सिर्जना दुवाल श्रेष्ठका लेखहरु

एउटै सिक्काका दुई पाटा : नरेन्द्रबहादुर र निरु श्रेष्ठ

साहित्यिक कार्यक्रम, कला प्रदर्शनी तथा व्यावसायिक जमघटहरूमा धेरैजसो सँगै पुग्छन्–श्रेष्ठ दम्पती । निरु श्रीमान्का हरेक क्रियाकलापमा उत्तिकै चासो राख्छिन् र राम्रो कला एवं कृतिका लागि प्रोत्साहन पनि दिन्छिन् । अहिलेसम्म परिवारसँगै बसेर राति टिभी हेर्दै दिनभरिका घटनाहरू सुन्ने, सुनाउने बानी छ उनीहरूको । हरेक पुरुषको सफलतामा महिलाको हात हुने कुरामा नरेन्द्रबहादुर पूर्णरूपमा सहमत छन् ।

सिर्जना दुवाल श्रेष्ठ, कार्तिक १७, २०७६

-- पुरा पढ्नुहोस् --

स्वर र लुक्सको संगम : त्रिशाला

बेस्ट कम्पोजिसन अफ दि इयरका रूपमा यो मन गीतमार्फत इमेज अवार्ड जित्नसफल भइन्–गायिका त्रिशाला गुरुङ । हुन त उनी यही गीतबाट गायिकाका रूपमा पनि मनोनीत थिइन् । कहिल्यै गायिका बन्छु भनेर कल्पना नगरेकी गुरुङ अहिले युवापुस्ताकी स्टार गायिका बन्ने बाटोमा छिन् ।

सिर्जना दुवाल श्रेष्ठ, कार्तिक ३, २०७६

-- पुरा पढ्नुहोस् --

आमाको भान्सा

अहिले हाम्रो खानपान शैली पनि बदलिएको छ । बजारमा तयारी खानेकुरा उपलब्ध छन् । सबैलाई त्यही खानेकुरा छिटो र मीठो लाग्छ । हामी अहिले हतारमा खानेकुरा पकाउँछौं । डाइनिङ टेबलमा सजाउँछौं । काँटा–चम्चाले खान्छौं । भान्साका सबैजसो सामग्री रेडिमेड पाइने हुँदा पकाउन पनि सजिलो छ तर आमा–हजुरआमाले पकाएजस्तो स्वाद त कहाँ पाइन्छ र ?

सिर्जना दुवाल श्रेष्ठ, आश्विन १३, २०७६

-- पुरा पढ्नुहोस् --

राम्रो र नयाँ पहिरन  लगाउने लहर

कतिपयले यस्ता चाडपर्वमा ट्रेडिसनल लुक्स दिने पहिरन नै लगाउन खोज्छन् । साडीका पनि अनेक डिजाइन छन् । साडी लगाउने शैलीमा पनि विविधता छ । साडीसँग हल्का गहनाको कम्बिनेसन राम्रो देखिन्छ । फर्मल वेयरमा साडी धेरैले रुचाउने पहिरन हो । त्यसपछिको सदाबहार पहिरनमा पर्छ, कुर्ता–सुरुवाल । न यसलाई मौसमले असर गर्छ, न त अवसरले नै । जस्तोसुकै बेला पनि कुर्ता–सुरुवाल सही हुन्छ ।

सिर्जना दुवाल श्रेष्ठ, आश्विन १२, २०७६

-- पुरा पढ्नुहोस् --

देवीको चित्रमा  कलाकारहरू

नेपाल प्रकृतिको दृष्टिले जति सम्पन्न छ त्यति नै कला र संस्कृतिका दृष्टिमा पनि सबल छ । त्यसमा पनि परम्परागत मौलिक कलाका सन्दर्भमा समेत हामी समृद्ध छौं । परम्परागत नेवारी शैलीका पौवा चित्रमा विशेषगरी हिन्दू देवी–देवताका चित्र कुँदिने भए पनि अहिले भृकुटी, मञ्जुश्री तथा बुद्धका चित्र बढी कोरिएको पाइन्छ ।

सिर्जना दुवाल श्रेष्ठ, आश्विन २, २०७६

-- पुरा पढ्नुहोस् --

म्युजियममा फेसन शो

परम्परागत फेसन शोभन्दा पृथक् मानिएको उक्त शोमा नेपाली पहिरनलाई नेपाली सम्पदासँग जोड्ने प्रयास गरिएको कासाकी सञ्चालक तथा फेसन डिजाइनर रमिला नेमकूलले बताइन् । उक्त फेसन शोको मुख्य उद्देश्य नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनुका साथै मेड इन नेपाललाई प्रवर्द्धन गर्नु एवं नेपाली पहिरनमार्फत नेपाली संस्कृतिको प्रबर्द्धन गर्नु थियो । 

सिर्जना दुवाल श्रेष्ठ, भाद्र २१, २०७६

-- पुरा पढ्नुहोस् --