Successfully Copied

बरिष्टा मेनेजमेन्ट

बिभिन्न किसिमको कफी बेस्ट पेय पदार्थ तयार गर्ने कला हो । बिशेषगरी कफी मेशिनको प्रयोग गरेर यसबाट बिविध तरिकाका कफी तयार गर्ने विधीको ज्ञान दिइन्छ ।

लीला पोखरेल , बरिष्टा इन्ट्रक्टर ककटेल एण्ड ड्रिम्स, अनामनगर 

बरिष्टा मेनेजमेन्ट भनेको के हो ?

बिभिन्न किसिमको कफी बेस्ट पेय पदार्थ तयार गर्ने कला हो । बिशेषगरी कफी मेशिनको प्रयोग गरेर यसबाट बिविध तरिकाका कफी तयार गर्ने विधीको ज्ञान दिइन्छ । यसमा क्यापेचिनो, लाते, अमेरिकानो, मोक्कचिनो, मकियातो, एक्सप्रेसो आदि तयार गर्न सिकाइन्छ । यो नेपाली परिप्रेक्ष्यमा निकै नौलो तथा नया सिप पनि मानिएको छ । व्यस्त जीवनशैलीमा अहिले कफी खाने चलनमा निकै वृद्धि भएकाले यसको विविधताले पनि प्रश्रय पाएको हो । 

यो तालिमको अवधारणा कहाँबाट शुरु भएको हो ?

यो इटालीबाट शुरु भएको अवधारणा हो र नेपालमा यसको शुरुवात भएको करिव ४ वर्ष भएको छ । 

यो सिक्न कति समय दिन पर्छ ?

 १५ दिनको अन्तरमा थ्यौरी तथा प्राक्टिल तालिम प्रदान गरिन्छ । यो अवधीमा कफीका विविध प्रकार बनाउन विद्यार्थीहरूलाइ सक्षम बनाइन्छ । दिनको २ घण्टा तालिम दिइन्छ । विद्यार्थीहरूको सहजतालाई ध्यानमा राखेर सिफ्टवाइज तालिम दिइन्छ । प्राविधिक रूपमा सबल ल्याबमा विद्यार्थीहरूलाई तालिम दिइन्छ । यो १५ दिन सिक्न १५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ ।

यसको सम्भावना कस्तो छ ? 

नेपालमा पनि यसले प्रश्रय पाइरहेको छ । सबै रेष्टुरेन्टहरूले आफनो फ्रन्ट डेस्कमा कफी डेस्क राख्छन् । बारिस्ता तालिमपछि रेष्टुरेन्टहरूमा सजिलै जागिर पाइन्छ । यसको विदेशमा पनि राम्रो माग छ । सजिलो तथा ग्ल्यामरस यो जबमार्फत् आफूलाई छोटो समयमै एक्सप्लोर गर्न सकिन्छ । नेपालीहरूको कफीप्रति बढ्दै गएको मोहका कारण यो पेसाको भविष्य राम्रो छ ।  

 सिक्न चाहनेहरूका लागि केकस्ता सुविधा प्रदान गरिरहनुभएको छ ?

इन्टर्नसिप, जब प्लेसमेन्ट, विदेशमा जागिर, थ्यौरीका लागि किताबहरू प्रदान गरिन्छ । भिडियो लर्निङ पनि गराइन्छ । ग्रुपमा आउनेहरूका लागि बिशेष छुट प्रदान गरिन्छ । 

यो पेशा महिलाहरूका लागि कत्तिको उपयोगी छ ? 

महिलाहरूका लागि उत्तम छ । घरैमा पनि यो उपयोगी छ । काम गर्न सजिलो तथा रमाइलो अनुभव हुन्छ । यसबाट राम्रो आय आर्जन गर्न सकिन्छ । पढाइ कम भएकाहरूले पनि यो ज्ञान सिकेर अर्थोपार्जन गर्न सक्छन् । 

 Image