Successfully Copied

जसले जुन टाइटल जित्नुपर्ने त्यही नै जितेका छन्

काठमाडौंकी रोजिना श्रेष्ठ आफ्नो आत्मविश्वास, लगनशीलता, परिश्रम तथा मेहनतका कारण मिस नेपाल अर्थको उपाधि हात पार्न सफल भएको बताउँछिन् । सानैदेखि विभिन्न किसिमका इभेन्टमा सहभागी हुन रुचाउने रोजिनाले मिस एपेक्स–२०१४ को उपाधि जितेकी थिइन् । उनले आफूलाई मोडल हन्टमा समेत प्रस्तुत गरिसकेकी

रोजिना श्रेष्ठ, मिस नेपाल अर्थ

काठमाडौंकी रोजिना श्रेष्ठ आफ्नो आत्मविश्वास, लगनशीलता, परिश्रम तथा मेहनतका  कारण मिस नेपाल अर्थको उपाधि हात पार्न सफल भएको बताउँछिन् । सानैदेखि विभिन्न किसिमका इभेन्टमा सहभागी हुन रुचाउने रोजिनाले मिस एपेक्स–२०१४ को उपाधि जितेकी थिइन् । उनले आफूलाई मोडल हन्टमा समेत प्रस्तुत गरिसकेकी छिन् ।

यसपटकको मिस नेपालको परिणामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

पहिले–पहिले धाँधली भयो, रिजल्ट राम्रो भएन भन्ने गुनासो सुनिन्थ्यो । यसपटकको परिणाम हेर्दा जसले जुन–जुन क्याटगोरीमा जित्नुपर्ने हो त्यसैमा जितेजस्तो लाग्छ ।  म मिस नेपाल अर्थकै लागि उपयुक्त थिएँ भने निकिता नै मिस नेपालकी मुख्य दावेदार हुन् ।

मिस नेपालमा सहभागी भएपछि आफूमा के–कस्तो परिवर्तन पाउनुभयो ?

पहिले म हाँस्दै नहाँस्ने, चुपचाप रहने स्वभावकी थिएँ तर मिस नेपालमा भाग लिएपछि ममा परिवर्तन आएको छ । अहिले म हाँस्ने, सबैसँग घुलमिल हुने भएकी छु । ममा आत्मविश्वास पनि बढेको छ ।

मिस नेपालमा किन सहभागी हुनुभयो ?

साथीहरू मिस नेपालमा भाग लेऊ भन्थे । मलाई पनि जिते पनि हारे पनि यो एउटा राम्रो प्लेटफर्म हो जस्तो लाग्यो, त्यसैले सहभागी भएकी हुँ ।

अठार जना प्रतिस्पर्धीमध्ये कसलाई मुख्य प्रतिस्पर्धी मान्नुभएको थियो ?

सबैमा केही न केही खुबी थियो । त्यसैले मलाई कुनै पनि प्रतिस्पर्धीसँग डर लागेको थिएन । मैले त आफूलाई नै आफ्नो मुख्य प्रतिस्पर्धी मानेकी थिएँ ।

आफ्नो जितलाई कसरी सेलिब्रेट गरिरहनुभएको छ ?

परिवारसँग सगुन लिएर, साथीहरूसँग बधाईहरू लिँदै अझ भन्ने नै हो भने यो दुई दिन त फोनमै बढी व्यस्त रहें ।

मिस अर्थका लागि के–कस्तो तयारी गर्ने योजना छ ?

आफूलाई अझै ग्रुमिङ गर्छु । ६ हप्ताको प्रशिक्षणले सबै कुरा पुग्दैन । सबै कुराको अलिअलि ज्ञान भयो तर अब मिस अर्थको तयारीमा केन्द्रित हुन्छु । मिस अर्थमा सहभागी अग्रजहरूसँग कुराकानी गरेर, अनुभव बटुलेर, पुराना इभेन्टहरूको भिडियो हेरेर तयारीमा जुट्नेछु ।

तपाईंको रुचि के–कस्ता कुरामा छ ?

मेरो रुचि भ्रमण, कविता लेखन तथा अनुसन्धानमा छ ।

तस्बिर : महेश प्रधान

मेकअप : श्रद्या मास्के

पहिरन : सुष्मा सिंह, वुमन्स प्लानेट, घण्टाघर

लोकेशन : होटल अन्नपूर्ण

 Image