Successfully Copied

एभनलाई अन्तर्राष्ट्रिय बजारमा फैलाउन चाहने सदीक्षा

२५ वर्षीया सदीक्षाको परिवार नै व्यवसायमा लागेकाले उनलाई व्यवसाय सुरु गर्न सजिलो थियो । उनलाई साथीहरूले पनि सहयोग गरे । ‘एभन इन्टरप्राइजेज प्रा.लि.’ नामको कम्पनी दर्ता गराइन् ।

ब्यागकी सौखिन सदीक्षा हाडालाई नयाँ–नयाँ ब्याग बोक्न मनपर्छ । उनीसँग ब्यागको धेरै कलेक्सन छ । यही रुचिलाई उनले व्यवसायमा परिणत गरेकी हुन् । सदीक्षाले अहिले विभिन्न डिजाइनका छालाका ब्याग बनाउँछिन् ।
‘बजारमा राम्रा–राम्रा डिजाइनका ब्याग देख्दा मलाई पनि ब्याग बनाउन सक्छु जस्तो लाग्यो’ उनी भन्छिन्, ‘लकडाउनका बेला अनलाइन बजारको रिसर्च गरें ।’ लकडाउन खुलेपछि उनले बजारमा कच्चापदार्थ पाउने ठाउँ र त्यसको गुणस्तरका बारेमा बुझिन् ।

२५ वर्षीया सदीक्षाको परिवार नै व्यवसायमा लागेकाले उनलाई व्यवसाय सुरु गर्न सजिलो थियो । उनलाई साथीहरूले पनि सहयोग गरे । ‘एभन इन्टरप्राइजेज प्रा.लि.’ नामको कम्पनी दर्ता गराइन् । सात लाख रुपैंयाँमा उनले व्यवसाय सुरु गरिन् । बिक्रीका लागि उनले इन्स्ट्राग्राम र फेसबुक ‘एभन लेदर्स’ नामको पेज सुरु गरिन् । सुरुमा २० वटा डिजाइनका ५० वटा पिस राखेर उनले बिक्री सुरु गरिन् । उनी भन्छिन्, ‘सुरुमा त आफन्त र साथीहरूले नै किनिदिए । बिस्तारै ग्राहक बढ्दै गए । मैले सोचेभन्दा राम्रो भयो ।’
उनलाई एभन लेदर्स ब्रान्ड अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने चाहना छ । कम्पनीको सम्पूर्ण काम उनले नै सम्हालेकी छिन् । उनले हालसम्म १६ जनालाई रोजगारी दिएकी छिन् । उनले महिलाले दैनिक बोक्न मिल्ने ब्याग, साइड ब्याग, टोट ब्याग, पार्टी ब्याग, वालेटसहित पुरुषहरूले बोक्ने वालेट बनाउँछिन् । वालेटको मूल्य न्यूनतम एकहजार ८ सय ५० देखि सुरु हुन्छ भने ब्यागको तीन हजारसम्म पर्छ ।
एभन लेदर्स ब्याग कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालबाट अर्डर गर्न सकिन्छ । कम्पनीको कार्यालय कोटेश्वरमा छ । सदीक्षाको छिट्टै स्टोर खोल्ने योजना छ । 

 Image