Successfully Copied

समाजसेवी यमु

काठमाडौंस्थित बागबजारमा जन्मिएकी यमु सुब्बा समाजसेवामा रुचि राख्छिन् । अमेरिकामा बालबालिकाको मानसिक र शारीरिक विकाससम्बन्धी कार्यक्रममा उनले धेरै काम गरिन् । पछिल्लो समय उनी नेपालमा महिला तथा बालबालिका हिंसाविरुद्धको अभियानलाई देशैभरि फैलाएकी छन् ।


काठमाडौंस्थित बागबजारमा जन्मिएकी यमु सुब्बा समाजसेवामा रुचि राख्छिन् । अमेरिकामा बालबालिकाको मानसिक र शारीरिक विकाससम्बन्धी कार्यक्रममा उनले धेरै काम गरिन् । पछिल्लो समय उनी नेपालमा महिला तथा बालबालिका हिंसाविरुद्धको अभियानलाई देशैभरि फैलाएकी छन् । विभिन्न जिल्लामा ‘मेची महाकाली बुहारी संयुक्त आवाज’ समूह बनाएर सहयोग गर्दै आएकी छिन् । झापाबाट सुरु यो समूह ५० जिल्लामा संगठित छ । यसले घरेलु हिंसा, बलात्कारका दोषीलाई कानुनी कठघरामा ल्याई दबाब दिन्छ । साथै नेतृत्व विकास तथा समस्यामा परेकालाई आर्थिकलगायतका सहयोग समेत उनी गर्छिन् । कोभिडताका र बाढीपहिरोमा परेकालाई समेत सहयोग गर्न यमु अग्रसर हुन्छिन् ।  गीत संगीतमा पनि उनको रुचि छ । उनले पाँच वटा म्युजिक भिडियोमा गीत र संगीत भरिसकेकी छन् । उनका चार वटा गीतका म्युजिक भिडियो आउने तयारीमा छन् ।

 Image