फलितज्योतिषाचार्यका लेखहरु

कात्तिक महिनाको राशिफल

दाम्पत्य जीवनमा एक–अर्काप्रतिको लगाव बढ्नेछ । मनमा भएको तनाव हटेर शरीर स्वस्थ हुनेछ । कुुनै कुराले रोकिएको काममा सफलता हात लाग्नेछ । सकेसम्म आफ्नो कार्य आफै गर्नुु उपयुक्त हुनेछ । छोराछोरीको पढाइ एवं खानपानमा सजगता अपनाउनु होला । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । सामाजिक, न्यायिक एवं व्यावसायिक क्षेत्रमा सफलता मिल्दै जानेछ । 

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यकार्तिक १, २०७६

-- पुरा पढ्नुहोस् --

असोज महिनाको राशिफल   

दाम्पत्य जीवन सुखमय रहनेछ । कुनै कामविशेषले यात्रा हुनसक्छ । सानातिना कुराका लागि पनि निकै खट्नुपर्नेछ । कसैको सहयोगको अपेक्षा नगरी आफ्नो काम आफैले गर्नु उपयुक्त हुन्छ । आकस्मिक स्वास्थ्य समस्या सिर्जना हुन सक्ने भएकाले खानपानमा सचेत रहनुहोला । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । आफ्नो इच्छानुसार समय बिताउने मौका मिल्नेछ । 

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यआश्विन १, २०७६

-- पुरा पढ्नुहोस् --

भदौ महिनाको राशिफल

कुनै कामविशेषले यात्रा गर्नुपर्ला । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विभिन्न कुराको लाभ हुनेछ । दाम्पत्य जीवनमा सुख एवं समझदारी कायमै रहनेछ । सहयोगी हातहरू पछि हट्नसक्छन्, सकेसम्म आफ्नो कार्य आफै गर्ने प्रयास गर्नुहोला । पारिवारिक सुख मिल्नुका साथै आफ्नो इच्छानुसार समय बिताउने अवसर जुट्नेछ । 

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यभाद्र १, २०७६

-- पुरा पढ्नुहोस् --

साउन महिनाको राशिफल

व्यावहारिक काममा केही सजगता अपनाउनुहोला । नयाँ एवं पुराना साथीभाइसित भेटघाट गर्ने मौका मिल्नेछ । मनमा कुनै नवीन कार्य गर्ने सोच आउनसक्छ । कुनै कुरालाई लिएर परिवारमा बहस हुनसक्छ । एक–अर्काको भावनाको ख्याल गर्न सके दाम्पत्य जीवन सुखमय रहनेछ । कहिलेकाहीँ काम गर्दागर्दै तनाव हुनसक्छ ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यश्रावण १, २०७६

-- पुरा पढ्नुहोस् --

जेठ महिनाको राशिफल 

पारिवारिक मेलमिलाप बढ्नेछ । काम गर्दा सानातिना समस्या आइलाग्न सक्छन् । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा ध्यान पुर्‍याउनुहोला । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । कसैकसैको प्रेम सम्बन्धले मूर्तरूप लिनसक्छ । खानपानका साथै व्यायाममा पनि ध्यान दिनसके स्वास्थ्य राम्रो रहनेछ । कतैबाट कुनै कुराको लाभ हुनसक्छ । 

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यजेष्ठ १, २०७६

-- पुरा पढ्नुहोस् --

वैशाख महिनाको राशिफल

अपेक्षाअनुरूप काममा सफलता मिल्दै जानेछ । सन्तान सुख मिल्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । साथीहरूसित रमाइलो जमघट हुनेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । आर्थिक पक्ष सुदृढ रहला । व्यावसायिक क्षेत्रबाट धन लाभ गर्न सकिन्छ । विभिन्न सरसामानको किनमेल हुनेछ । कुनै नवीन कार्यमा संलग्न हुने मौका मिल्नसक्छ । 

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यवैशाख १, २०७६

-- पुरा पढ्नुहोस् --