Successfully Copied

धपक्क लुम्बिनी

पछिल्लो समय यहाँ अर्को आकर्षण थपिएको छ–मनमोहक साँझ । साँँझ छिप्पिँदै जाँदा लुम्बिनी चम्किन थाल्छ । जति समय घर्कंदै जान्छ, लुम्बिनी धपक्कै बल्छ ।


समथर हरिया फाँट । ढुंगा छापेर बनाइएको स्निग्ध बाटो । दुई आ“खाले सबैलाई नियालिरहेका प्रतिमा । हावाको बहावसँगै जलकुण्डहरूमा तरंगित निर्मल पानी । सँगसँगै फरफराइरहेको रंगीबिरंगी लुङदा । मधुर स्वरमा गुञ्जायमान पवित्रवाणी । ऋतुअनुसारका फूलको सुगन्धित वातावरण । त्यसमाथि रातो र गेरुवा वस्त्र लगाई शान्ति पाठ गरिरहेका शान्तिका अनुयायी । हामी कहाँ छौं ? अनुमान हुन्छ–लुम्बिनीको आँगन ।
शान्तिकामी बुद्धका अनुयायीको पहिलो रोजाइमा पर्छ–लुुम्बिनी । लुम्बिनीमा स्वदेश र विदेशबाट शान्तिको सन्देश र प्रेरणा लिन आउनेको ओइरो नै लाग्छ । यहाँ मायादेवी मन्दिर र अशोक स्तम्भ मात्र छैनन्, विविधायुक्त बौद्ध संस्कृतिको सानो संसार नै छ । अर्थात् यो ठाउँ मिनी बौद्ध वल्र्ड हो ।


पछिल्लो समय यहाँ अर्को आकर्षण थपिएको छ–मनमोहक साँझ । साँँझ छिप्पिँदै जाँदा लुम्बिनी चम्किन थाल्छ । जति समय घर्कंदै जान्छ, लुम्बिनी धपक्कै बल्छ । मायादेवी मन्दिरमा साँझ बालिने बत्तीले उत्तिकै मनमोहकता थप्छ । मन्दिरको चारैतिर बालिने रंगीचंगी बत्तीको प्रतिबिम्ब नजिकैको पवित्र पुष्करणी पोखरीमा देख्दा उस्तै रोमाञ्चकता थपिन्छ । यही मन्द प्रकाशका बीच मन्दिर वरिपरि भिक्षु–भिक्षुणीले गर्ने परित्राण पाठको गुञ्जायमानले हिँडिरहेका मान्छेको पनि ध्यान उत्तिकै तान्छ ।


पोखरीको डिलमा एउटा बत्ती बाल्दै शान्तिप्रति समर्पित हुँदै बुद्धम् शरणम् गच्छामिको धुन गुञ्जायमान हुँदाको माहोलले शान्ति, सद्भाव, करुणा र मैत्रीभाव सबैमा उत्प्रेरित गरेको थियो ।
मन्दिर र वरिपरि क्यान्डल लाइट, दियो र बत्ती बालेपछि लुम्बिनी धपक्क बलेको थियो । बत्ती बालेपछि मन्दिर, अशोक स्तम्भ र पवित्र पुष्करणी पोखरी निकै आकर्षक भएका थिए । मन्दिर र पुष्करणी पोखरीमा मधुरो प्रकाशसँगै बलेको बत्तीले वातावरणलाई मनमोहक बनाएको थियो । दीपको उज्यालोले सबैलाई उल्लास थपेको थियो । सन्ध्याकालीनरंगीचंगी प्रकाश, हरियाली वातावरण र मधुर प्रकाशले सबै लोभिएका थिए । त्यहाँ पुग्ने सबै मन्त्रमुग्ध र शान्तिप्रति समर्पित हुने गरेका छन् ।


त्यस्तै, बेबी बुद्धदेखि मायादेवी मन्दिरसम्म बल्ने साँझका बत्तीले पनि उस्तै आकर्षण थप्छन् । गार्डेन र सोलार बत्तीले पनि लुम्बिनीलाई मनमोहक बनाएका छन् । माया देवी मन्दिर र
नजिकैको पुष्करणी पोखरी पनि हरेक दिन दीपावलीजस्तै देखिन्छ । अझ अखण्ड शान्तिदीपतिरबाट साँझ देखिने केन्द्रीय नहरको मनमोहक वातावरणले सुनमा सुगन्ध थप्छ ।

शब्द तस्बीर - मनोज पौडेल

 Image