Successfully Copied

भदौ महिनाको राशिफल

प्रतियोगितात्मक क्रियाकलापमा सफलता मिल्नेछ । योजनानुरूप सबै कुरा सम्पन्न गर्न पाउँदा मनमा सन्तोष बढ्नेछ ।

प्रीति आत्रेय ज्ञवाली
फलित ज्योतिषाचार्य
मेष
साथीहरूसित रमाइलो भेटघाट गर्ने अवसर जुट्नेछ । काम गर्ने उत्साह र जाँगर बढ्दा शरीर स्वस्थ रहनेछ । काम गर्दा अनपेक्षित बाधा आइलाग्न सक्छन् । प्राथमिकताका कामलाई बेलैमा सक्ने प्रयास गर्नुपर्नेछ । प्रतिस्पर्धात्मक कार्य गर्दा सजग रहनुपर्नेछ । काम सम्पन्न नहुन्जेल आफ्ना कुरा गोप्य राख्नु उचित हुनेछ । मौसमी स्वास्थ्य समस्याबाट बच्न खानपानमा ध्यान दिनुपर्नेछ ।
वृष
आफन्त एवं इष्टमित्रसित भेटघाट गर्ने मौका जुट्नेछ । आर्थिक एवं व्यापारिक क्षेत्रमा अपेक्षित सफलता मिल्नेछ । कुनै नयाँ ठाउँमा घुमघाम गर्ने अवसर मिल्नेछ । पारिवारिक खुसी बढ्नेछ । कतैबाट आकस्मिक उपहार प्राप्त हुनेछ । तपार्इंको चाहना बुझी काम गर्ने प्रयास हुनेछ । प्रायः सबै कामतपाईंकै निगरानीमा सम्पन्न हुनेछन् । रिस गर्ने व्यक्तिहरू आपैm तर्किन थाल्नेछन् । कसैकसैलाई आफ्नो कार्यक्षेत्रबाट सम्मान मिल्नसक्छ ।


मिथुन
बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । मनमा भएकोतनाव हटेर जानेछ । काम गर्ने जाँगर र उत्साह थपिनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सुदृढ रहनेछन् । सोचेअनुरूप काम सम्पन्न गर्न पाउँदा मनमा प्रसन्नता बढ्नेछ । सन्तानबाट अपेक्षित सुख–सन्तोष पाइनेछ । पारिवारिक खुसीका निम्ति केही खर्च हुनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ ।


कर्कट
पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । आफ्नो इच्छानुसार समय यापन गर्ने मौका मिल्नेछ । व्यक्तिगत काममा सफलता मिल्नेछ । तपाईंको इच्छा एवं सुखदुःखको ख्याल गर्दै काम गर्ने प्रयास हुनेछ । दाम्पत्य जीवन सोचेझैं सुमधुर रहनेछ । अनावश्यक खर्चको योग रहेकाले कुनै कुरामा लगानी गर्दा राम्ररी विचार गर्नुपर्नेछ । टाउको वा आँखा दुख्ने सम्भावना भएकाले झिनामसिना काम गर्दा सजग रहनुपर्ने बेला छ । आफूलाई चित्त नबुझेको कामकुराबाट तर्किनु नै राम्रो हुनेछ । परेको र मिलेको खण्डमा मनले नचाहेको कुरामा नाइँ भन्न सक्नु नै बुद्धिमानी हुनेछ ।


सिंह
सहयोगी हात पछि हट्दा भ्याइनभ्याई हुनसक्छ । विभिन्न कामले गर्दा निकै व्यस्त भइनेछ । अनपेक्षित रहँदै कामको वर्गीकरण गर्दा आफैलाई सजिलो हुनेछ । कसैकसैलाई वैदेशिक यात्राको योग पनि छ । पेट एवं मुटुका बिरामीहरूले स्वास्थ्य र खानपानमा जोड दिनुपर्ने बेला छ । बोली एवं व्यावहारिक कार्य गर्दा सजगता अपनाउनुपर्नेछ । अनावश्यक खर्चको योग रहेकाले कुनै पनि सामानको किनमेल गर्दा राम्ररी बुझ्नु अत्यावश्यक देखिन्छ । परिश्रमलाई खेर जान नदिन समय र कामको तालमेल मिलाउनुपर्नेछ । के कुरा कत्तिको उपयुक्त र जरूरी छ भन्ने विचार गरेर काम गर्दा आफैलाई सहज हुनेछ ।


कन्या
सकारात्मक सोचले गरेका काममा सफलता मिल्नेछ । प्रतिस्पर्धीबाट तर्किएर आफ्नो काममा ध्यान दिँदा हितकर हुनेछ । कसले के ग¥यो भन्नुभन्दा पनि मैले के गरें र गर्दैछु भनी सोच्दा काममा अग्रसर भइनेछ । झिनामसिना कुराको बेवास्ता गर्न सकेमा मन शान्त र सुखी रहनेछ । कुनैकुनै कुरामा मनले चाहेर पनि समय दिन पाइने छैन । आफ्नो कामका लागि केही खर्च हुनसक्छ । एक–अर्काको भावना बुझेर काम गर्न सके दाम्पत्य जीवनमा मधुरता थपिनेछ । कसैको कुरा चित्त नबुझेको खण्डमा तुरुन्त प्रतिक्रिया नगर्नु नै मनासिव रहनेछ । समय र प्राथमिकताको ख्याल गर्दै काम गर्नुपर्ने बेला छ । साथीहरूसित रमाइलो जमघट गर्ने अवसर जुट्नेछ ।


तुला
अपेक्षित रूपले सबै काममा सफलता मिल्दै जानेछ । योजनानुरूप सबै कामको कार्यान्वयन हुनेछ । कतैबाट राम्रो स्वागत–सत्कार पाइनेछ । धार्मिक कार्यप्रति आस्था बढ्नेछ । तपाईंको इच्छाको सक्दो मान राख्ने प्रयास हुनेछ । कसैकसैलाई कुनै संघसंस्थाबाट उचित सम्मान पाउने मौका मिल्नेछ । शिक्षा, न्याय, स्वास्थ्य, धार्मिक, सामाजिक आदि क्रियाकलापमा संलग्न भएकालाई सफलता मिल्नेछ । मनमा भएको चिन्ता÷डर हटेर जानेछ । कहिलेकाहीँ रामै्र हिसाबले बोलेका कुरामा पनि अपजस पाइनसक्छ । सकेसम्म सीमित बोलीमै काम सक्ने प्रयास गर्नुहोला ।


वृश्चिक
कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । रोकिएको काम पनि द्रुतगतिमा अघि बढ्दै जानेछ । शिक्षा÷रोजगारीका क्षेत्रमा अपेक्षित सफलता प्राप्त हुनेछ । माइती÷मावलीबाट विशेष सहयोग प्राप्त हुनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । व्यक्तिगत कामकालागि समय छुट्याइनेछ । मान्यजन एवं इष्टमित्रसित भेटघाट गर्ने मौका जुट्नेछ । नयाँ साथीहरूसित मित्रता गाँस्ने अवसर मिल्नेछ । धार्मिक क्रियाकलापका क्षेत्रमा आफैलाई सम्बद्ध गराइनेछ । आर्थिक क्रियाकलापका काममा पनि अपेक्षित सफलता मिल्नेछ ।


धनु
पारिवारिक वातावरण सुखमय रहनेछ । आर्थिक क्रियाकलापका क्षेत्रमा सफलता मिल्नेछ । नयाँ साथीसित मित्रता गाँस्ने अवसर मिल्नेछ । घर–माइतका दिदीबहिनीहरूसित राम्रो समय बिताउने मौका मिल्नेछ । कुनै नयाँ काममा लगानी गर्दा राम्ररी सोचविचार गर्नुपर्नेछ । आर्थिक खर्च बढी हुने योग छ । अत्यावश्यक सामग्रीमा मात्र खर्च गर्नु बुद्धिमानी हुनेछ । कसैसित बढी घनिष्ट नहुनु नै राम्रो हुनेछ । कसैको दबाबमा कुनै काम नगर्नु नै राम्रो हुनेछ । परेको खण्डमा कामका बेलामा नाइँ नास्ती पनि गर्नसक्नुपर्नेछ । आफ्ना हिताहितको ख्याल आफैले गर्नुपर्नेछ ।


मकर
काम गर्ने उत्साह एवं जाँगर बढ्दा शरीर स्वस्थ रहनेछ । समयानुसार सबै कुरासम्पन्न हुँदै जानेछन् । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सुदृढ रहनेछन् । नयाँ रोजगारीको सम्भावना छ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । काम गर्दा कहिलेकाहीँ अलमल भएपनि आफ्नै सुझबुझले समस्याको समाधान हुनेछ । मनमा भएको बोझ र पीडा हटेर जानेछ । सन्तानबाट सुख–सन्तोष पाइनेछ । कुनै विशेष कामकालागि कतैबाट प्रस्ताव आउनसक्छ । प्रतियोगितात्मक क्रियाकलापमा सफलता मिल्नेछ । योजनानुरूप सबै कुरा सम्पन्न गर्न पाउँदा मनमा सन्तोष बढ्नेछ ।


कुम्भ
कामको जिम्मेवारीले व्यस्त गराउनेछ । मन लागे वा नलागे पनि बाध्यताले काम गर्नैपर्ने हुन्छ । कसैकसैलाई कुनै कामविशेषले यात्रा गर्नुपर्नेछ । पेट एवं रक्तचापका बिरामीहरूले आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्नेछ । प्रतिस्पर्धीहरूसित कुरा गर्दा आफ्नो गोपनीयतामा अडिग रहनुपर्नेछ । काम गर्दा अपजस पाइनसक्ने भएकाले आफ्नो कार्यक्षेत्रमा सक्रिय रहनुपर्ने बेला छ । के कुरा आफू अनुकूल छ, त्यसको ख्याल गर्दै काम गर्दा अनावश्यक चिन्ता हटेर जानेछ । राम्रै हिसाबले बोलेको कुरामा पनि खोट देखिनसक्छ । सकेसम्म कम बोल्नु नै उपयुक्त हुनेछ । आफूसँग असम्बन्धित कुराबाट तर्किनु नै लाभप्रद रहनेछ । अनपेक्षित रहँदै आफ्नो काम आफैं गर्दा मन शान्त र सुखी रहनेछ ।


मीन
आफ्नो कार्यक्षेत्रमा उन्नति÷प्रगति गर्ने अवसर मिल्नेछ । कुनै विशेष कार्यमा सफलता मिल्नेछ । मनमा भएको तनाव हट्न जाँदा नयाँ खुसी आउनेछ । रिस गर्नेहरू आफै तर्किएर हिँड्न थाल्नेछन् । दाम्पत्य जीवन सुमधुर रहनेछ । प्रतिस्पर्धात्मक कार्यमा विजय प्राप्त हुनेछ । मान्यजन इष्टमित्रसँग भेटघाट गर्ने संयोग जुर्नेछ । आर्थिक पक्ष सुदृढ हुँदै जानेछ । सन्तानबाट सुख एवं सन्तोष मिल्नेछ । नयाँ एवं पुराना साथीहरूसित भेटघाट गर्ने अवसर जुट्नेछ । तपाईंको कामकुराको चर्चा हुनेछ । आफ्नो उपलब्धि र सफलताले गर्दा मन खुसी रहनेछ । 

 Image