Successfully Copied

महिला फुटबल टिमलाई युनिलिभरले २५ लाख दिने सम्झौता

नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युनिलिभर नेपालले वर्षमा २५ लाख रुपैया प्रायोजन गर्ने भएको छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युनिलिभर नेपालले वर्षमा २५ लाख रुपैया प्रायोजन गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाले युनिलिभरसँग प्रायोजनसम्बन्धी सम्झौता गरेको हो ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको उपस्थितिमा एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र युनिलिभर नेपालमा म्यानेजिङ डिरेक्टर आमलाल मुखर्जीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

युवा तथा खेलकुद मन्त्री लिम्बुले महिला फुटबल खेलको विकासका लागि युनिलिभरको प्रायोजन महत्वपूर्ण भएको बताए ।


राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले सम्झौताले फुटबल खेल्न चाहने महिला खेलाडीलाई हौसला मिलेको बताइन् ।

युनिलिभर नेपालका म्यानेजिङ डिरेक्टर आमलाल मुखर्जीले महिला खेलाडी विश्वकपमा पुग्ने लक्ष्यमा सहयोग हुने बताए।


तस्बीर -महेशमान प्रधान

 Image