Successfully Copied

प्रीति आत्रेय ज्ञवाली, फलित ज्योतिषाचार्य

मेष
सोचेअनुरूप सफलता मिल्दै जानेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । आफ्नो कार्यक्षेत्रबाट सम्मान प्राप्त गर्ने अवसर मिल्नेछ । कुनै विशेष सामग्रीको किनमेल हुनेछ । प्रायः सबै कार्य तपाईंकै प्रभुत्वमा सम्पत्र हुनेछन् । कुनै काममा सफल हुन अलिक बढी नै खट्नुपर्नेछ । टाउको र आँखा दुख्ने सम्भावना भएकाले झिनामसिना काम गर्दा ख्याल गर्नुपर्नेछ । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनपेक्षित रहँदै काम गर्ने प्रयास गर्नुपर्नेछ ।

वृष
काम गर्दा विभित्र माध्यमबाट सहयोग प्राप्त हुनेछ । सबैले तपाईंको भावना बुझी काम गर्ने प्रयास गर्नेछन् । कुनै कामको सिलसिलामा कतैको आवागमन हुनसक्छ । व्यक्तिगत खुसीका निमित्त कुनै सामग्रीको किनमेल हुनेछ । दाम्पत्य जीवनबाटसुख एवं सन्तोष मिल्नेछ । समय तपाईंकै अनुकूल रहनेछ । प्रायः सबै कुरा तपाईंकै निर्देशन र चाहनाअनुरूप सम्पत्र हुनेछन् ।

मिथुन
पारिवारिक वातावरण सुखमय रहनेछ । कतै घुमघाम गर्ने मौका जुर्नेछ । तपाईंको बोलीको प्रभाव बढ्नेछ । प्रायः सबै कुरा तपाईंकै इच्छा र निर्देशनमा भर पर्नेछन् । दाम्पत्य जीवनमासद्भाव र समझदारी कायम रहनेछ । कुनै खास कामकालागि केही किनमेल हुनेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । सकारात्मक सोचका साथ अघि बढे सबै काम सहजरूपले सम्पत्र हुनेछन् ।

कर्कट
समग्रमा महिना अनुकूल रहनेछ । कुनै विशेष काममा सफलता मिल्नेछ । कुनै शुभ काममा सहभागी हुनुपर्नेछ । समस्याको समाधान हुनुका साथै मनको तनाव पनि हटेर जानेछ । कामगर्ने जाँगर बढ्दा शरीर स्वस्थ रहनेछ । माइतीपक्षसित रमाइलो भेटघाट हुनेछ । कतैबाट आकस्मिक उपहार प्राप्त हुन सक्छ । कुनै प्रतिस्पर्धात्मक काममा तपाईंको छनोट हुनसक्छ ।

सिंह
कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । सबै कुराहरू समयानुसार मिल्दै जानेछन् । मनतनावरहित हुँदा तन पनि स्वस्थरहनेछ । कुनै प्रतिस्पर्धात्मक क्रियाकलापमा छनोट हुने प्रबल सम्भवना छ । कसैकसैलाई नवीन रोजगारी प्राप्त गर्ने योग छ । साथीहरूसित कतै घुमघाम वा भेटघाट गर्ने कार्यक्रम बत्रसक्छ । व्यक्तिगत कार्यकालागि केही किनमेल हुनेछ । काम गर्दा आकस्मिक बाधा आउनसक्ने हुँदा काम पूरा नहुन्जेल सतर्कता अपनाउनुपर्नेछ ।

कन्या
विभित्र कुराको जिम्मेवारीले गर्दा व्यस्त रहनुपर्नेछ । आफ्नो कार्यक्षेत्रबाट उचित सम्मान एवं कदर पाइनेछ । तपाईंको बोली एवं कार्यदक्षताको राम्रो मूल्यांकन हुनेछ । व्यावसायिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । व्यक्तिगत कार्यकालागि केही किनमेल हुनेछ । कुनै कुराले मनमा प्रसत्रता छाउनेछ । प्रायः सबै कुरा निर्धारित समयमै पूरा हुँदै जानेछन् । कुनै काम गर्दा अलमल भए पनि तपाईंको सुझबुझले स्वतः पार लाग्नेछ । समय तपाईंकै अनुकूल रहनेछ ।

तुला
धार्मिक काममा सहभागी हुने अवसर मिल्नेछ । कुनै महत्वपूर्ण कुराको निर्णय लिनुपर्नेछ । आर्थिक पक्ष सुदृढ भए पनि खर्च पनि भैराख्नेछ । दाम्पत्य जीवनमा समझदारी हुँदाहुँदै पनि बेलाबेलामा ठाकठुक पर्नसक्छ । कुनै खास कामका लागि केही खर्च गर्नुपर्ने हुनसक्छ । कुनै कुराले मनमा दोधारको स्थिति सिर्जना हुनेछ । लेनदेनको काम गर्दा भने सजग रहनुपर्ने बेला छ । कुनै कुरामा अनपेक्षित लाभ मिल्नसक्छ । अरूले गरेको कामकुरा चित्त नबुझ्नसक्छ । प्रतिकार गर्दा विवाद हुनसक्छ, तसर्थ सकेसम्म मौन रहँदै आपैm काम गर्ने प्रयास गर्नुपर्नेछ ।

वृश्चिक
आफ्नो कार्यक्षेत्रमा उत्रति तथा प्रगति हुनेछ । गरेको कार्यमा अपेक्षित सफलता मिल्नेछ । कतैबाट कुनै विशेष कामका लागि तपाईंको छनोट हुनसक्छ । प्रतिस्पर्धात्मक क्रियाकलापमा तपाईंको विजय हुनेछ । कुनै कामविशेषले कतैको यात्रा गर्नुपर्ने हुनसक्छ । विभित्र व्यक्तित्वसित भेटघाट एवं चिनजान गर्ने मौका मिल्नेछ । कसैकसैलाई भने भाउजू–बुहारी भित्राउने अवसर मिल्नेछ । सन्तानबाट अपेक्षित सुख–सन्तोष प्राप्त हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ ।

धनु
मनमा भएको तनाव हटेर जानेछ । काम गर्ने पराक्रम बढ्नेछ । साथै शरीर पनि स्वस्थ रहनेछ । कुनै कारणले रोकिएको काम अघि बढ्न थाल्नेछ । सन्तानप्रतिको जिम्मेवारी बढ्नेछ । नयाँ रोजगारी प्राप्त गर्ने सम्भावना छ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । योग्यताका आधारमा कतैबाट कुनै कामको प्रस्ताव आउनसक्छ । शान्त भएर सोचविचार गरी काम गर्नुपर्ने बेला छ । आफ्नो साथसाथै जोडीको भावनाको पनि ख्याल गर्दै काम गर्दा दाम्पत्य जीवन सुखमय रहनेछ ।

मकर
विभित्र काम र जिम्मेवारीमा व्यस्त भइनेछ । सानोतिनो काममा पनि आफै खटिनुपर्नेछ । परिवार एवं इष्टमित्रमा कसैको विवाह हुनसक्छ । कसैकसैलाई नयाँ सदस्यको स्वागत गर्ने मौका मिल्नेछ । काम गर्दा प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ । कतैकतै अपजस पनि खप्नुपर्ने हुनसक्छ । कसैले रिसले तपाइलाई उक्साउने प्रयास गरेपनि आफैले आफुलाइ सम्हाल्नुपर्नेछ । जतिसुकै बाधा, ठक्कर खानुपरे पनि समस्याको हल भने मिल्ने नै छ । शान्त र धैर्यपूर्वक काममा लागिपरे अवश्य सफल भइनेछ ।

कुम्भ
विभित्र खालका कार्यक्रममा सहभागी हुनुपर्नेछ । सबै कुरा सुनियोजित ढङ्गले पूरा हुँदै जानेछन् । मन उत्साहित हुनुका साथै तन पनि जाँगरिलो हुनेछ । मित्रवर्गसित रमाइलो भेटघाट हुनेछ । रिस गर्ने व्यक्तिहरू तपाईंको प्रशंसा गर्न थाल्नेछन् । आफ्नो कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ । सन्तानबाट सुख–सन्तोष प्राप्त हुनेछ । कुनै कामको जिम्मेवारी आइलाग्नसक्छ । आफ्नो अनुकूल हेरेर कामको निर्णय गर्नुपर्नेछ । घरायसी व्यवहार गर्दा पनि बोली–बचन र काममा ध्यान दिनुपर्नेछ ।

मीन
काम गर्ने उत्साह र जाँगर बढ्नेछ । मनमा कुनै नवीन कार्य गर्ने विचार आउनेछ । साथीहरूसित कतै रमाइलो जमघट हुनसक्छ । कुनै नयाँ पदमा नाम सिफारिस हुनसक्छ । कसैकसैलाई नवीन रोजगारी प्राप्त गर्ने सम्भावना छ । आर्थिक क्रियाकलापमा सफलता मिल्नेछ । कुनै कामविशेषले यात्रा गर्नुपर्ने हुनसक्छ । गर्भवती महिलाहरूले स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्नेछ । अनावश्यक डर र तनावबाट पर रहनसके मन प्रसत्र रहनेछ ।

 Image