अध्यात्म

शान्ति खोज्दै  तपोवन

ओशोको सन्देश एवं तपोवनको वातावरणले जीवन सरल एवं सहज बनाउने शोभिता सिंखडा बताउँछिन् । उनी ओशो तपोवनमा ६ महिना निरन्तर ध्यान गरेर बसेकी छिन् ।विपश्यना केन्द्रमा हरेक अंग्रेजी महिनाको १ देखि १४ तारिखमा महिनाको दुईपटक १० दिनको शिविर सञ्चालन गरिन्छ । विपश्यना जानेहरूका लागि केन्द्रका निश्चित नियम तोकिएको छ । विपश्यनामा ध्यान गर्न चाहनेहरूका लागि काठमाडौंमा रहनेहरूले कान्तिपथस्थित ज्योति भवनस्थित कार्यालयमा फारम भर्नुपर्ने हुन्छ । मानिसहरूको दैनिकी निरन्तर व्यस्त हुँदै गएको छ । भीडभाड र कोकाहलबाट मुक्त रहन ओशो तपोवन, विपश्यना ध्यान केन्द्र आदि मानिसहरूका आकर्षण बन्दै गएका छन् । केही समय मानिस एक्लै रमाउने र सबै कुराबाट टाढा भएर बस्नुपर्ने यी ठाउँमा स्वदेशीसँगै विदेशीहरू पनि आउने क्रम बढ्दै गएको छ । ओशो र विपश्यनामा ध्यान गर्न जानेहरूलाई त्यति सहज भने छैन । शिविरभित्र बसेपछि कडा नियम पालना गर्नुपर्छ । बिहानै ४ बजे उठ्नुपर्ने, एक्लै ध्यान गर्नुपर्ने, मोबाइलका साथै अरुसँगको कुराकानी बन्द गर्नुपर्ने, शाकाहारी भोजन मात्र खानुपर्ने, कुनै पनि गरगहना लगाउन र सिंगार गर्न नपाइने, सफा र स्वच्छ भएर बस्नुपर्ने, महिलाहरूले पछ्यौराको प्रयोग अनिवार्य गर्नुपर्ने, पुरुषहरूले हाफ पाइन्ट लगाउन नहुनेजस्ता थुप्रै नियम पालना गर्नुपर्छ ।यस्ता नियम पालना गर्दै करिब २० वर्षअघि नै संगीतकार राम कार्की ओशो तपोवनको शिविरमा पुगे । ओशोका बारेका धेरै कुरा सुनेका कार्कीलाई त्यो विषयप्रति चासो भएकाले पनि उनी शिविरमा सहभागी हुन पुगेका थिए । संगीत साधनामार्फत ध्यान गराउने हुनाले उनले त्यसले आफ्नो कामलाई थप सहज बनाएको महसुस गरेका छन् । कार्कीले त्यही समयदेखि निरन्तर ओशो ज्ञानलाई पछ्याइरहेका छन् । ओशो तपोवनमा बसेर आएपछि उनको दैनिक जीवनमा र सोचमा धेरै परिवर्तन आएको छ । कार्कीले अहिले आफ्नो परिवारलाई नै ओशोमय बनाएका छन् । अहिले उनको परिवारमा नियमित ध्यानका साथै संगीत साधना पनि हुन्छ । ओशोको ध्यानले मानिसलाई सरल जीवनशैली जिउन सिकाउने संगीतकार कार्की बताउँछन् । ओशोको सन्देश एवं तपोवनको वातावरणले जीवन सरल एवं सहज बनाउने शोभिता सिंखडा बताउँछिन् । उनी ओशो तपोवनमा ६ महिना निरन्तर ध्यान गरेर बसेकी छिन् । सानै उमेरदेखि ओशोका बारेमा सुन्दै आएकी सिंखडा त्यहाँ बसेर पुस्तक लेख्छिन् । तपोवनमा बस्न थालेपछि आफूलाई खुसी मिल्नुका साथै जीवनमा सकारात्मक तरिकाले अघि बढ्ने सोच आएको उनी बताउँछिन् । विपश्यनाकाबारेमा धेरै कुरा सुनेर १० दिनको शिविरमा पुगे कीर्तिपुरका प्रभात पोखरेल । करिब दुई वर्षअघि विपश्यना केन्द्र पुगेका उनी त्यहाँको ध्यान आफ्ना लागि धेरै प्रभावकारी साबित भएको बताउँछन् । बाहिरको दिक्कलाग्दो वातावरणबाट शान्त वातावरणमा रमाउन पाउँदा आनन्द लागेको उनको तर्क छ । विपश्यनाको नियम पालना गर्न सुरुका केही दिन निकै कठिन भयो । ‘सबै कुरा एक्कासि बन्देज हुँदा सहज हुँदैन । पोखरेल भन्छन्–‘तर त्यहाँको वातावरणमा रमाउन थालेपछि छुट्टै आनन्द प्राप्त हुन्छ ।’ विपश्यनाको ध्यानले उनलाई स्वस्थ जीवन जिउन सिकाउनुका साथै मानसिक तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समेत ज्ञान दिएको छ । ओशो तपोवन काठमाडौंको बालाजु चोकबाट करिब छ किलोमिटर जंगलैजंगलको बाटो लागेपछि नागार्जुन हिलमा ‘ओशो तपोवन’ छ । करिब ३० वर्षअघि स्वामी आनन्द अरुणद्वारा स्थापित ओशो तपोवनको मुख्य उद्देश्य ध्यानमार्फत मनलाई शान्त राख्नु हो । तपोवनमा गएर बस्नेहरूले निकै कडा नियम पालना गर्नुपर्ने हुन्छ । तपोवनसँग आध्यात्मिक रूपले जोडिएका पोखरा तथा लुम्बिनीका ओशो तपोवनमा पनि यस्तै साधना विधि प्रयोग गरिन्छ । ओशो तपोवनमा आउने नेपालीहरू मात्र होइन विदेशीहरूको चाप पनि उस्तै छ । तपोवनमा प्रत्येक वर्ष करिब १८ सय विदेशी आउने बताइन्छ । ओशो प्याकेज निश्चित रकम तिरी ओशो तपोवनमा जानेहरूले निश्चित नियम पालन गर्नुपर्छ । त्यहाँ पारिवारिक रूपमा वा एकल रूपमा बस्न सकिन्छ । शिविरमा आवश्यकताअनुसार बस्न सकिन्छ । दिन–रात जतिबेलासम्म पनि बस्न सक्ने व्यवस्था ओशो तपोवनले मिलाएको छ । राति बस्नेहरूका लागि तपोवनले प्रतिव्यक्ति प्रतिरात ९ सय रूपैंयाँ शुल्क तोकेको छ । उक्त प्याकेजभित्र ड्रेस, सादा खाना तथा ओशोका केही पुस्तक उपलब्ध हुन्छन् । एक दिन बस्नेहरूका लागि भने १ सय रुपैंयाँको टिकट मात्र काटे पुग्ने ओशो केन्द्रले बताएको छ । विपश्यना केन्द्रविपश्यना अत्यन्तै पुरानो साधना विधि हो । यो साधना विधि करिब २६०० वर्षपूर्व नै गौतम बुद्धको समयमा उत्पत्ति भएको बताइन्छ । नेपालमा भने १९८१ मा विपश्यना शिविर सञ्चालनमा आएको हो । काठमाडौंमा आनन्दकुटी विहारमा सत्यनारयण गोयन्काञ्जुले यसलाई सञ्चालनमा ल्याएका हुन् । यो विधिको मुख्य उद्देश्य शारीरिक एवं मानसिक रोगहरूबाट मुक्त हुनु हो । यो ध्यान एउटा कलाका रूपमा विकसित हुँदै गएको छ । अहिले नेपालमा पनि यसको क्रेज बढ्दै गएको छ । ओशो प्याकेजजस्तै विपश्यनामा पनि उस्तै खालका नियम लागू हुने गरेका छन् । अहिले नेपालमा विपश्यना ध्यान केन्द्रहरू बिस्तार हुँदै गएको अवस्था छ । पोखरा, चितवन, सुर्खेत, इलाम, सोलुखुम्बु आदि ८ ठाउँमा विपश्यना ध्यान केन्द्र सञ्चालन छन् ।विपश्यना प्याकेज विपश्यना केन्द्रमा हरेक अंग्रेजी महिनाको १ देखि १४ तारिखमा महिनाको दुईपटक १० दिनको शिविर सञ्चालन गरिन्छ । विपश्यना जानेहरूका लागि केन्द्रका निश्चित नियम तोकिएको छ । विपश्यनामा ध्यान गर्न चाहनेहरूका लागि काठमाडौंमा रहनेहरूले कान्तिपथस्थित ज्योति भवनस्थित कार्यालयमा फारम भर्नुपर्ने हुन्छ । फारम भर्न शुल्क तिर्नुपर्दैन । विपश्यना केन्द्रले एकपटकमा २ सय ५० जनालाई ध्यान गराउँछ । विश्वभरका विपश्यना केन्द्रहरू स्वेच्छिक दानबाट सञ्चालन हुन्छन् । विपश्यनामा हरेक उमेर समूहका मानिस जान सक्छन् । यहाँ ८ वर्षदेखिका बालबालिकाहरूका लागि पनि विशेष शिविरको व्यस्स्था रहेको केन्द्रले जानकारी दिएको छ । विपश्यना ध्यान केन्द्रले बिदाको अवसर पारेर बालबालिकाहरूका लागि पनि शिविरको आयोजना गर्दै आएको छ । 

प्रकृति दाहाल, पुस ८, २०७६

-- पुरै पढ्नुहोस् --

एकादशीको उत्पत्ति

हिन्दूहरूले तुलसीलाई विष्णुको रूप मान्नुको एउटा कथा स्वस्थानी व्रत कथामा पढ्न पाइन्छ । कथाअनुसार–सत्य युगमा महादेव र राक्षसराज जालन्धरका बीच युद्ध हुन्छ । जालन्धरकी पत्नी वृन्दा पतिव्रता नारी भएकीले जालन्धरलाई कसैले पराजित गर्न नसक्ने वरदान पाएको कुरा थाहा पाएपछि महादेव भगवान् विष्णुको मद्दत माग्न जान्छन् ।

त्रिचन्द्र प्रतीक्षा, श्रावण १६, २०७६

-- पुरै पढ्नुहोस् --

हिन्दू संस्कारमा महिला सम्मान

व्यवहारमा अनेकौं विविधता पाइए पनि शास्त्रीय मर्यादाका दृष्टिले हिन्दू सामाजिक परम्परामा महिला सम्मानको सुदीर्घ परम्परा रहिआएको छ । पुरातन समाजमा महिलाहरू पूज्य थिए र आजसम्म पनि श्रीमतीबिना हिन्दूहरूको कुनै पनि धार्मिक संस्कार पूरा हुँदैन ।

दीपक दाहाल, आश्विन ४, २०७४

-- पुरै पढ्नुहोस् --

आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ

आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म एक महिना जारी रहने छ ।

नारी संवाददाता , पुस २८, २०७३

-- पुरै पढ्नुहोस् --

प्रमिलाले जितिन् ब्यूटिसिएन डिभा - २०१६ को ताज

ब्यूटिसिएन डिभा – २०१६ को ताज प्रमिला भण्डारीले हात पारेकी छिन् ।

नारी संवाददाता , भाद्र २७, २०७३

-- पुरै पढ्नुहोस् --

हिन्दु धर्ममा कलशको महत्व

हिन्दु धर्म धार्मिक पुजा पाठमा जलले भरिएको कलशको निकै महत्व रहन्छ । जलले भरिएको कलश मन्दिरमा सागरको प्रतिक मानिन्छ । साथै धार्मिक कर्मकाण्डको समयमा कलश अध्यात्मिक तथा सात्विक उर्जाको संग्रह पनि मानिन्छ ।

झरना नहर्की, आश्विन १९, २०७२

-- पुरै पढ्नुहोस् --

मातृत्व गौरवको पर्व श्रीकृष्णजन्माष्टमी मनाइँदै

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्णजन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग एवं भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिन यो पर्व मनाउने गरिएको हो ।

दीपक प्रसाद दहाल, भाद्र १८, २०७२

-- पुरै पढ्नुहोस् --

आज नागपञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व हिन्दू धर्मावलम्बीले आज विशेष श्रद्धापूर्वक मनाउँदै छन् । आज देशैभर हिन्दू परम्पराअनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजाआजा गरिन्छ ।

दीपक दहाल, भाद्र १, २०७२

-- पुरै पढ्नुहोस् --

धार्मिक आस्था

श्रद्धालु भक्तजनहरू पशुपतिनाथ मन्दिर क्षेत्रमा ।

महेश प्रधान, भाद्र १, २०७२

-- पुरै पढ्नुहोस् --

साउने साेमबारकाे महिमा

साउने साेमबारकाे महिमा

नारी संवाददाता, श्रावण २७, २०७२

-- पुरै पढ्नुहोस् --