Successfully Copied

पौरखले बने धनाढ्य

हरेक क्षेत्रमा महिलाले दक्षता, योग्यता र क्षमताले आफ्नो गर्विलो उपस्थिति दर्ज गराइरहेका छन् । व्यापार, विज्ञान, प्रविधि, शिक्षा, पत्रकारितालगायतका क्षेत्रमा उनीहरू शीर्ष पदमा पुगेका छन् ।

दिनेश यादव

हरेक क्षेत्रमा महिलाले दक्षता, योग्यता र क्षमताले आफ्नो गर्विलो उपस्थिति दर्ज गराइरहेका छन् । व्यापार, विज्ञान, प्रविधि, शिक्षा, पत्रकारितालगायतका क्षेत्रमा उनीहरू शीर्ष पदमा पुगेका छन् ।
सफलतापूर्वक आफ्नो नेतृत्वदायी भूमिका पनि निर्वाह गरिरहेका छन् । पछिल्ला केही वर्षयता थुप्रै महिला आ–आफ्नो कार्यक्षेत्रमा सफल र सशक्त देखिन्छन् । एउटा भनाइ छ–सफल महिला आ भित्री चाहना शक्तिको उपयोग गरी स्वयंका लागि अनेकौं सम्भावनाको निर्माण गर्छन् । ना चुनौतीहरूको सामना र व्यवस्थापनमा यो चाहे घरमा होस् वा कार्यालयमा । महिलाहरू आ बडो सावधानी र सफलतापूर्वक गर्न माहिर हुन्छन् । जीवन पथमा खुसीसँगै उनीहरू सदैव सक्रियताका साथ अग्रसर हुने गरेको पाइन्छ । काम गराइ र मेहनतले महिलाहरूलाई ‘मल्टीटास्कर’ बनाइदिएको छ । उनीहरूमा एकसाथ कयौं काम गर्न सक्ने प्राकृतिक गुण भएकै कारण यो सम्भव भएको हो । यसो त, यो ‘मल्टी टास्किङ’ भनेजस्तो सजिलो काम पक्कै होइन । यसका लागि कडा परिश्रम, एकाग्रता, सीप र कुशलताको आवश्यक पर्छ ।

यसो त, सफल हुनुमात्रै सबैथोक होइन, सफलतालाई दीर्घकालीन बनाउनु उत्तिकै महत्वपूर्ण छ । गजबको खुबीका साथ विभिन्न काम एकैसाथ गर्ने कार्यकौशलताले नै थुप्रै महिला नै बलबुतो, परि सफलताको शिखर चुम्न सफल भएका छन् । यो आलेख आश्रम र लगनशीलताले धनाढ्य बन्न सफल केही अमेरिकी अर्बपति महिलाको विषयवस्तुमा केन्द्रित छ । ‘फोब्र्स’ पत्रिकाले अमेरिकामा सबैभन्दा धनाढ्य ‘सेल्फ–मेड १ सय’ महिलाको नवांै वार्षिक सूची हालै जारी गरेको छ । सूचीमा सफल महिला उद्यमी, प्रमुख कार्यकारी अधिकृत र मनोरञ्जन क्षेत्रमा सक्रियहरू बढी परेका छन् । निर्माण सामग्री कम्पनी ‘एबीसी सप्लाइ’ की अध्यक्ष डियान हेन्ड्रिक अघिल्लो वर्षको १२ दशमलव दुई अर्ब डलरको तुलनामा १५ अर्ब अमेरिकी डलरको उच्च रेकर्डका साथ लगातार छैठौं पटक यो सूचीको शीर्ष स्थानमा छिन् ।


‘फोब्र्स’ का सहायक प्रबन्ध सम्पादक केरी ए डोलनका अनुसार सूचीमा परेका सबै महिला आ–आफ्नै पौरख, कडा परिश्रमपछि नो आम्दानीको सफलता प्राप्त गरेको प्रमाण हो । ‘हामीले प्रत्येक वर्ष महिलारूले आ नो प्रभाव र शक्ति बढाउँदै लगेको हेर्दै आएका छौं’ उनले भने, रेकर्ड तोडेको, आ ‘साथै विभिन्न उद्योगहरू संचालन गरी प्रशस्त आम्दानीका साथ पहिलो पटक थुप्रै महिला यो सूचीमा परेका छन् ।’ यो वर्षको सूचीमा अघिल्लो वर्षकै ‘¥याकिङ’ पछ्याउनेहरूमा २४ अर्बपति महिलाहरू परेका छन् । तिनीहरूमा ‘रियालिटी टिभी स्टार’ तथा उद्यमी किम करदासियन, पण्डा एक्सप्रेस रेस्टुरेन्ट शृंखलाका सहसंस्थापक पेग्गी चेरंग र ‘टक–शो’ संचालिका तथा निर्माता ओप्रा विन्फ्रे समावेश छन् । यो सूचीमा प्याकेजिङ आपूर्ति कम्पनी ‘उलाइ’ की अध्यक्ष एलिजाबेथ उइहलेन (९ औं स्थान ), हेल्थकेयर स्टाफिङ कम्पनी ‘इन्क्रिडिवल हेल्थकी प्रमुख कार्यकारी अधिकृत इमान अबुजेइड (७७ औं स्थान) र एबीसी हिट्स ग्रेज एनाटोमी एन्ड स्क्यान्डल र नेटफ्लिक्स हिट ब्रिजरटनका निर्माता शोन्डा राइम्स (९६ औं स्थान) सहित आठ जनाले प्रवेश गरेका छन् ।

समग्रमा, सूचीमा परेका एक सय महिलाको कुल सम्पत्ति १२४ अर्ब अमेरिकी डलर हो, जुन उच्च रेकर्ड पनि हो । अघिल्लो वर्षको तुलनामा अमेरिकी धनाढ्य महिलाको सम्पत्ति १२ प्रतिशतले बढेको छ । सूचीमा परेकाहरूले स्वास्थ्य सेवा, मनोरञ्जन, वित्तीय सेवा र प्रविधिसहित उद्योगहरूमा आ–आ करियर निर्माण गरी त्यसलाई फराकिलो बनाउँदै धनार्जन गरेका हुन् । ‘एआई’ ले नो प्रभाव छाडेकै छ,, यसको विरुद्ध ‘सेमि कन्डक्डटर’ कम्पनी ‘एएमडी’ पहिलेदेखि नै आ प्रमुख कार्यकारी अधिकृत लिसा सु जो ‘एनभिडिया’ विरुद्ध आउँदै गरेको ‘एआई’ क्रान्तिमा लड्नका लागि तयारी गर्दैैछिन् । उनको कम्पनीको सम्पत्ति वृद्धि त्यसको प्रमाण ने कोलर, जो एकजना कम्प्युटर वैज्ञानिक हुन्, । यसैगरी, ‘इनसिट्रो’ सिइओ ड्या उनको ‘साउथ सन फ्रान्सिस्को’ कम्पनीले छिटोभन्दा छिटो बढी औषधि उत्पादन गर्ने मेसिन आविष्कार गरी त्यसको प्रयोग गर्दैछ । यसले कम्पनीको आम्दानी ह्वात्तै बढेको छ ।

अमेरिकाको मोन्डोभी विस्कान्सिनमा जन्मेकी र ओसेओमा हुर्केकी हेन्ड्रिक्स एक जना दुग्ध उत्पादन पेसामा लागेका किसानकी छोरी हुन् । कम उमेरमै प्रणयसूत्रमा बाँधिएकी उनले १७ वर्षमै पहिलो सन्तान पाइन् । एकताका उनी आफ्नो खर्च टार्न ‘प्लेब्वाई बन्नी’ का रूपमा समेत काम गरिन् । पहिलो पतिबाट पारपाचुके लिएकी उनी हाल एकल महिलाका रूपमा जीवन बिताइरहेकी छन् । ‘फोब्र्स’ का अनुसार ७६ वर्षीया हेन्ड्रिक्सको कुल सम्पत्ति १५ अर्ब अमेरिकी डलर रहेको छ । यो नै पौरख, संघर्ष र परिसम्पत्ति उनले आश्रमबाट आर्जेकी हुन् । उनको कम्पनी अमेरिकामा विशाल थोक वितरकमध्येको एक हो । कम्पनीले अमेरिकामा भवनका छत निर्माण सामग्री, ब्लक, झ्याल आदि आपूर्ति गर्छ । सन् १९८२ मा विस्कान्सिनको बेलोइटमा ना पतिसँग मिलेर यो व्यवसाय स्थापना गरेकी थिइन् । सन् २०१७ मा पतिको असामयिक निधन भएपछि त्यसको अध्यक्ष बनिन् । उनकै नेतृत्वमा रहेको कम्पनी अमेरिकामा एउटा अब्बल निर्माण सामग्री वितरक बन्न सफल छ । यसले उनको आम्दानी पनि बढेकै छ । यो आम्दानीकै कारण उनी अमेरिकामा ‘सेल्फमेड बिलियनेर्स वुमन’ सूचीमा सबैभन्दा माथि छिन् । कम्पनीका नौ सयभन्दा बढी शाखा अमेरिकाभरि संचालनमा छन् ।

यसैगरी, अमेरिकाको क्यालिफोर्नियामा ४२ वर्षअघि जन्मिएकी किम करदासियन अमेरिकी मिडिया व्यक्तित्व, महिला व्यवसायी, चर्चित मोडेल र अभिनेतृ हुन् । यी पेसाहरूमा सक्रियतास“गै पछिल्लो समय उनको सम्पत्तिको स्रोत सेपवेयर, स्किनकेयर बन्न पुगेको छ । ‘फोब्र्स’ का अनुसार उनको कुल सम्पत्ति १.२ अर्ब अमेरिकी डलर रहेको छ । यो वर्ष पत्रिकाले जारी गरेको ‘सेल्फ मेड’ अमेरिकी अर्बपति महिलाको सूचीमा उनी २१ औं स्थानमा छिन् । पतिसँग पारपाचुके गरेकी उनी चार सन्तानलाई हुर्काउँदै आ परिश्रमबाट सम्पत्ति जोड्न सफल भएकी छन् । उनी अमेरिकाको फौजदारी कानुनमा सुधार, बन्दुकबाट सुरक्षा तथा क्यान्सरका कारणहरूका लागि वकालत गर्दै आएकी छन् ।

त्यस्तै, बर्मामा जन्मिएर अमेरिका बसाइ सरेकी पेग्गी चेरंग अमेरिकामा चिनियाँ फास्टफुड चेन कम्पनी ‘पन्डा एक्सप्रेस’ की सह–संस्थापक ना पतिले लस एन्जलसमा रहेको दोस्रो सह–सिईओ हुन् । उनले आूलो मलमा ‘पण्डा नो इन्जिनियरिङ करियर छाडिन् । उनकै अथक एक्सप्रेस खोल्न सघाउन आ श्रम र सहयोगले अमेरिकाको २३ सयभन्दा बढी ठाउ“मा फास्टफुड चेन संचालनमा छन् । ‘फोब्र्स’ का अनुसार उनको कुल सम्पत्ति तीन दशमलव तीन अर्ब अमेरिकी डलर छ । नेभाडास्थित लस भेगासमा बसोबास गर्ने ७५ वर्षीया पेग्गी फोब्र्सको अमेरिकी सेल्फमेड महिलाको सूचीमा १० औं स्थानमा छिन् ।

 Image