डा.बालकृष्ण शाहका लेखहरु

आङ खस्न नदिन

आङ खस्नुको पछाडि कुनै न कुनैतिरबाट गर्भ नै जोडिएको पाइन्छ । कम उमेरमा विवाह गर्नु, कम उमेरमै बच्चा जन्माउनु, धेरै बच्चा जन्माउनु, जन्मान्तर कम गर्नु अनि सुत्केरी अवस्थामा गार्‍हो काम गर्नु, भारी बोक्नु आङ खस्नुका प्रमुख कारण हुन् । कुपोषण, कब्जियत, धूम्रपानको सेवन, दमखोकी, बच्चा जन्मिएलगत्तै यौनसम्पर्क, मोटोपन जस्ता समस्याले पनि आङ्ग खस्ने समस्या देखा पर्ने अध्ययनहरूले देखाएका छन् ।

डा.बालकृष्ण शाह, भाद्र २४, २०७६

-- पुरा पढ्नुहोस् --

गर्भवती, पिसाबको संक्रमण र औषधी सेवन

गर्भावस्थामा पनि पिसाबको संक्रमण हुन सक्छ र त्यस्तो हुँदा औषधी सेवन गर्नुपर्ने हुन्छ । केही औषधीले भने गर्भको शिशुमा असर गर्न सक्छ, ती औषधी गर्भावस्थामा सेवन गर्नु हुँदैन । तपाईंले प्रयोग गरेको औषधी कुन थियो भन्न सकिएन, तर केही मात्रामा प्रयोग गर्दैमा गर्भमा असर परेको होला भन्न सकिँदैन ।

डा.बालकृष्ण शाह, जेष्ठ २३, २०७६

-- पुरा पढ्नुहोस् --

महिनावारी र अनियमितता

यो अवस्थामा शारीरिक परिपक्वता आए पनि हार्मोनहरूको सन्तुलन कायम नभएकाले यस्तो समस्या सिर्जना भएको हुन सक्छ । त्यसैले आत्तिनु पर्दैन, तर समयमै परीक्षण गराएर अन्य रोग छ/छैन भन्ने कुरा पक्का गरेको राम्रो हुन्छ ।

डा.बालकृष्ण शाह, जेष्ठ १६, २०७६

-- पुरा पढ्नुहोस् --

अस्थायी साधन प्रयोग र पुनः गर्भाधानमा समस्या

यदि शिशु ३ वर्ष पुगिसकेको छ र उसले आमाको दूध खाँदैन भने अर्को सन्तानको योजना बनाउनु ठीक होला । २८/३० दिनमा महिनावारी हुनु ठिक हो । ३ महिना अस्थायी साधन प्रयोग नगर्दैमा र नियमित सम्पर्क गर्दैमा गर्भ रहेन भनेर आत्तिनु पर्दैन । 

डा.बालकृष्ण शाह, चैत्र १४, २०७५

-- पुरा पढ्नुहोस् --

आकस्मिक गर्भनिरोधक चक्की महिनामा कतिसम्म प्रयोग गर्ने

आकस्मिक रूपमा, कहिलेकाही प्रयोग गर्नका लागि मात्र हो । यो महिनामा यति नै पटक प्रयोग गर्न सकिन्छ भन्ने छैन, तर बारम्बार वा यसको प्रयोग धेरै गर्न थाले आफ्नो शरीरमा हार्मोनसम्बन्धी असन्तुलन सिर्जना हुनसक्छ ।

डा.बालकृष्ण शाह, फाल्गुन ४, २०७५

-- पुरा पढ्नुहोस् --

बढ्दो उमेर, महिनावारी र बढी रक्तश्राव

यो अवस्थामा शरीरको रगत धेरै जाने भएकाले उपचार आवश्यक हुन्छ । मेनोरेजियाका अनेकौं कारण भएकाले पत्ता लगाउन आवश्यक परीक्षणहरू गराउनुपर्ने हुनसक्छ । हार्मोनको असन्तुलन, पाठेघरको ऐंजेरु (फाइब्राइड), पाठेघरको भित्री तहको खराबी त्यसका लागि जिम्मेवार हुन सक्छन्, धेरैजसो अवस्थामा औषधीको सेवनबाटै यस्तो समस्या निवारण गर्न सकिन्छ । 

डा.बालकृष्ण शाह, माघ २, २०७५

-- पुरा पढ्नुहोस् --