इन्टेरियर डिजाइनरका लेखहरु

भान्साको  इन्टेरियर 

भान्साको टायल होस् वा अन्य वस्तु सकेसम्म सादा नै प्रयोग गर्नु उचित हुन्छ । अन्यथा टेक्स्चरमा चिल्लो र फोहोर अड्किन्छ । जसले गर्दा केही समयमै भान्सा थोत्रो र फोहोर देखिन्छ । हल्का रंग फर्निचरमा मात्र नभई भित्तामा पनि प्रयोग गर्न सकिन्छ । यसले शान्ति र आनन्द महसुस हुन्छ ।

सपना भुसाल सापकोटा, इन्टेरियर डिजाइनरफाल्गुन १९, २०७६

-- पुरा पढ्नुहोस् --

कार्निसको प्रयोग

कार्निसलाई पानीबाट जोगाउनुपर्ने हुँदा यी बाहिरी भित्ताका लागि भने उपयुक्त हुँदैनन् । सजिलो भए पनि कार्निसको जथाभावी प्रयोगले कोठालाई अझ भद्दा बनाउन सक्छ । कोठाको आकार, घरको समग्र डिजाइन तथा प्रयोजनका आधारमा कार्निस राख्ने वा नराख्ने, कस्तो र कति राख्ने निर्णय गर्नुपर्छ ।

नवीना श्रेष्ठ, इन्टेरियर डिजाइनरपुस २३, २०७६

-- पुरा पढ्नुहोस् --

घरलाई शीतलता दिन

डेकोरेटिभ ग्रिन प्लान्टलाई सुत्ने कोठाको एउटा कुनामा राखेर हरियालीको आभास गर्न सकिन्छ । गर्मीमा कोठामा कार्पेटको साटो दरी ओछ्याउनु उपयुक्त हुन्छ । कार्पेटले बढी गर्मी महसुस गराउँछ । पुराना फर्निचरलाई नयाँ लुक दिन हलुका एवं चम्किला रंगले रंगाउनु पर्छ । पुराना खैरो रंगका कुर्सी–टेबलमा नीलो अथवा हरियो रंग लगाउन सकिन्छ ।

नवीना श्रेष्ठ, इन्टेरियर डिजाइनरश्रावण ३०, २०७६

-- पुरा पढ्नुहोस् --

इन्टेरियरमा लाइट

अहिले कतिपय मानिसले अरूको घरमा जाँदा देखेजस्तै बत्ती खरिद गर्ने चलन पनि छ तर त्यसो गर्नु गलत हो । बत्ती खरिद गर्नुअघि आफ्नो कोठाको साइज र कुन प्रयोजनका निम्ति बत्ती राख्न लागिएको हो पहिले नै स्पष्ट हुन जरुरी छ । त्यसो त कोठाको कलर र बत्तीको बीचमा पनि सम्बन्ध छ । कोठामा उज्यालो रंग प्रयोग गरिएको छ भने कम वाटको बत्ती राख्दा पनि हुन्छ ।

नवीना श्रेष्ठ, इन्टेरियर डिजाइनरकार्तिक २०, २०७५

-- पुरा पढ्नुहोस् --

भवनभित्र फूल सजावट फ्लावर एरेजमेन्ट तथा इकेबाना

घरअगाडि ढकमक्क फुलेको फूलले सबैको मन लोभ्याउँछ । अझ मौसमी फूलले चाडपर्वको संकेत गर्दै मानिसको जीवन पनि प्रतिबिम्बित गर्छन् । हुरी–बतास, घाम–पानी केही नभनी निरन्तर मुस्कुराइरहने यी हरिया बोट–बिरुवा तथा फूलको सुन्दरताले आनन्दित तुल्याउँछन् । त्यसैले जतिसुकै सानो ठाउँ भए पनि मानिसले फूल रोप्ने ठाउँ छुट्याउँछन् ।

लक्ष्मी खड्का, इन्टेरियर डिजाइनरभाद्र १, २०७५

-- पुरा पढ्नुहोस् --

एक्सटेरियर र इन्टेरियरमा ए वान घर

इन्टेरियर डिजाइनको प्रक्रियामा धेरै विषय थपिँदै गएका छन् । पहिले इन्टेरियर भन्नासाथ घरभित्रको सजावट बुझिन्थ्यो भने अहिले बाहिरी सजावट अर्थात् एक्सटेरियरलाई पनि उत्तिकै महत्व दिन थालिएको छ । भैंसेपाटीस्थित भूपेन्द्र सिंहको यो घरलाई एक्सटेरियरदेखि इन्टेरियर लुकसम्मलाई भिन्न रूप दिइएको छ ।

सपना भुसाल सापकोटा, इन्टेरियर डिजाइनर, सपना भुसालपुस २०, २०७४

-- पुरा पढ्नुहोस् --