Successfully Copied

शान्ति सम्मानित

मध्यपूर्वको पहिलो महिला डबल–डेकर (दुई तल्ले) बस चालक शान्ति भण्डारी राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा सम्मानित भएकी छिन् ।


मध्यपूर्वको पहिलो महिला डबल–डेकर (दुई तल्ले) बस चालक शान्ति भण्डारी राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा सम्मानित भएकी छिन् ।
युएईको आब्रा बरदुबईको ब्लु प्यालेस होटलमा आयोजित नयाा वर्षको शुभकामना आदान प्रदान तथा सांस्कृतिक सााझ कार्यक्रममा दोसल्ला ओढाई सम्मान–पत्रले सम्मानित गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली समाजका संथापक उपाध्यक्ष एवं समाजसेवी चन्द्रप्रसाद सापकोटाको हातबाट सम्मानपत्र हस्तानतरण गरिएको थियो । त्यसैगरी नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्याल, दोलकाली समाजका अध्यक्ष सुनीलराज श्रेष्ठ, नुवाकोट सेवा समाज युएईका अध्यक्ष नबिन कार्की लगायतले दोसल्ला ओढाएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्ऽप्रसाद सापकोटाले युएईमा रहेर साहसिक काम गर्दै आफूलाई अग्र स्थानमा ल्याउन सफल तथा निरन्तर कोशिस गरे सफलता हात पर्छ भन्ने कुरा स्थापित गर्न सफल नेपाली साहसिक चेलीलाई सम्मान गर्न पाउादा खुशी व्यक्त गरेका थिए ।
यसैगरी कार्यक्रममा बोल्दै विशेष अतिथि दोलकाली समाजका अध्यक्ष सुनील राज श्रेष्ठले विदेशी भूमिमा रहेर बाधा अड्चन पार गर्दै चाहना भए के सम्भव हुादैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्दै हजाराौ नेपाली महिलाको प्रेरणाको श्रोत बनि नेपाली महिलाहरुलाई सक्षम बन्नको निम्ति दिनुभएको योगदान उल्लेख्य रहेको बताए ।
नेपालको ओखलढुंगा जिल्लामा जन्मिएकी शान्ति सन् २०१५ देखि युएईमा रहेर हेभी बस चालक अनुमति प्राप्त गर्ने पहिलो नेपाली महिला हुन् । उनले कामका अलावा विभिन्न सामाजिक कार्यमा सहयोग पनि गर्दै आईरहेकी छिन् । हाल उनी युएईमा रहेर पर्यटन क्षेत्रमा सेवा दिदै आइरहेको अन्तर्राष्ट्रिय डबल डेकर कम्पनी बिग बस टुर्समा महिला चालकका रुपमा काम गर्दै आइरहेकी छिन् ।

 Image