Successfully Copied

जोसेफ ठकुरीको नयाँ गीत ‘कता हिँडेकी’ सार्वजनिक (भिडियो सहित)

गीतको भिडियोमा मिस पवी, मिस्टर नेपाल आइकनका विजेता विनायकराज पोखरेल, कुमार रेग्मी र सचिन गौतम लगाएतको अभिनय हेर्न सकिन्छ ।


युवा गायक जोसेफ शाही ठकुरीको कता हिँडेकी बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा कुमार रेग्मीको शब्द रचना, हरी लम्सालको संगीत र फणिन्द्र राइको संगीत संयोजन रहेको छ । गीतको ध्वनी सम्पादन सुमन खड्काले गरेका हुन् ।

गीतको भिडियोमा मिस पवी, मिस्टर नेपाल आइकनका विजेता विनायकराज पोखरेल, कुमार रेग्मी र सचिन गौतम लगायतको अभिनय हेर्न सकिन्छ । उत्तम हुमागाईँको छायाँकन र विष्णु खड्का सम्पादन रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।

‘कता हिँडेकी’ नेपाली लोक शैलीलाई आधार बनाएर तयार गरिएको आधुनिक गीत हो । अपराध अनुसन्धान महाशाखामा कार्यरत युवतीले माया गरेजस्तो गरी लागु औषध कारोबारमा संलग्न उक्त युवकलाई कानुनी दायरामा ल्याएको सन्देश भिडियोमा दिइएको छ ।

 Image