Successfully Copied


प्रीति आत्रेय ज्ञवाली, फलित ज्योतिषाचार्य

मेष

जागिरमा पदोन्नति हुने वा कुनै पद, उपाधि एवं सम्मान पाइने योग छ । व्यक्तिगत वा जागिरको कामकाजले कतैको यात्रा गर्नुपर्नेछ । मनमा उत्साह एवं तनमा जाँगर बढ्दा शरीर स्वस्थ रहनेछ । साथीहरूसित रमाइलो भेटघाट गर्ने मौका जुट्नेछ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछन् । मनमा कुनै नयाँ काम गर्ने सोच पलाउनेछ । नयाँ–नयाँ कुराहरू जान्ने उत्सुकता बढ्नेछ । कसैकसैको सरुवा वा बसाइ सराइ हुने सम्भावना पनि छ ।

वृष

कुनै नयाँ ठाउँमा घुमघाम गर्ने मौका जुट्नेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । प्रतिस्पर्धात्मक काममा तपार्इंको छनोट हुनेछ । कसैकसैलाई कुनै पद, सम्मान एवं पुरस्कार मिल्नसक्छ । जागिरमा बढुवा हुने योग पनि छ । कसैकसैको नयाँ घरमा प्रवेश हुनेछ । आँखा दुख्ने योग भएकाले झिनामसिना काम गर्दा सजग रहनुपर्नेछ । यात्रा गर्दा मालसामानको ख्याल गर्नुपर्ने बेला छ । कसैमाथि ढुक्कले आँखा चिम्लेर विश्वास गर्दा धोका हुनसक्छ ।

मिथुन

वैदेशिक यात्राको योग छ । पारिवारिक खुसीका निमित्त केही खर्च हुनेछ । सानोतिनो कुरामा पनि निकै खट्नुपर्दा धपेडी हुनसक्छ । पेट एवं मुटुका बिरामीहरूले स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । समयानुसारका प्राथमिक कुरामा मात्र जोड दिनु उपयुक्त हुनेछ । सकेसम्म आफ्नो काम आपैmले गर्ने प्रयास गर्नुपर्नेछ । दाम्पत्य जीवनमा जोडीबाट अपेक्षित सुख एवं सहयोग पाइनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । समसामयिक परिस्थितिअनुसार कुनै–कुनै कुरामा सम्झौता गर्नुपर्नेछ ।

कर्कट

पारिवारिक वातावरण सुखमय रहनेछ । व्यक्तिगत काममा सफलता मिल्नेछ । आफ्नो इच्छानुसार सबै कुरा मिल्दै जानेछन् । कसैकसैको लगनगाँठो कसिनेछ । नयाँ घर सर्ने योग पनि छ । प्रतिस्पर्धीहरूले दुःख दिने प्रयास गर्नेछन् । आफ्नो गोपनीयताको ख्याल गर्नुपर्नेछ । राम्रो समझदारी हुँदाहुँदै पनि दाम्पत्य जीवनमा मतभेद हुनसक्छ । आपूmलाई तनावमुक्त राख्न सकेमा सबै कुरामा सहजता मिल्दै जानेछ । बोली एवं व्यवहारमा सतर्कता अपनाए अनपेक्षित विवाद टर्नसक्छ ।

सिंह

धार्मिक एवं माङ्गलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । कुनै विशेष कार्यमा सफलता मिल्नेछ । कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । सवारीसाधनको जोहो हुनेछ । मनमा भएको पीडा हटेर जानेछ र मन स्वतन्त्र भै उड्न थाल्नेछ । दाम्पत्य जीवनमा माया एवं सद्भाव प्राप्त हुनेछ । कसैकसैको विवाह हुने शुभ योग छ । साथीसङ्गीसित रमाइलो जमघट हुनेछ । छोराछोरीबाट सुख–सन्तोष पाइनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ ।
कन्या


कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापमा विजयी भइनेछ । रोकिएका कामहरूले पनि गति लिन थाल्नेछन् । आर्थिक पक्ष सुदृढ रहनेछ । पारिवारिक सुख मिल्नेछ । दाम्पत्य जीवनसुमधुर रहनेछ । विभिन्न आत्मीयजन एवं मित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । योजनानुसार सबै कुरा मिल्दै जानेछन् । विभिन्नमाध्यमबाट सहयोग पाइनेछ । जुनसुकै ठाउँमा जाँदा वा यात्रा गर्दा सवारीको उचित प्रबन्ध हुनेछ । आफ्ना इच्छानुसारका काममा समय दिने प्रयास हुनेछ ।

तुला

विभिन्न कामको जिम्मेवारीले व्यस्त रहनुपर्नेछ । कुनै तनाव लिन्न भन्दाभन्दै पनि अनपेक्षित तनाव हुनसक्छ । स्वास्थ्य, खानपान र आरामको राम्रो ख्याल गर्नुपर्नेछ । काम गर्दा आकस्मिक बाधा आइरहनसक्छन् । शान्त एवं धैर्य भएर काम गर्नुपर्ने बेला छ । आर्थिक क्रियाकलापका काम गर्दा सजगता अपनाउनुपर्नेछ । महिनाको उत्तराद्र्धको समय आपूmअनुकूल बन्दै जानेछ । कुनै–कुनै काम गर्दा सम्झौता गर्नुपर्नेछ । प्रतिवाद नगरी मौन रहनसके सम्भावित विवाद टर्नसक्छ ।

वृश्चिक

कुनै विशेष काममा सफलता मिल्नेछ । कुनै सभा–सम्मेलनमा सहभागी हुने मौका मिल्नेछ । सबै कुरा योजनानुरूप सम्पन्न हुँदै जानेछन् । आर्थिक एवं व्यावसायिक पक्ष सुदृढ रहनेछन् । व्यक्तिगत कार्यकालागि केही किनमेल हुनेछ । धार्मिक स्थानमा जाने मौका मिल्नसक्छ । कुनै नयाँ काम गर्दा मन आत्तिनसक्छ । धैर्य र शान्त रहँदै काम गर्नुपर्ने बेला छ । दाम्पत्य जीवनमा समझदारी हुँदाहुँदै पनि बेला–बेलामा खटपट हुनसक्छ । स्वास्थ्य, खानपान तथा आराममा ध्यान दिनुपर्नेछ । कुनै कुराले गर्दा मनमा प्रसन्नता बढ्नेछ ।

धनु

पारिवारिक सुख–समृद्धि बढ्नेछ । कुनै नयाँ ठाउँमा घुमघाम गर्ने अवसर मिल्नेछ । कसैकसैको जागिरमा सरुवा–बढुवा हुने योग छ । कुनै नयाँ काम गर्ने अवसर मिल्नसक्छ । इष्टमित्रको विवाहमा सहभागी हुनुपर्नेछ । कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । पेट दुख्ने योग रहेकाले खानपानमा ध्यान दिनुपर्ने समय छ । के कुरा आफ्नालागि सही र उपयुक्त छ भनी आपैmंले ख्याल गर्नुपर्नेछ । कसैसित कुनै कुरामा वैचारिक मतभेद हुनेछ ।
मकर

राम्रो महिना छ ।समय आपूmअनुकूल रहँदा सबै कुरा मिल्दै जानेछन् । कुनै कारणले रोकिएको कामले पनि गति लिन थाल्नेछ । मन तनावरहित हुँदा कुनै पनिकाम गर्दा सहज र रमाइलो लाग्नेछ । काम गर्ने पराक्रम बढ्नेछ । कसैकसैको विवाहको योग छ । आफ्नो कार्यक्षेत्रमा उन्नति एवं प्रगति हुनेछ । प्रतियोगितात्मक कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । रिस गर्ने व्यक्तिहरू आफै तर्किन थाल्नेछन् ।

कुम्भ

स–साना कुराहरूले काममा अल्मल्याइरहनेछन् । प्राथमिकताका कुराको ख्याल गर्दै उम्किने प्रयास गर्नुपर्नेछ । प्रतिस्पर्धात्मक काम गर्दा गोपनीयतामा जोड दिनुपर्ला । आफ्नो काम आपैm गर्नुपर्नेछ । कसैकसैले अनावश्यक दुःख दिने प्रयास गर्नसक्छन् । आफ्नो बुद्धि–विवेकले काम सल्टाउने प्रयास हुनेछ । पारिवारिक खुसीका निमित्त कुनै–कुनै कुरामा सम्झौता गर्नुपर्नेछ । जुनसुकै काम र जिम्मेवारी भएपनि मन लगाएर गर्ने प्रयास हुनेछ । तपाईंको लगन, निडरपना र आत्मविश्वासदेखि सबै खुसी हुनेछन् ।

मीन

आफन्त एवं प्रियजनसित भेटघाट हुनेछ । आर्थिक पक्ष सुदृढ रहँदा इच्छानुसार किनमेल हुनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । माइतीपक्षसित रमाइलो गर्ने अवसर जुट्नेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । रिस गर्ने व्यक्तिहरू पनि प्रशंसा गर्न थाल्नेछन् । साथीसङ्गीसित कतै भेटघाट वा घुमघाम गर्न जाने कार्यक्रम बन्न सक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ । व्यावहारिक कार्य र कुराकानी गर्दा भने सतर्कता अपनाउनुपर्नेछ । मौसमी स्वास्थ्य समस्याबाट बच्न आफ्नो र परिवारको स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ने बेला छ ।

 Image