Successfully Copied

मौलिक परिकारलाई प्रवर्द्धन गर्ने म्रिस्टिना

उनले सुकुटी पकाउन चाहिने सबै सामग्री तयार पारिन र पकाइन । उनको साथीले यी सबै प्रक्रिया खिचिरहे । त्यसपछि उनीहरुले युट्युबबाट भिडियो एडिटिङ कसरी गर्ने भन्ने कुरा सिके र पहिलो भिडियो अपलोड गरे ।


८ वर्षअघि म्रिस्टिना म्रिस्टिना महर्जन अर्यालले युट्युब च्यानल ‘यम्मी फूड वर्ल्ड’ खोलिन् । जतिबेला नेपाली मौलिक परिकारको रेसिपी सिकाउने नेपाली युट्युबर कमै भेटिन्थे । उनी कामको सिलसिलामा जर्मनी पुगेकी थिइन् । उनी पेशाले नर्स हुन् ।
उनी भन्छिन्, ‘केहि परिकारहरु भएपनि भारतीय र विदेशी च्यानलको जस्तो थिएन । त्यसैले नेपाली परिकारको रेसिपी च्यानल खोल्ने सोच आयो ।’ एक दिन उनको साथीले नेपालबाट उपहार स्वरुप सुकुटी ल्याइदिएका थिए । उनले साथीलाई भिडियो खिचिदिन आग्रह गरिन । उनीसँग त्यतिबेला क्यामेरा थिएन, लाइटिङ थिएन । त्यो भन्दा महत्वपूर्ण कुरा उनीसँग केही आइडिया थिएन । भिडियो कसरी खिच्ने, एडिटिङ कसरी गर्नेदेखि केही कुराको आधारभूत ज्ञान थिएन । उनले सुकुटी पकाउन चाहिने सबै सामग्री तयार पारिन र पकाइन । उनको साथीले यी सबै प्रक्रिया खिचिरहे । त्यसपछि उनीहरुले युट्युबबाट भिडियो एडिटिङ कसरी गर्ने भन्ने कुरा सिके र पहिलो भिडियो अपलोड गरे ।

उनी सुनाउँछिन्, ‘भिडियो अपलोड गरेको एक महिनामा १ सय ५० जनाले हेरे । यति भ्यूज हुँदा पनि हामी एकदमै खुसी थियौं । किनभने कोहीले त हाम्रो भिडियो हेर्‍यो भन्ने लाग्यो । त्यसपछिहामीले लगातार भिडियो अपलोड गरिरह्यौं । किनभने मलाई नेपाली फूड रेसिपीको युट्युब च्यानलको आवश्यकता थियो भन्ने लाग्यो ।’


नेपाली मौलिक परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यले उनले युट्युब च्यानल खोलेकी थिइन । त्यसैले उनी नेपाली परिकारमा केन्द्रित रहिन् । तर भ्युअर्सलाई सबै प्रकारको रेसिपीको आवश्यकता पर्ने रहेछ । त्यसैले अन्य देशको परिकारहरु पनि बनाउँछु ।’ प्रत्येक हप्तामा एउटा भिडियो हाल्ने उनलाई अर्को भिडियो के बनाउने भन्ने अन्योल भएको बेला कमेन्ट पढ्छिन् र भ्युअर्सले दिएको सुझाव अनुसारको परिकार बनाउँछिन् ।


उनको युट्युब च्यानल जर्मनीमा दर्ता भए भएपनि ७० प्रतिशत भ्युअर्स चाहीँ नेपाली नै छन् । पछिल्लो समय उनले बच्चा सानै भएकाले युट्युबमा समय दिन सकेकी छैनन् । चाडैं नयाँ–नयाँ परिकारको भिडियो बनाउने उनको योजना छ । उनले युट्युबबाट मासिक २ लाखदेखि ३ लाख रुपैंयासम्म आम्दानी गर्छिन् । 

 Image