पेट केयर

‘डग सो’ को रौनक

ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १३ औं ‘ग्रान्ड डग सो’ आयोजना भएको  थियो । हरेक वर्ष आयोजना हुने यस सोमा विभिन्न जातका कुकुरको प्रदर्शनी गरिएको थियो ।सोमा २ सय ७५ वटा कुकुरले भाग लिएका थिए । उनीहरूको  हिँडाइ, दाँत, सरसफाइलगायत मापदण्ड बनाएर निर्णय गरिएको थियो । यी सबैबारे जानकार भएका विशेषज्ञ कोमल धाना निर्णायक भूमिका थिए । उनी भारतबाट आएको आयोजकले जनाएको छ ।  के नाइन क्लब, बुलेट डड ब्रीड र पोजेटिभ पेट सोलुसनले संयुक्तरूपमा कुकुर प्रदर्शनी आयोजना गरेका थिए । कार्यक्रमबाट उठेकोमध्ये केही निश्चित रकम सामुदायिक कुकुर संरक्षणमा खर्चिने आयोजकले बताए । प्रतिस्पर्धामा रोटवेलर जातको कुकुर प्रथम, जर्मन सेफर्ड दोस्रो र गोल्डेन रिट्रिभर तेस्रो भएको थियो ।त्यसबाहेक हरेक जातबीचका कुकुरहरूको छुट्टै प्रतिस्पर्धा भएको थियो । विजयी कुकुरहरूलाई कप, मेडल, प्रमाणपत्र, मीठा खानेकुरा प्रदान गरिएको थियो ।  

नारी संवाददाता , फाल्गुन १, २०७९

-- पुरै पढ्नुहोस् --

विषाक्त खाद्यले घरपालुवालाई समस्या 

चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।

डा. शरदसिंह यादव, मंसिर १२, २०७९

-- पुरै पढ्नुहोस् --

‘बिरामीका साथी कुकुर’ 

धेरै अध्ययनले के देखाएको छ भने कुकुर पाल्ने मानिसमा हृदय रोगको सम्भावना नपाल्ने भन्दा कम हुन्छ । कुकुरसँग खेल्ने, हिँडडुल गर्ने तथा एक्लोपन हुन नदिने भएकाले मानिसलाई स्वस्थ रहन मद्दत गर्छ । 

डा. शरद सिंह यादव, वैशाख ८, २०७९

-- पुरै पढ्नुहोस् --

घरपालुवामा किर्नाको उपचार 

गर्मी सुरु भएपछि किर्ना र उपियाँको प्रकोप बढेर जान्छ । घरपालुवालाई गर्मीमा लाग्ने छालाका रोगहरू तथा केही प्राणघातक रोगका प्रमुख कारक तत्व नै किर्ना र उपियाँ हुन् । कहिलेकाहीँ घरपालुवाका लागि यी घातक हुनसक्छन् ।

डा. शरद सिंह यादव, चैत्र १३, २०७८

-- पुरै पढ्नुहोस् --

गर्मी र घरपालुवा

घरपालुवाले आफ्नो शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न पनि बढी ऊर्जाको आवश्यक पर्छ ।

नारी संवाददाता , असार १४, २०७८

-- पुरै पढ्नुहोस् --

कुकुरको कानको स्याहार

जुन कुकुरको कान ठूलो, झुन्डिएको तथा भारी हुन्छ त्यस्तालाई कानको समस्या बढी हुन्छ ।

नारी संवाददाता , चैत्र ९, २०७७

-- पुरै पढ्नुहोस् --

घरपालुवामा छारे रोग

घरपालुवा जनावरमा विभिन्न किसिमका रोगको प्रकोप बढ्दो छ । अव्यवस्थित रूपमा हुने कुकुरको प्रजनन्ले गर्दा पनि केही गम्भीर स्वास्थ्य समस्या देखा पर्न थालेका छन् ।

नारी संवाददाता , मंसिर १४, २०७७

-- पुरै पढ्नुहोस् --

गर्मीमा घरपालुवाको स्याहार कसरी गर्ने ?

गर्मीमा हामीले घरपालुवालाई हप्तै पिच्छे नुहाइदिने गर्छौं, यो कार्य ठिक होइन । घरपालुवालाई महिनामा एक वा दुई पटकभन्दा बढी नुहाइदिनु हुँदैन । यस्ता जनावरहरुलाई छोटो समयको अन्तरमा नुहाईदिदाँ छालामा विभिन्न किसिमका समस्या आउने गर्छ ।

डा.शरद सिंह यादव, असार १, २०७७

-- पुरै पढ्नुहोस् --

लकडाउनमा घरपालुवाको हेरचाह 

धेरैको घरमा घरपालुवा जनावर पालिएको हुन्छ । लकडाउनको बेलामा आफ्नो घरपालुवालाई कसरी स्वस्थ राख्ने र केही समस्या परेमा कसरी जोगाउने होला भन्ने डर हुन सक्छ । त्यसैले यस्तो अवस्थामा घरपालुवालाई जोगाउनका लागि केही जानकारी भने हुनु पर्छ ।

डा.शरद सिंह यादव , वैशाख ५, २०७७

-- पुरै पढ्नुहोस् --

घरपालुवा  खरायोको हेरचाह

खरायो एउटा आकर्षक जनावर हो । खरायोलाई खासगरी बालबालिकासँग एकदमै मिल्ने साथीका रूपमा लिइन्छ र प्राय: घरमा बालबालिकाहरूकै आग्रहमा खरायो पालिएको हुन्छ । यसरी बालबालिकाहरूका लागि पालिएको खरायोलाई कसरी स्वस्थ राख्न सकिन्छ र यसबाट हामीलाई के–कस्ता स्वास्थ्य समस्या हुन सक्छन्, सचेत हुनु आवश्यक छ । 

नारी संवाददाता , पुस ११, २०७६

-- पुरै पढ्नुहोस् --

घरपालुवा खरायोको हेरचाह

प्रायः खरायो ६ देखि ८ वर्ष बाँच्छन् भने ६ महिनामा उनीहरू वयस्क हुन्छन् र २८ दिनमै बच्चा जन्माउँछन् । खरायोले एकपटकमा सरदर ४ देखि १४ वटासम्म बच्चा जन्माउँछ । यही नै घरपालुवा खरायोको प्रमुख समस्या हो । छिटोछिटो र थुप्रै सन्तान उत्पादनले अनेकौं समस्या निम्त्याउँछ ।

डा. शरद सिंह यादव, भाद्र १, २०७६

-- पुरै पढ्नुहोस् --