हाउस अफ फेसन नेपालले आयोजना गरेको ‘इन भोग–९’को विजेता प्रमिस कोइराला र दिपिका थापा मगर भएका छन् । काठमाडौं स्थित होटल अन्नपुर्णमा सम्पन्न भएको उक्त कार्यक्रममा ५० जना मोडलहरु सहभागी भएका थिए । योद्धिस न्यौपाने र ज्योती खड्का फस्ट रनअरप, सुयोग श्रेष्ठ र लोसिना शाक्य सेकेन्ड रनअरप भएका छन् ।
आइइसी कलेज अफ आर्ट एण्ड फेशनको ‘आइइसी रेड डे–२०१९’ सम्पन्न भएको छ । आइइसी कलेजले हरेक बर्ष आयोजना गर्ने यस रनवे कार्यक्रममा विद्यार्थीहरुले पृथक शैलीमा राता रंगका पहिरन शोकेश गर्ने गर्दछन् ।