Successfully Copied

नेतृत्व विकासका लागि सम्पादन सीप

कार्यक्रममा संस्थापक अध्यक्ष संगीता लामाले नेपालको पत्रकारिताको अवस्था र सम्पादकीय सीपको बारेमा जानकारी दिँदै पत्रकार महिलाले आफ्नो लेखन क्षमता वृद्धि गर्नुपर्ने बताइन् ।

क्रियाशील पत्रकार महिलाले पत्रकार महिलाको नेतृत्व विकासका लागि सम्पादन सीप नामक १ दिने कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष संगीता लामाले नेपालको पत्रकारिताको अवस्था र सम्पादकीय सीपको बारेमा जानकारी दिँदै पत्रकार महिलाले आफ्नो लेखन क्षमता वृद्धि गर्नुपर्ने बताइन् । यसैगरी संस्थाकी केन्द्रीय अध्यक्ष निर्मला आचार्यले पत्रकार महिलाको छाता संस्थाको रूपमा ४८ जिल्लामा क्रियाशील पत्रकार महिलाको शाखा सक्रिय रहेको भन्दै विशुद्ध पत्रकार महिलाको क्षेत्रमा काम गर्दै जाने प्रतिवद्धता व्यक्त गरिन् । महासचिव चन्दा विष्ट, उपाध्यक्ष रामकला खड्काले पत्रकार महिला दक्ष भए संचार क्षेत्रमा राम्रो सम्भावना रहेको बताएका थिए ।


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव विजय भुर्तेलले पछिल्लो समय पत्रकार महिलामाथि अनलाइन हिंसा फैलिएको बताए । यसलाई कम गर्न समाचार कक्ष तनाव रहित हुनुपर्ने धारणा राखे । कार्यक्रममा मुख्य प्रशिक्षक अन्नपूर्णपोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीले समाचारमा प्रयोग हुने भाषा, शुद्धता, शैली तथा दोहोरो अर्थ लाग्ने कुरालाई ध्यान दिनुपर्ने बताए । उनका अनुसार समाचार पाठकले बुझ्ने छोटा मीठा सरल भाषाको हुनुुपर्छ । आमसञ्चार सबैका लागि हो भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा पनि उनले राखे । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना सम्पादक महिलाको सहभागिता रहेको थियो ।

 Image