नवीना श्रेष्ठका लेखहरु

कार्निसको प्रयोग

कार्निसलाई पानीबाट जोगाउनुपर्ने हुँदा यी बाहिरी भित्ताका लागि भने उपयुक्त हुँदैनन् । सजिलो भए पनि कार्निसको जथाभावी प्रयोगले कोठालाई अझ भद्दा बनाउन सक्छ । कोठाको आकार, घरको समग्र डिजाइन तथा प्रयोजनका आधारमा कार्निस राख्ने वा नराख्ने, कस्तो र कति राख्ने निर्णय गर्नुपर्छ ।

नवीना श्रेष्ठ, इन्टेरियर डिजाइनरपुस २३, २०७६

-- पुरा पढ्नुहोस् --

घरलाई शीतलता दिन

डेकोरेटिभ ग्रिन प्लान्टलाई सुत्ने कोठाको एउटा कुनामा राखेर हरियालीको आभास गर्न सकिन्छ । गर्मीमा कोठामा कार्पेटको साटो दरी ओछ्याउनु उपयुक्त हुन्छ । कार्पेटले बढी गर्मी महसुस गराउँछ । पुराना फर्निचरलाई नयाँ लुक दिन हलुका एवं चम्किला रंगले रंगाउनु पर्छ । पुराना खैरो रंगका कुर्सी–टेबलमा नीलो अथवा हरियो रंग लगाउन सकिन्छ ।

नवीना श्रेष्ठ, इन्टेरियर डिजाइनरश्रावण ३०, २०७६

-- पुरा पढ्नुहोस् --

इन्टेरियरमा लाइट

अहिले कतिपय मानिसले अरूको घरमा जाँदा देखेजस्तै बत्ती खरिद गर्ने चलन पनि छ तर त्यसो गर्नु गलत हो । बत्ती खरिद गर्नुअघि आफ्नो कोठाको साइज र कुन प्रयोजनका निम्ति बत्ती राख्न लागिएको हो पहिले नै स्पष्ट हुन जरुरी छ । त्यसो त कोठाको कलर र बत्तीको बीचमा पनि सम्बन्ध छ । कोठामा उज्यालो रंग प्रयोग गरिएको छ भने कम वाटको बत्ती राख्दा पनि हुन्छ ।

नवीना श्रेष्ठ, इन्टेरियर डिजाइनरकार्तिक २०, २०७५

-- पुरा पढ्नुहोस् --