Successfully Copied

निर्भीक नारी चौथो संस्करण

निर्वाचनको दृष्टिकोणबाट हेर्दा सुधारोन्मुख महिला सहभागिता र नेतृत्व खराब किसिमको चिन्तन, व्यवहार, मूल्य–मान्यताका लागि मात्रै भारी हुने भएकाले नेतृत्व दिन अवसर दिनुपर्नेमा थपलियाको जोड थियो । ‘संविधान र कानुनले बाध्यकारी भनेर तोकेका पदमा तानतुन गरेर पुर्‍याइएको प्रतिशतले महिलाको नेतृत्व स्थापित हुन सक्दैन,’ उनले भने


कान्तिपुर पब्लिकेसन्स लिमिटेडको सहप्रकाशन नारी मासिकको निर्भीक नारीको चौथो संस्करण सम्पन्न भएको छ ।
‘निर्भीक नारी’ कार्यक्रमको पहिलो सत्र ‘नेतृत्वमा नारी ः परम्परालाई भारी ?’ सत्रमा बोल्ने अधिकांश वक्ताले यस्तो अभिव्यक्ति दिएका हुन् । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया, महिला क्रिकेट टिमकी पूर्वकप्तान रुविना क्षेत्री बेलवासे, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल, वाग्मती प्रदेशसभा लक्ष्मी घिमिरे छलफलमा सहभागी भएका थिए ।
निर्वाचनको दृष्टिकोणबाट हेर्दा सुधारोन्मुख महिला सहभागिता र नेतृत्व खराब किसिमको चिन्तन, व्यवहार, मूल्य–मान्यताका लागि मात्रै भारी हुने भएकाले नेतृत्व दिन अवसर दिनुपर्नेमा थपलियाको जोड थियो । ‘संविधान र कानुनले बाध्यकारी भनेर तोकेका पदमा तानतुन गरेर पुर्‍याइएको प्रतिशतले महिलाको नेतृत्व स्थापित हुन सक्दैन,’ उनले भने । महिला क्रिकेट टिमकी पूर्वकप्तान रुविना क्षेत्री बेलवासेले चुनौतीलाई चिर्दै परिवर्तन आफैंबाट सुरुवात गर्नुपर्ने बताइन् । ‘पहिला त म महिला हुँ भनेर सोच्दै नसोच्नुस्, म एक व्यक्ति हुँ र मेरो मिहिनेत र लगनशीलताले एउटा राम्रो प्लेटफर्म सिर्जना गर्न सक्छ भनेर सोच्नुपर्‍यो ।’

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले नेतृत्व लैंगिकतासँग नभई व्यक्तिको क्षमता र सिद्धान्तमा भर पर्ने बताइन । संविधानले नै स्थानीय तहको प्रमुख र उपप्रमुखको जिम्मेवारी, अधिकार छुट्याएको र महिलामा नेतृत्व क्षमता हुादँहुँदै पनि कार्यकारी अधिकार भने मेयरलाई मात्रै प्रदान गरिएको उनले गुनासो गरिन । ‘संविधानले अधिकार र जिम्मेवारी तोकेको छ । उपप्रमुखलाई कार्यकारी अधिकार नहुनु भनेको चुनौती पनि हो ’ उनले भनिन् । पछिल्लो समय चुनाव महँगो हुँदै गएको र महिलालाई पुरुषसँग स्वतन्त्र रूपले प्रतिस्पर्धा गर्न चुनौती थपिएको वाग्मती प्रदेशसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले बताइन ।
निर्भीक नारीको दोस्रो सत्र ‘मातृत्व मन्थन’ का अधिकांश वक्ताले महिलाले बच्चा आफ्नो रहरले भन्दा पनि अरूको कर र दबाबले जन्माउन बाध्य भएको बताएका छन् । इन्फर्टिलिटी स्पेसलिस्ट वात्सल्यकी डा. आकृति भारती, पुण्यजन फाउन्डेसनकी निर्देशक कुमुदिनी कोइराला, त्रिवि शिक्षण अस्पतालका उपप्राध्यापक एवं मानसिक रोग विशेषज्ञ डा. सगुन बल्लभ पन्त र कलाकार गौरी मल्लले यस सत्रको छलफलमा थिए ।

बच्चा जन्माउने विषयमा नेपालमा गलत धारणा रहेको कलाकार गौरी मल्लले बताइन । ‘नारी स्वच्छाले आमा बन्न चाहेको छ छैन भन्ने कुरा महत्त्वपूर्ण हो, बच्चा अरूका लागि होइन, आफ्ना लागि जन्माउने हो,’ उनले भनिन् । विवाहपश्चात् पारिवारिक र मानसिक रूपमा बच्चा जन्माउन महिलाले ज्यादै दबाब थेग्नुपर्ने अवस्था आएको पुण्यजन फाउन्डेसनकी निर्देशक कुमुदिनी कोइरालाले बताइन  । ‘बच्चा जन्माउन नसक्दा पुरुषले भन्दा पनि महिलाले बढी लाञ्छना भोग्नुपरेको छ,’ उनले भनिन्, ‘सामाजिक सोच र पितृसत्तात्मक सोचले यसमा महिलालाई नै दोषी देखाइरहेको छ ।’ उनले ३० वर्षअगाडि टेस्टट्युब बेबीबाट बच्चा जन्माएको अनुभव सुनाइन ।
महिलाले रहरले भन्दा पनि करले बच्चा जन्माउँदा मानसिक समस्या बढ्दै गइरहेको मानसिक रोग विशेषज्ञ डा.सगुनबल्लभ पन्तले बताए । ‘यसले महिलामा मानसिक समस्या बढ्दै गएको छ । जसले गर्दा बच्चा भएका महिलाले चिकित्सकसम्म आइपुग्दा निराश, खिन्नता, दिक्क र आत्महत्या प्रयास गरिरहेका हुन्छन् ।’ काठमाडौं जस्ता सहरमा भने अझै पनि महिलालाई बच्चा नजन्माउँदा उनीहरूलाई हेर्ने दृष्टिकोण नै फरक रहेको डा.आकृति भारतीले बताइन । स्वाभाविक ढंगले बच्चा नभएपछि बच्चा जन्माउन पछिल्लो समय कृत्रिम गर्भाधान गर्ने बढेको उनले जानकारी दिइन । ‘कतिपय महिला करिअर, पढाइ, आर्थिक वा स्वास्थ्यका कारण बच्चा जन्माउन तयार हुँदैनन्,’ उनले भनिन्, ‘त्यस्ता महिलाका लागि एग फ्रिज गर्नु उपयुक्त हुन्छ ।’

निर्भीक नारीको तेस्रो सत्र ‘सूचना प्रविधिका सारथि’ छलफल कार्यक्रममा प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त, शोधकर्ता डा. अमृता शर्मा, कोफाउन्डर एन्ड सीटीओ अफ एलोई ग्लोबलकी सोनिका मानन्धर, एनसेलकी एक्टिङ चिफ टेक्निकल अफिसर लेनाकेशरी कंसाकार रहेका थिए । यस सत्रको सहजीकरण फिन्टेक अलायन्स नेपालका अध्यक्ष सञ्जीव सुब्बाले गरेका थिए ।
प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्तले बैंकिङ क्षेत्रमा ४५ प्रतिशत महिला सहभागिता रहे पनि समग्र प्रविधि क्षेत्रमा शून्य दशमलव ७ प्रतिशत मात्रै रहेको बताइन । ‘बैंकिङ क्षेत्रमा ५५ प्रतिशत पुरुष छन्, बैंकको शाखा तहमा ११ प्रतिशत मात्रै महिला छन्,’ उनले भनिन्, ‘कार्यकारीमा आउँदा औंलामा गन्न सकिन्छ ।’ सूचना प्रविधिको विश्व बजारमा नेपाली युवाहरूको संलग्नता फैलिँदै गएको शोधकर्ता डा. अमृता शर्माले बताइन । ‘हाम्रा ६६ हजार युवाचाहिँ स्वतन्त्र रूपमा सूचना प्रविधिको विश्व बजारमा काम गरिरहेका छन्,’ उनले भनिन् ।
कार्यक्रममा कोफाउन्डर एन्ड सीटीओ अफ एलोई ग्लोबलकी सोनिका मानन्धरले कुनै पनि नयाँ आइडिया अभ्यास गर्न डराउन नहुनेमा जोड दिइन । ‘नयाँ आइडियामा अभ्यास गरिहाल्न डराउनु हुँदैन, अझ कसैले कपी गर्ला कि भनेर त झन् डराउनै हुँदैन,’ उनले भनिन् । पछिल्लो समय दैनिक प्रविधिको प्रयोग गरिरहेको भन्दै उनले ग्रामीण भेगका महिलालाई लक्षित गरी एप बनाइएको समेत जानकारी दिइन  । ‘प्रविधिले उहााहरूलाई सहज बनाउनुपर्नेमा झन् गाह्रो बनाइरहेका कारण प्रविधि सबैको पहुँचमा हुनुपर्छ भनेर टेक्नोलोजीको विकास गरेका हौं । जुन हरेक महिला उद्यमीहरूले चलाउन सक्छन्,’ उनले भनिन् । एनसेलकी एक्टिङ चिफ टेक्निकल अफिसर लेनाकेशरी कंसाकारले प्रविधिको क्षेत्रमा महिलाहरूलाई अवसरै अवसर रहेको बताइन । ‘आईटी क्षेत्रमा महिला सहभागिता बढाउन नीतिगत व्यवस्थासागै महिलाहरू आफैं पनि जागरुक हुनुपर्छ’ उनले भनिन् ।
तेस्रो सत्रका मुख्य वक्ता अमेरिकी दूतावासका प्रेस तथा सांस्कृतिक शाखा प्रमुख ग्यारेट ई. विल्करसनले अर्थोपार्जनमा नेपाली महिलाको योगदान उदाहरणीय रहेको बताए । गएको ७७ वर्षमा अमेरिकाले नेपाल सरकार, नागरिक, निजी क्षेत्रहरूसँग सहकार्य गरेर नेपाली महिलाका लागि अवसर सिर्जना गरेको उनले बताए । ‘नेपाल सरकारसँगको सहकार्यमा हामीले १० लाखजति नेपाली महिलाको सशक्तीकरणमा काम गरिसकेका छौं,’ उनले भने ।
कार्यक्रमको चौथो सत्र ‘सौन्दर्य मापन’ छलफलमा कलाकार तथा मोडल प्रशान्त ताम्राकार, मिस युनिभर्स नेपाल २०२३ की जेन दीपिका ग्यारेट, कलाकार दयाहाङ राई, समाजशास्त्री निर्मला ढकाल, मिस नेपाल अर्थ २०२२ की डा. सरिशा श्रेष्ठ सहभागी थिए । ब्लगर लेक्स लिम्बूले यस सत्रको सहजीकरणको भूमिका निर्वाह गरेका थिए 
‘पछिल्लो समय सौन्दर्यको मापदण्डको परिभाषा फराकिलो हुँदै गएको छ,’ मोडल तथा कलाकार ताम्राकारले भने, ‘पहिला सौन्दर्यको स्ट्यान्डर्डभित्र परेमा सुन्दर हुन्थ्यो भन्ने आमबुझाइ थियो ।’ उनका अनुसार त्यसमा उचाइ, मोटाइ, वर्ण, शरीरको संरचनाको मापदण्ड थियो भने अहिले सुन्दरता भनेको मुस्कान, आँखा, शरीर र मनमा पनि हुने रहेछ । सुन्दरताले समाज, देश, संस्कृति र युवालाई पनि प्रतिनिधित्व गर्ने उनले बताए ।

समाजशास्त्री निर्मला ढकालले समाजको चित्त बुझाएर आफ्नो जीवन बाँच्ने कुरालाई सम्झौता गर्न नमिल्ने बताइन् । ‘सामाजिक संरचना र समाजले हेर्ने दृष्टिकोणभन्दा फरक व्यक्तित्व भएर बााच्ने क्रममा असम्बन्धित कुरालाई बेवास्ता गर्न सक्नुपर्छ,’ उनले भनिन् । मिस युनिभर्स नेपाल २०२३’ जेन दीपिका ग्यारेट सौन्दर्य मापदण्डको गलत धारणा शिक्षाको माध्यमबाट हटाउन सकिने बताइन । ‘हरेक व्यक्ति फरक छ, उनीहरू फरक देखिन्छन् । मलाई थाहा छैन, हाम्रो समाजमा सौन्दर्यको मापदण्ड कसरी रहन गयो, जहाँ कुनै मानिस निश्चित ढंगको देखिनुपर्छ । यो त विषाक्त धारणा हो, यस्तो सोचले नै मानिसहरू सर्जरी गर्छन । आफूलाई परिवर्तन गर्न खोज्छन् । हरेक व्यक्ति सुन्दर छन् र उनीहरूलाई स्विकार्नुपर्छ ’ उनले भनिन् ।
ब्युटी प्याजेन्टलाई सौन्दर्य मापनका रूपमा मात्र हेरिन नहुने मिस नेपाल अर्थ २०२२ की डा. सरिशा श्रेष्ठले बताइन् । ‘ब्युटी प्याजेन्ट सौन्दर्यमापन मात्र नभई धेरै कुरा सिक्ने अवसरका रूपमा हेर्नुपर्छ,’ उनले भनिन्, ‘ब्युटी प्याजेन्ट एउटा प्रतिस्पर्धा हो, जहाँ डान्स, म्युजिकदेखि हरेक कुराको प्रतिस्पर्धा हुन्छ, जसले गर्दा सहभागीहरूको व्यक्तित्व विकासमा सहयोग पुग्छ ।’
कलाकार दयाहाङ राईले नेपाली फिल्म उद्योगका केही सिनियर प्रोड्युसरले आफूलाई अभिनयमा नआउन सुझाएको बताए । उनी भन्छन्, ‘पछिल्लो समय नेपाली फिल्म उद्योगमा ‘सुपरहिट’ बनिरहेका कलाकार दयाहाङले अहिले पनि कतिपयले त्यस्तै प्रश्न गर्ने गरेको बताए । मैले फिल्मी करिअर सुरु गर्दा फ्रेममा एक प्रकारको मान्छे चाहिन्छ है भन्ने सोच थियो ।’ 

 Image