फूल बारी

ओसीबाना अर्थात् फ्लावर अरेन्जमेन्ट कसरी गर्ने ?

फुल कसलाई पो मन नपर्ला र ? बंगैंचामा फूलेको हरेक फुलले हाम्रो मन लोभ्याउछ, टिपेर कहिले भगवानको चरणमा अर्पण गर्छौं त कहिले आफ्नै कोठामा सजांउछौ । यति मात्र नभइ जीवन देखि मरण  सम्म पनि फूलको महत्व कम भएको हुदैन । एक प्रकारले भन्दा फुलवाटनै हाम्रो जीवन सजिएको हुन्छ । यही क्रममा नियमित रुपमा प्रयोग हुने फुल भन्दा अलि पृथक रुपमा पनि फुलको प्रयोग गर्न सकिन्छ भन्ने बारेमा एक छिन चर्चा गर्दै छु ।त्यति राम्रो फुल भगवानमा अर्पण गरे पनि कोठामा सजाए पनि अलि दिनपछि ओइलाएर जान्छ । तर यही फुललाई वर्षौसम्म सजाएर फूलको सुन्दरताको आनन्द लिन सकिन्छ भन्दा अचम्म लाग्न सक्छ । ओसीबानानै त्यस्तो कला हो जसले फुललाई वर्षौसम्म सुन्दर राख्छ । ओसिलो फूल त्यसका पात र हांँगाहरुलाई सुकाएर बनाइने कलालाई नै ओसीबाना भनिन्छ ।त्यस कलामा सर्वप्रथम कस्तो क्राफ्टको सिर्जना गर्ने हो सोही अनुरुपको चाहिने आवश्यक सामग्रीहरु तयार गर्नुपर्छ । जस्तै विभिन्न फुलहरु समेटिएको एउटा फुलको गुच्छाको अथवा बुकेको आकृतिको ओसीबाना क्राफ्ट तयार गर्नु छ भने त्यही अनुरुपको फुलहरुको छनौट गरी फुलहरु वोटबाट टिप्नु पर्दछ । सकेसम्म फुल र पात टिप्दा कैंची प्रयोगगर्नु उपयुक्त हुन्छ । त्यस पछि यी सब टिपेर तयार पारिएको फुल र पातहरुलाई राम्ररी सुकाउनु पर्दछ । फुल सुकाउनलाई टिस्यू वा किचेन पेपरको पनि प्रयोग गर्न सकिन्छ ।दुईवटा टिस्यू वा किचेन पेपरको वीचमा फुल र पातहरुलाई राखि त्यो सिटलाई हावा छिर्न नसक्ने गरी तल र माथिबाट मोटो कागजले थिचेर कुनै बक्स भित्र राख्नु पर्दछ । हावा छिर्यो भने फुलको रंग खुइलिने सम्भावना धेरै हुन्छ । छिटो सुक्ने फुलहरुलाई टिस्यूको बिचमा राखेर बिस्तारै आइरन गर्दै सुकाउंदै बक्स भित्र राख्न पनि सकिन्छ । लगभग १–२ दिन बिराएर फुल सुकाएको टिस्यूलाई आइरन गरेर सुकाउने वा फेर्नु पर्दछ । यसो गर्नाले फुल सुख्खा र फ्ल्याट फर्ममा  आउछ । अब कुनै बाक्लो कागजमा आफुले सोचेको जस्तो आकारमा ट्वीजरको मद्दतले सुकाएका फुल र पातहरुको एरेञ्ज गर्दै ग्लूले टाँस्दै लैजानु पर्छ । फ्ल्याट भएका फुलहरु ट्वीजरको मद्दतले एरेञ्ज गर्नुपर्छ । यसो गर्नाले फुलहरु समात्न पनि सजिलो हुन्छ र फुलको आकार पनि बिग्रिदैन । यसरी टाँस्दै गएर तयार पारिएको क्राफ्टलाई अब फ्रेमको छनौट पछि सकेसम्म लामो समयसम्म फुलको एरेञ्जमेन्टको रंग नउडोस् र सुख्खा नै रहोस् भनेर डाइंगी एजेन्ट डिस्सेन्टको प्रयोग गर्न सकिन्छ । डाइंगी एजेन्टलाई फ्रेमको पछाडी सकेसम्म बीच भागमा राखी टेपले टाँस्नु पर्छ । यसरी तयार पारिएको क्राफ्टलाई नै ओसिबाना क्राफ्ट भनिन्छ ।  यो कला करीब १६ औं शताब्दी तिर सामुराइहरुले प्रकृति र कलालाई संयोजन गरि तयार पारिएको कला हो । तर यस कलाको सुन्दरताका कारण ओसिबाना क्राफ्ट अहिले विश्व भर फैलिएको छ । हामीले आफुलाई मनपरेको फुल र पातहरु टिपेर कहिलेकाहीं किताबको पानाभित्र राखेर सुकाउने गर्दथ्यौ नि, हो त्यही अनुरुप नै एउटा फुलमात्र नभइ धेरै फुल, पातहरु र हाँंगालाई सुकांउदै कुनै वस्तु वा कलाको आकृति दिनुनै यो कलाको अर्थ हो ।जापानी भाषामा ‘ओसु’ भन्नाले थिच्नु हो र ‘बाना’ ‘हाना’ भनेको ‘फुल’ हो । तसर्थ ओसीबाना भनेको नै (थिचेर, सुकाएर तयार पारिएको फुलहरुको कला हो । तसर्थ यी सुकाएका फुल पातहरुलाई लिएर हामीले जस्तो पनि फुलका आकृति देखि लिएर एउटा सुन्दर दृश्यको आकृति समेत बनाउन सक्छौं । यति मात्र नभइ अहिले आएर फुलहरुका अलावा अंगुर, स्ट्रबेरी जस्ता फलफुलहरु समेत सुकाएर फलफुलका आकृति समेत बनाउन थालिसकेको छ ।बंगैचामा फुलेको एउटा फुलको कति रूप हुँदों रहेछ है, जहाँ जसरी सजाए पनि मननै नभर्ने । तसर्थ फुलको यो सुन्दर कलावाट तयार  पारिएको मननै लोभ्याउने ओसिबाना क्राफ्ट  तयार पारी आफ्नो घर भवनको भित्ताहरुमा सजाउन सकिन्छ ।(सिर्जना दुवाल श्रेष्ठसंग कुराकानीमा आधारीत)

लक्ष्मी खड्का, आर्किटेक्टवैशाख १९, २०७७

-- पुरै पढ्नुहोस् --

कौसीमा फूलबारी 

घरमा खेर जाने सिमेन्टका बोरा, पानीका जारदेखि पानीका बोतललाई गमलाका रूपमा प्रयोग गर्न सकिन्छ । छत र कौसीमा रोपिने फूलहरू धेरै झाँगिने खालका हुँदैनन् । त्यसकारण गमलामा रोप्ने फूलहरूको छनोट गर्न उपयुक्त हुन्छ । 

नारी संवाददाता , फाल्गुन २०, २०७६

-- पुरै पढ्नुहोस् --

यसरी गर्नुहोस् फूलको हेरचाह 

    फूल रोपेको गमला वा भाँडोको प्वाल टाल्नु हुँदैन ।     पर्याप्त अक्सिजन आउने ठाउँमा फूल रोप्नुपर्छ । अक्सिजन कम भएमा फूल कुहिने र मर्ने हुन्छ ।

नारी संवाददाता , फाल्गुन १२, २०७६

-- पुरै पढ्नुहोस् --

गमलाको बगैंचा

आजभोलि गमलामा बोटबिरुवा हुर्काउने प्रचलन बढ्दो छ । समय र मेहनत खर्चिनु नपर्ने, चाहेअनुसारका बोटबिरुवा आफूले चाहेको ठाउँमा हुर्काउन सकिने, प्रयोगमा नआएका अप्ठ्यारा ठाउँ तथा कुना काप्चाहरूलाई समेत प्रयोगमा ल्याउन सकिने हुँदा पनि गमलामा फूलबगैंचा लगाउने प्रचलन बढ्दै गएको हो ।

नारी संवाददाता , पुस २३, २०७६

-- पुरै पढ्नुहोस् --

गार्डेनिङमा विविधता

संस्कार–संस्कृति र परम्पराअनुसार गठेमंगलमा काँडेबिरुवा ढोकामा हाल्ने प्रचलन छ । काँडेबिरुवा अशुभ हुँदैनन्, तर बालबालिकाको सुरक्षाका लागि त्यसको प्रयोग नगरेकै राम्रो वा गरिहाले पनि बालबालिकाले नभेट्ने ठाउँमा राख्नुपर्छ । इंग्ल्यान्डमा आविष्कार भएको विन्डोबक्सेस अहिले नेपालमा पनि विस्तार हुँदैछ ।

लक्ष्मी खड्का, आर्किटक्ट भाद्र ३, २०७६

-- पुरै पढ्नुहोस् --

बोन्साई कला

बोन्साई, शब्द सुन्नेबित्तिकै चिटिक्क परेको सानो रुख अथवा बोट–बिरुवाको प्रतिबिम्ब हाम्रो मनमा आउँछ । समय परिवर्तनसँगै घरभित्रको आन्तरिक सजावटमा मात्र नभएर घरको बाह्य सजावटमा पनि त्यत्तिकै रुचि बढेको पाइन्छ । घरको बाह्य सजावटमा परिवर्तन गर्नु भनेकै घरको बनावटमा परिमार्जन गर्नुका अतिरिक्त घरको बाहिरी भागमा रहेको बगैंचाको रूप परिवर्तन गर्नु पनि हो ।

लक्ष्मी खड्का, आर्किटेक्टअसार २९, २०७६

-- पुरै पढ्नुहोस् --

पुष्प मेला 

काठमाडौंको भृकुटीमण्डपमा चैतको पहिलो हप्ता तीन दिने पुष्प मेला आयोजित गरियो । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ संचालित उक्त मेलाको आयोजना नेपाल फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल तथा प्रदेश नम्बर–३ को कृषि, भूमि तथा सहकारी मन्क्रालयले संयुत्त रूपमा गरेका थिए ।

नारी संवाददाता , वैशाख १३, २०७६

-- पुरै पढ्नुहोस् --

आकर्षक बगैंचाका लागि

सूर्यको किरण कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिई आवश्यक जानकारी लिएर मात्र बिरुवा रोप्नु उचित हुन्छ । विशेषगरी बगैंचा निर्माणका लागि पहिले नै योजना तयार गर्नुपर्छ । योजना बनाउनुपूर्व बगैंचा निर्माण गर्ने खाली स्थान कति छ जानकारी राख्नुपर्छ । हरियालीले मनमा शान्तिको अनुभूति गराउँछ । 

आस्था विष्ट, सिम्प्ली जोयचैत्र २१, २०७५

-- पुरै पढ्नुहोस् --

चिटिक्क सकुलेन्ट प्लान्ट

प्रकृतिसँग मानवीय सम्बन्ध टाढिँदै गएको छ । यद्यपि मानव शरीरका लागि बोट–बिरुवा, रुखहरू अत्यावश्यक छन् । सिमेन्टको बस्तीमा हराउँदै गएको अहिलेको पुस्ता चाहेर पनि ठूलो बगैंचा बनाएर बस्न सक्दैन । त्यसैले घरभित्र र बाहिर भएका खाली ठाउँहरूमा सकुलेन्ट प्लान्टहरू राखेर प्राकृतिक आनन्द लिन सकिन्छ ।

आस्था विष्ट, फाल्गुन ३०, २०७५

-- पुरै पढ्नुहोस् --

बहुवर्षीय फूल एजेलिया

एजेलिया मुख्यत: दुई प्रकारको हुन्छ । पहिलो सदाबहार र अर्को पतझर वर्गमा पर्ने एजेलिया । अमेरिकन एजेलिया पतझर र एसियन एजेलिया सदाबहार हरियो प्रकृतिको हुन्छ्र । नेपालमा पट तथा गार्डेन प्रजातिको एजेलिया पाइन्छ तर पतझर वर्गको एजेलिया भने पाइँदैन ।

राजेन्द्र देवकोटा, कृषि विज्ञपुस १४, २०७५

-- पुरै पढ्नुहोस् --

फूल व्यवसाय र आत्मानिर्भरता

अहिले पनि करोडौँ रुपैयाँका फूल विदेशबाट आयात हुने गरेको छ । नेपालमा अहिले १ सय ४१ हेक्टर क्षेत्रफलमा फूल खेती हुन्छ । फूल खेती तथा व्यवसायमा ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित छन् ।

नारी संवाददाता , पुस ८, २०७५

-- पुरै पढ्नुहोस् --