प्रीति आत्रेय ज्ञवालीका लेखहरु

चैत महिनाको राशिफल

प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । यात्रा हुने योग छ । मनमा कुनै नवीन कार्य गर्ने सोच आउनसक्छ । कसैकसैलाई रोजगारी मिल्ने सम्भावना छ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । पेट एवं रक्तचापका बिरामीहरूले आहारविहारमा ध्यान दिनुपर्नेछ ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यचैत्र १, २०७६

-- पुरा पढ्नुहोस् --

फागुन महिनाको राशिफल

दाम्पत्य जीवन सुखमय रहनेछ । मनमा भएको बोझ हट्नेछ । काम गर्ने उत्साह बढ्नेछ । साथै शरीर पनि स्वस्थ रहनेछ । सोचेअनुरूप काममा सफलता मिल्दै जानेछ । व्यावसायिक क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । पारिवारिक सुख मिल्नेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । घरमा कुनै सामग्रीमा फेरबदल हुनसक्छ । 

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यफाल्गुन १, २०७६

-- पुरा पढ्नुहोस् --

माघ महिनाको राशिफल

कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुुनेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । कसैकसैको प्रेम सम्बन्धले विवाहको रूप पनि लिनसक्छ । घरमा विभिन्न सरसामग्रीको हेरफेर हुुनेछ । दाम्पत्य जीवनमा अपेक्षित सुुख एवं समझदारी कायम रहनेछ । व्यक्तिगत काममा पनि सफलता मिल्नेछ । साथीसंगीसित रमाइलो भेटघाट गर्ने अवसर मिल्नेछ ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यमाघ १, २०७६

-- पुरा पढ्नुहोस् --

पुस महिनाको राशिफल

पारिवारिक सुुख–समृद्धि बढ्नेछ । दाम्पत्य जीवन सोचेजस्तै सुखमय रहनेछ । साथीसंगीसित कतै घुुमघाम गर्ने अवसर जुर्नसक्छ । कसैकसैको कुनै काम विशेषले यात्रा हुनसक्छ । पेट दुुख्ने समस्या हुनसक्ने भएकाले ग्यास्ट्रिक, कब्जियत एवं पेटका बिरामीहरूले खानपानको राम्रो ख्याल गर्नुुहोला । कुनै कुराको लाभ हुनेछ । सन्तानबाट अपेक्षित सुख एवं सहयोग प्राप्त हुुनेछ ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यपुस १, २०७६

-- पुरा पढ्नुहोस् --

मंसिर महिनाको राशिफल   

पारिवारिक वातावरण सुखमय देखिन्छ । दाम्पत्य जीवनको प्रेम एवं समझदारी कायम रहनेछ । कामविशेषले यात्रा हुनसक्छ । आकस्मिक लाभ पनि हुुनेछ । कुुनै विशेष काममा सफलता हात पर्नेछ । आफूलाई चित्त नबुझेको कुरा खुुलस्त रूपमा व्यक्त गर्न सके सम्भावित विवाद टर्नसक्छ । कुनै कुराले मनमा तनाव उत्पन्न हुँदा आफ्नो जोडीले सुझाएको राम्रो कुरा पनि नकारात्मक लाग्नेछ । 

प्रीति आत्रेय ज्ञवाली, मंसिर १, २०७६

-- पुरा पढ्नुहोस् --

कात्तिक महिनाको राशिफल

दाम्पत्य जीवनमा एक–अर्काप्रतिको लगाव बढ्नेछ । मनमा भएको तनाव हटेर शरीर स्वस्थ हुनेछ । कुुनै कुराले रोकिएको काममा सफलता हात लाग्नेछ । सकेसम्म आफ्नो कार्य आफै गर्नुु उपयुक्त हुनेछ । छोराछोरीको पढाइ एवं खानपानमा सजगता अपनाउनु होला । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । सामाजिक, न्यायिक एवं व्यावसायिक क्षेत्रमा सफलता मिल्दै जानेछ । 

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यकार्तिक १, २०७६

-- पुरा पढ्नुहोस् --