Successfully Copied

एन इन्ट्रडक्सन टू टेक्सटायल केमेस्ट्री सार्वजनिक

कपडा तथा फेसन शिक्षाबारे लेखिएको पुस्तक एन इन्ट्रडक्सन टू टेक्सटायल केमेस्ट्री नामक पुस्तक सार्वजनिक गरिएको छ ।


फेसन शिक्षा प्राप्त डिजाइनको बजारमा माग बढ्दो छ । फेसनप्रति आम मानिसको झुकाव, फेसन शिक्षाको बहुआयामिकता आदि कारण यसको माग बढ्दै गएको हो । फेसन डिजाइनिङ शिक्षाको अध्ययन र अध्यापनका लागि आवश्यक पर्ने पाठ्य सामग्री अझै पनि सहज रूपमा उपलब्धहुन सकेको छैन । यही यथार्थतालाई ध्यानमा राखेर हालै मात्र कपडा तथा फेसन शिक्षाबारे लेखिएको पुस्तक एन इन्ट्रडक्सन टू टेक्सटायल केमेस्ट्री नामक पुस्तक सार्वजनिक गरिएको छ ।
टेक्सटायल केमेस्ट्री इन्जिनियर समेत रहेका नमुना कलेज अफ फेसन टेक्नोलजीमा टेक्सटाइल तथा गार्मेन्ट टेक्नोलजी मर्चेन्डाइजिङ विभागका प्रमुख राजेन्द्र सिंहद्वारा लेखिएको उक्त पुस्तक नमुना कलेजमै विमोचन गरिएको हो । पुस्तकको नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी तथा नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरले संयुक्त रूपमा विमोचन गरेका थिए । उक्त पुस्तकले नेपालमा कपडा उद्योग र फेसन शिक्षाका लागि सहयोगी भूमिका निर्वाह गर्ने आशा गरिएको छ ।

विमोचन कार्यक्रममा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष तेन्जिङ शेर्पा, निर्यात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष दुर्गाविक्रम थापा, नेपाल पश्मिना उद्योग संघका महासचिव अजयसिंह कार्की तथा वरिष्ठ इन्जिनियर एवं उद्यमी वदन न्याँछ्यों आदिले संयुक्त रूपमा विमोचन गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सन् २००२ मा स्थापना भएको नमुना कलेज फेसन डिजाइनिङमा तीन वर्षे स्नातक पढाइ प्रारम्भ गरेको पहिलो कलेज हो । सन् २०१६ देखि कलेजले ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्टअन्तर्गत चार वर्षको फेसन डिजाइनिङमा स्नातक तहमाअध्यापन गराउँदै आएको छ । 

 Image