Successfully Copied

राष्ट्रिय चाड दसैं

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, अधर्ममाथि धर्मको र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको शुभदिनमा प्रत्येक वर्ष हामीहरूले खुसीका साथमा दसैं मनाउँदै आएका छौं ।



अहिले साउन महिनामा मलमास परेका कारण सबै चाडपर्व पछि सर्दै गएका छन् । सधै असोज महिनामा पर्ने दसैं अहिले कात्तिक महिनामा परेको छ । नेपालमा मनाइने चाडपर्वमध्ये दसैं सबैभन्दा महत्वपूर्ण चाड हो । दसैं आश्विन शुक्ल पक्षमा पर्छ र राष्ट्रिय चाडका रूपमा देशभरि मनाइन्छ । घटस्थापनादेखि नेपालका हरेक शैक्षिक संस्थामा बिदा हुन्छ । शैक्षिक संस्था मात्र होइन नेपालका सबै सरकारी कार्यालय, निजी बैंक र गैरसरकारी कार्यालयहरू पनि दसैंमा बन्द हुन्छन् । दसैंमा बुवाआमा, दाजु–भाउजू एवं मान्यजनबाट टीका–जमरा लगाई आशीर्वाद लिने चलन छ । त्यसैले दसैंमा घर छाडी स्वदेश वा विदेशमा अध्ययन, जागिर वा व्यापार गर्न गएका सबै नेपाली दाजुभाइ टीका लगाउन घरमा आउ“छन् ।
घटस्थापना भनेको के हो ? दसैं किन र कहिलेदेखि मनाउन थालिएको हो ? यस विषयमा शास्त्रीय मान्यता यस्तो छ ः
नेपाल अधिराज्यका कतिपय शक्तिपीठमा आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म र कतिपय शक्तिपीठहरूमा पूृर्णिमासम्म दुर्गादेवीको पूजा–आराधना गरिन्छ । प्रतिपदाका दिन हरेकका घर एवं मठमन्दिरमा घटस्थापना गरेर जमरा राखिन्छ र नवदुर्गाको पूजा गरी शप्तशती (चण्डी) पाठ गरिन्छ । प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजा गरिने भएकाले ती 

देवीहरूलाई नवदुर्गा भनिन्छ । ती देवीहरूका नाम यस प्रकार छन् ः
प्रथमं शैलपुत्री च द्वितीयं ब्र≈मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीतिचाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिता ः ।
अर्थात् पहिलो दिन पूजा गरिने देवीको नाम शैलपुत्री, दोस्रो दिन पूजा गरिने देवीको नाम ब्रह्मचारिणी, तेस्रो दिन पूजा गरिने देवीको नाम चन्द्रघण्टा र चौथो दिन पूजा गरिने देवीको नाम कूष्माण्डा हो । त्यसैगरी पाँचौं दिन पूजा गरिने देवीको नाम स्कन्दमाता, छैटौं दिन पूजा गरिने देवीको नाम कात्यायनी, सातौं दिन पूजा गरिने देवीको नाम कालरात्रि, आठौं दिन पूजा गरिने देवीको नाम महागौरी र नवौं दिन पूजा गरिने देवीको नाम सिद्धिदात्री हो । यही नवरात्रिमा नवाह यज्ञ अर्थात् श्रीमद्देवीभागवत पुराण लगाउने चलन छ । देवीको पूजा गर्नाले मानवका सबै पापहरू नष्ट भई मनका चाहनाहरू पूरा हुन्छन् । देवी हाम्रो शरीरमा बुद्धि, शक्ति, शान्ति, लक्ष्मी, मातृ आदि रूपले विराजमान हुनुहुन्छ ।
देवीलाई हिन्दू धर्ममा शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ । जसको शक्ति पाएर हामीले सबै काम गर्न सक्छौं । देवीको अंश नै नारी रूप हो । नारीमा दैवी शक्ति हुन्छ । जुन घरमा नारीको आदर–सम्मान हुँदैन । जुन घरमा नारीलाई अपमान वा तिरस्कार गरिन्छ, त्यो घरमा देवताको बास हुँदैन । त्यसैले भनिएको छ–‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता ।×’ अर्थात् जहाँ नारीहरूलाई आदर–सम्मान र माया गरिन्छ त्यहाँ देवताको बास हुन्छ ।

भगवान् श्रीरामचन्द्रले देवीकै पूजा, आराधना एवं उपासनाबाट रावणको वध गरेको पौराणिक कथा यस्तो छ ः
त्रेतायुगमा रावणले अनेकौं उत्पात मच्चाएर सारा मानवलाई दुःख दिन थालेपछि भगवान् श्रीरामलाई असह्य पीडा भयो । त्यसपछि आफ्ना प्रजाहरूलाई सुख दिएर धर्मको रक्षाका लागि रावणलाई मार्ने प्रतिज्ञा गर्नुभयो । तर त्यो प्रतिज्ञा पूरा गर्न त्यति सजिलो थिएन । भगवान् साह«ै चिन्तित हुनुभएको थियो । त्यही बेलामा नारद ऋषि आएर रामचन्द्रलाई देवीको पूजा–आराधना गर्ने सल्लाह दिनुभयो । नारदकै सल्लाअनुसार रामचन्द्रले विधिपूर्वक देवीको पूजा–आराधना गर्दै जानुभयो । रामचन्द्रको पूजा–आराधनाबाट खुसी भएकी देवीले अष्टमीका दिन अर्थात् कालरात्रिको मध्यरातमा रामचन्द्रलाई रावणसँगको युद्धमा सफलता प्राप्त हुनेछ भनी वरदान दिनुभयो ।
धेरैजसो देवीका कोटहरूका अष्टमीका राति भजन–कीर्तन गरी देवीहरू निकाल्ने चलन छ । देवीकै वरदानद्वारा दशमीका दिन रामचन्द्रले रावणलाई मारेर विजयको झण्डा फहराउनुभयो । धर्मको रक्षा र पृथिवीको भारहरण गर्नुभयो । त्यसैले दशमीलाई विजयादशमी अर्थात् दसैं भनिएको हो । यही दशमीका दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ । धेरैजसो शक्तिपीठमा दशमीका दिन सराय खेली देवीलाई विसर्जन गरिन्छ भने कतिपय शक्तिपीठमा पूर्णिमाका दिन सराय खेली विसर्जन गरिन्छ । त्यसैले त्रेतायुगदेखि नै दसैं मनाउने चलन प्रारम्भ भएको हो ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, अधर्ममाथि धर्मको र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको शुभदिनमा प्रत्येक वर्ष हामीहरूले खुसीका साथमा दसैं मनाउँदै आएका छौं ।
यो कुरा विस्तृत रूपमा मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । अधिराज्यका धेरैजसो भागमा एक दिन मात्र टीका–जमरा लगाई मनाइने यो चाड कतै–कतै आप्mनो परम्परानुसार पूर्णिमासम्म नै मनाउने चलन छ । यो चाड नेपालमा मात्र नभएर नेपालीहरू बसेका हरेक राष्ट्रमा खुसीका साथमा मनाइन्छ । समग्रमा भन्नुपर्दा बडादसैं सबैको साझा चाड हो । दसैंको अर्को विशेष पक्ष भनेको मीठो खानु र राम्रो लगाउनु पनि हो । तर अर्काको लहलहैमा लागेर दसैंमा धेरै खर्च गर्नुहुँदैन । आफ्नो आम्दानीअनुसार खर्च गरी मितव्ययिता अपनाउनुपर्छ । तर ‘आयो दसैं ढोल बजाई गयो दसैं ऋण बोकाई’ भन्ने उखान लागू गर्नु हुँदैन ।
अहिले विश्वमै मानिसमा प्रेम, दया, मानवता र परोपकारको पवित्र भावना हराउँदै गएजस्तो छ । केवल म खाऊँ र मै लाऊँको कुभावना बढ्दै गएको छ । अब दुर्गा भवानीले–‘सबैले खान–लाउन पाउनुपर्छ अनि मानवका रूपमा सुख एवं शान्तिपूर्वक बाँच्ने अवसर पाउनुपर्छ ।’ भन्ने पवित्र भावना सबैको मनमा उत्पन्न गराइदिऊन् । 

तस्बिर–सामजिक सञ्जाल

 Image