Successfully Copied

मिटरब्याजीको दुःख

मिटरब्याजी साहूबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिम कञ्चनपुरदेखि पैदल हिँडेर २३औं दिन उपत्यका प्रवेश गरेका मिटर ब्याज पीडितहरूको न्याय मार्च ४२ औं दिन पुग्दासम्म पनि जारी छ । अधिकांश पीडित महिला छन् ।


मिटरब्याजी साहूबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिम कञ्चनपुरदेखि पैदल हिँडेर २३औं दिन उपत्यका प्रवेश गरेका मिटर ब्याज पीडितहरूको न्याय मार्च ४२ औं दिन पुग्दासम्म पनि जारी छ । अधिकांश पीडित महिला छन् । न्यायको पर्खाइमा पीडितहरू कहिले सिंहदरबार त कहिले बालुवाटार मार्च गरिरहेका छन् । आफ्नो आवाज सुनाउन कहिले सिठी जुलुस, कहिले खाली खुट्टामार्‍याली गरेर फाटेका जुत्तामा आफ्नो अवस्था देखाइरहेका छन् । न्यायको खोजीमा हिँडिरहेका उनीहरूका आँखाबाट आँसुकाधारा बगिरहेका छन् । काठमाडौंको मौसमका कारण बिरामी पनि परिरहेका छन् । पीडितहरूले सरकारलाई भन्नुपर्ने, सुनाउनुपर्ने र देखाउनुपर्ने सबै भनिसके, सुनाइसके र देखाइसके । तर सरकार सुन्न तयार छैन ।

सरकार छ भन्नलाई खाली वार्ता गरेजस्तो गरेर झारा मात्र टारिरहेको छ । तर सरकारलाई पीडितका बारेमा खासै चासो छैन । सरकार केवल गठबन्धन परिवर्तन गर्दै सत्ता जोगाउने खेल खेलिरहेको छ । पीडितहरू हामीसँग प्रश्न गर्छन्’तपाईंहरू फोटो मात्र खिच्नुहुन्छ ? हामीलाई कहिले न्याय मिल्छ ? भनिदिनुपर्‍यो ।’

न्याय मार्चका क्रममा पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई, झलनाथ खनाल र नागरिक समाजले ऐक्यबद्धता देखाए पनि सरकारबाट अहिलेसम्म कुनै ठोस प्रतिबद्धता आएको छैन । पीडितहरू शारीरिक रूपमा केही कमजोर भए पनि मानसिक रूपमाकमजोर भएका छैनन् । जसरी भए पनि न्याय पाएरै छाड्ने उनीहरूको अडान छ ।
शब्द तथा तस्बिर ः अंगद ढकाल

 Image