो नाटक मार्फत अभिनय गरेर नम्रताले धेरैको मन जितेकी थिईन् ।उनै फेरि नयाँ नाटकमा देखिँदै छिन् ।

नारी संवाददाता , भाद्र १४, २०७४

-- पुरै पढ्नुहोस् --

इक्वालिटी

हल्यान्डका नाटक निर्देशक एरी पिटरले राजधानीमा दुई दिनअघि फिजिकल थिएटर शैलीमा नाटक प्रस्तुत गरे ।

नारी संवाददाता , श्रावण १२, २०७४

-- पुरै पढ्नुहोस् --

एकबोली एक दाम

मण्डला थिएटरसँगको सहकार्यमा थिएटरकै एघारौं ब्याचका प्रशिक्षार्थीहरूको प्रस्तुति एकबोली एक दाम मण्डला थिएटरमा फागुन महिनाभरि मञ्चन गरियो ।

नारी संवाददाता , चैत्र ५, २०७३

-- पुरै पढ्नुहोस् --

रंगमञ्चमा १२ दुर्वासा

सन् १९५७ मा रिलिज अमेरिकी चलचित्र १२ एग्रिमेनलाई राजन खतिवडाले नेपाली नाट्य रूपान्तर गरी १२ दुर्वासा नाममा रंगमञ्चमा प्रस्तुत गरेका छन् ।

नारी संवाददाता , फाल्गुन १२, २०७३

-- पुरै पढ्नुहोस् --

भोको घर

देशको निराशाजनक शासन व्यवस्थाका कारण गरिबलाई एक छाक खान पनि धौधौ परेको कथा बोकेको गोविन्दबहादुर मल्ल गोठालेको नाटक भोको घरलाई युवा नाटककार तथा निर्देशक केदार श्रेष्ठले कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।

नारी संवाददाता , माघ ७, २०७३

-- पुरै पढ्नुहोस् --