Successfully Copied

गोपालदास पत्रकारिता पुरस्कार निर्मलालाई

प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार पत्रकार महिला निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।


प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार पत्रकार महिला निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । तीन दशकदेखि नेपाली पत्रकारिताको विविधि विधामा रही सामाजिक रुपान्तरण, लैंगिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम उठाउ“दै आएकी शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको छ ।
नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिताको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिनुभएका प्रेस काउन्सिलका पूर्व अध्यक्ष स्व. गोपालदास श्रेष्ठको योगदानलाई स्मरणीय बनाउन र उनको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो ।
२०५२ साल देखि विभिन्न मिडियामा काम गर्दै आएकी शर्मा पछिल्लो समय समकोण टिभी कार्यक्रमको उत्पादक तथा प्रस्तोता हुन् । शर्मास“ग विगत २८ वर्ष देखि निरन्तर रुपमा विभिन्न सञ्चार माध्यममा रिपोर्टर हुँदै सम्पादकीय नेतृत्वमा रहेर काम गरेको अनुभव छ ।
हाल उनी खोज पत्रकारिता केन्द्रको उपाध्यक्ष, दक्षिण एशियाली पत्रकार महिला सन्जाल (स्वाम) नेपालको अध्यक्ष र नेपाल पत्रकार महासंघको सल्लाहकार पनि छन् ।
महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समूहको दुई कार्यकाल अध्यक्ष भएको बेला देशभरिका पत्रकारितामा महिलाको संख्या बढाउन तालिम र गुणात्मक वृद्धिका लागि पनि काम गरेको अनुभव शर्माको छ । उनी महिला खबर डट कमको संस्थापक अध्यक्ष समेत छिन् । २०६२ र ६३ को जनआन्दोलनमा जनअधिकार र प्रेस स्वतन्त्रताको लागि पत्रकार महासंघको केन्द्रिय सदस्य र दक्षिण एसियाली पत्रकार संगठनको महासचिवको रुपमा भूमिका निर्वाह गरिसकेकी छिन् ।
काउन्सिलले वि.सं २०५७ सालमा पहिलोपल्ट यो पुरस्कार अग्रज पत्रकार गोविन्द वियोगीलाई प्रदान गरेको थियो । गत वर्ष यो पुरस्कार अग्रज पत्रकार हरिबहादुर थापा र त्यस अघि काउन्सिलका संस्थापक समेत रहनुभएका अग्रज पत्रकार भारतदत्त कोइरालाले प्राप्त गरेका थिए । प्रेस काउन्सिलबाट उक्त पुरस्कार पाउने शर्मा पहिलो पत्रकार महिला हुन् ।
प्रेस काउन्सिल स्थापनाको ५४ वर्ष पुगेको अवसरमा यही असोज ६ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा शर्मालाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरिने भएको छ । सोही दिन यो वर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत, सशक्त सञ्चारकर्मी, आचारसंहितासहितका पुरस्कार समेत प्रदान गरिनेछ । साथै पत्रकारितामा लामो समयदेखि योगदान पु¥याउने पत्रकारलाई सम्मान गरिनेछ ।

 Image