लक्ष्मी भण्डारी थापाका लेखहरु

महिनावारी किन बार्ने ?

जहाँसम्म मैले भोगेको तथा देखेको कुरा छ, मेरो परिवारबाट यो अवस्थामा तिमी स्वच्छ र स्वस्थ बस्नुपर्छ भन्ने नै सिकाइयो । ठ्याक्कै दिमागमा आएको कुरा, हिजोदेखि आजसम्म रजस्वला भएको अवस्थामा म पूजाकोठाभित्र छिर्दिन, सायद म भगवान्प्रति बढी आस्थावान् भएर होला । मलाई रजश्वला भएको अवस्थामा पूजाकोठामा जाने आँट आएन । भान्सामा जाने, खाना पकाउने, सँगै बसेर खानेजस्ता काम भने सामान्य रूपमै हुन्छन् ।

लक्ष्मी भण्डारी थापा, मंसिर १७, २०७६

-- पुरा पढ्नुहोस् --

लोक गीत–संगीत हाम्रो मौलिक संस्कृति

विशेषतः हाम्रो नेपालका धेरै क्षेत्रमा लोक गीत नै सुनिन्छ, जुन हाम्रो मौलिक संस्कृति हो । नेपालको ग्रामीण तथा हिमाली भेगलगायत सहरी क्षेत्रमा समेत लोक गीत नसुन्ने कोही छैनन् । अहिले विदेशमा पनि लोक गीत–संगीतको ठूलो माग छ । वैदेशिक रोजगारीमा जानेहरू प्रायः ग्रामीण भेगकै हुन्छन् जसलाई लोकभाका नै मन पर्छ ।

लक्ष्मी भण्डारी थापा, भाद्र १०, २०७६

-- पुरा पढ्नुहोस् --

सम्बन्धविच्छेद जीवनको अन्त्य होइन

यदि खुसीसाथ बाँच्नु छ भने आफ्नो आवाज नदबाऔं, आफ्नो अधिकार बुझौं र त्यसको प्रयोग गरौं किनभने आफू भएर बाँच्न पाउनु हामी सबैको अधिकार हो, सम्बन्धविच्छेद जीवनको अन्त्य होइन त्यो एउटा हाम्रो जीवनको सुरुवात पनि हुनसक्छ ।’

लक्ष्मी भण्डारी थापा, असार १३, २०७६

-- पुरा पढ्नुहोस् --

झलमल्ल भान्सा

अहिले जिउने कला फेरिएको छ । जीवन बिताउने शैली बदलिएको छ । जीवनशैलीमा आएको यो ठूलो परिवर्तनले कमैलाई माक्र नछोएको होला । हरेक व्यत्ति आफ्नो लाइफ स्टाइल अपग्रेडिङमा कन्सस देखिन्छन् । उहिले सुकुल–पिर्कामा बसेर खाना खाने हजुरबुवा–हजुरआमा अहिले डायनिङ टेबलमा बसेर आनन्दसँग खान्छन् ।

लक्ष्मी भण्डारी थापा, जेष्ठ २९, २०७६

-- पुरा पढ्नुहोस् --

प्रदूषणले स्वास्थ्य र सौन्दर्यमा पार्ने असर

मानिसको शरीरमा लाग्ने ५० प्रतिशतभन्दा बढी रोगको कारण बाहिरी वातावरण एवं प्रदूषण हो भन्ने तथ्य सार्वजनिक भएको धेरै भएको छैन । प्रदूषणका कारण छालाको संक्रमण मात्र बढ्छ भन्ने लागे पनि यसले शरीरको भित्री भागमा समेत असर पुर्‍याउँछ ।

लक्ष्मी भण्डारी थापा, मंसिर १९, २०७५

-- पुरा पढ्नुहोस् --

पर्वको प्रभाव

चाडपर्व नजिकिँदै जाँदा हरेक जात–जाति, उमेर, समूह, पेसा वा व्यवसायका मानिसलाई यसको चटारोले छोप्छ । हाम्रा मौलिक चाड हरेकका लागि संस्कार, खुसी साट्ने मौका अनि सुस्ताउने समय भएका छन् अहिले ।

लक्ष्मी भण्डारी थापा, आश्विन २१, २०७५

-- पुरा पढ्नुहोस् --