Successfully Copied

हिसान शैक्षिक मेला (तस्बिर सहित)

‘उत्कृष्ट शिक्षा नेपालमै’ नाराका साथ उक्त मेलामा ७५ वटाभन्दा बढी शिक्षण संस्थाका स्टल राखिएका छन । एसईई उत्तीर्णदेखि स्नातक तहमा भर्ना हुने विद्यार्थी र तिनका अभिभावकसम्मलाई लक्षित गरी मेला सञ्चालन गरिएको छ ।


काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा शुक्रबारदेखि आइतबारसम्म कान्तिपुर हिसान शैक्षिक मेला सञ्चालन भएको छ  । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेशसन्स्को संयुक्त रूपमा मेला आयोजना भएको हो ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ नाराका साथ उक्त मेलामा ७५ वटाभन्दा बढी शिक्षण संस्थाका स्टल राखिएका छन । एसईई उत्तीर्णदेखि स्नातक तहमा भर्ना हुने विद्यार्थी र तिनका अभिभावकसम्मलाई लक्षित गरी मेला सञ्चालन गरिएको छ ।

विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई शिक्षण संस्था, विषय, पठनपाठन, परीक्षा पद्धति, भर्ना मापदण्ड, छात्रवृत्ति, सम्भावित शुल्कलगायतका विषयमा जानकारी दिइने आयोजकले जनाएको छ । मलामा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता देखिएको छ । मेलाको पहिलो दिन २५ हजार जनाले अवलोकन गरेको हिसानले जनाएको छ । 

 Image