Successfully Copied

सिद्धयोगी समाजसुधारकः गुरुमहाराज षडानन्द

आज भन्दा १८६ वर्ष अगाडि वि.सं. १८९२ मार्ग शुक्ल पञ्चमीका दिन आबाल ब्रहृमचारी षडानन्द अधिकारी पूर्वी नेपाल भोजपुर जिल्लाको दिङ्लामा जन्मिएका थिए । उनी जन्मिएको ११ वर्षपछि वि.सं. १९०३ मा राणा शासनको उदय भएको थियो ।

निर्मला पोखरेल,संस्कृतिविद

आज भन्दा १८६ वर्ष अगाडि वि.सं. १८९२ मार्ग शुक्ल पञ्चमीका दिन आबाल ब्रहृमचारी षडानन्द अधिकारी पूर्वी नेपाल भोजपुर जिल्लाको दिङ्लामा जन्मिएका थिए । उनी जन्मिएको ११ वर्षपछि वि.सं. १९०३ मा राणा शासनको उदय भएको थियो । राणाहरुको दबदवाको सुरुवात सागसागै उनी युवा अवस्थामा प्रवेश गरेका थिए । यो समयमा नेपाल अधिराज्यभरि नै जनताका लागि भनेर कुनै विद्यालय वा शैक्षिक संस्थाहरुको सुरुवात भएको थिएन । वि.सं. १९१० मा जङ्गबहादुरले आˆना छोरा भतिजाहरुलाई अङ्ग्रेजी शिक्षा दिलाउन थापाथलीस्थित आˆनै दरबारको दाखचोकको भुइातलामा एउटा स्कुल खोली प्रारम्भिक शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएका थिए । उनले दिङ्लामा वि.सं. १९३२ चैत्र शुक्ल रामनवमी सोमवारको शुभ साईत पारेर मन्दिर सहितको सीता, राम, लक्ष्मणको मूर्ति र नर्वदेश्वर शिवलिङ्ग स्थापना गरे र यही दिन विद्यालयको पनि उद्घाटन गरे । गुरुमहाराजले दिङ्लामा पाठशाला खुलेको दुई वर्षपछि मात्र वि.सं. १९३४ मा श्री ३ रणोद्दीपका पालामा काठमाडाौमा दिङ्लाकै जस्तो संस्कृत पाठशाला खुलेको थियो । काठमाडौंको रानीपोखरी नजिक सञ्चालित दरवार हाईस्कुल नेपालको जेठो स्कुल भएपनि यहाा नागरिकको पहाुच र प्रवेश निषेध थियो । यसप्रकार गुरुको नेतृत्वमा नेपालको प्रथम नागरिक पाठशाला दिङ्लामा खुलेको हो । वि.सं. १९७३ मा चन्द्र शमशेरले त्रिचन्द्र कलेजको उद्घाटन गर्दा यो कलेज खोलेर आˆना खुट्टामा आफौले बन्चरो हानेको अभिव्यक्ति दिएका थिए । दिङ्लामा पाठशाला खोलेको ४१ वर्षपछि पनि देशको राजधानीमा शिक्षाको यस्तो अवस्था थियो । यस्तो विषम परिस्थितिमा त्यो दुर्गम क्षेत्रमा पाठशाला खोलेर त्यसलाई दीर्घजीवन दिने प्रबन्ध मिलाउनु धेरै नै कठिन कार्य थियो ।

गुरुमहाराजको नेतृत्व क्षमता, दृढ इच्छाशक्ति, योग्यता, दक्षता, प्रभाव, ख्याति तथा सिद्धिका कारणले नै यो कुरा सम्भव भएको थियो । भनिन्छ उनले कठोर साधना र तपश्याबाट अष्टसिद्धि प्राप्त गरेकाले उनमा अष्टसिद्धिका निम्न आठ प्रकारका क्षमता थिए – अणिमा (अणु समान सानो हुनसक्ने), महिमा (विशाल काय हुनसक्ने), गरिमा (पृथ्वी भन्दा गह्रौं हुनसक्ने), लघिमा (कपास भन्दा हल्का हुनसक्ने), प्राप्ती (जहाँ पनि पुग्न, सुन्न र पाउनसक्ने), प्राकाम्या (पानी, हावा, आकाशमा अलप हुने र अरुको शरीरमा प्रवेश गर्न सक्ने), इशित्व (मृत शरीरमा प्रवेश गर्न सक्ने) र वशित्व (सवै जीव र जगतलाई वशमा पार्न सक्ने) । उनले बनारसमा गायत्री पुरश्चरणको दीक्षालिई २४ पटक गायत्री पुरश्चरण गरेका थिए (विधिपूर्वक चौबीसलाख पटक गरिएको गायत्री मन्त्रको जपलाई एक पुरश्चरण भनिन्छ) । भनिन्छ उनको गायत्री जपगर्ने कोठामा गायत्री मातासाग साक्षात वार्ता हुने गर्दथ्यो । उनी एउटै थलोमा लामो समयसम्म बसेर अनेकन् कष्टप्रद साधना तथा तपश्चर्या गर्दथे । उनी अष्टाङ्ग योग (यम, नियम, आसन, प्राणायम, प्रत्यहार, धारणा, ध्यान र समाधि) साधना गर्दथे । समाधिको अवस्थामा पुगेपछि साधकले अष्टसिद्धि प्राप्त गर्न सक्दछ भन्ने मान्यता रहेको छ । यीनै विविध प्रकृतिका साधनाका प्रभावले उनलाई अष्टसिद्धि प्राप्त गर्न सहयोग मिलेको मानिन्छ । तात्कालीन राणा शासकहरु गुरुको सिद्धि र ख्यातिसाग प्रभावित भएर उनका भक्त हुन पुगे । गुरुलाई बेला–बेलामा काठमाडाौ आउादा पचलीघाटको आश्रममा बस्ने व्यवस्था राणाहरुले मिलाइ दिएका थिए । जंगबहादुर, बमबहादुर, रणोद्दीप, वीर शमशेर, देव शमशेर र चन्द्र शमशेरको समयसम्म गुरुको जीवन रÅयो । कुनै राणा प्रधानमन्त्रीहरुले गुरुको अभियानमा बाधा गरेको देखिादैन । बरु गुरुबाट छोरा भतिजालाई मन्त्र सुनाउनु (गुरु गायत्री मन्त्र साधनाका सिद्ध मानिन्छन्), संगत गर्नु, उनले दिएको प्रसाद खानु सिद्धि लाग्छ भन्ने विश्वास थियो ।

यिनका बिषयमा अनेकन् किंवदन्तीहरु प्नि छन् । यिनी आज काठमाण्डौं हुन्थे भने भोलि नै दिङ्ला । अरुण जस्तो ठूलो नदी रुमाल विछ्याएर तर्थे भने, काठमाण्डौं टेकुको पचलीघाट स्थानमा वागमती नदी वर्खे भेलको समयमा खराउ लगाएर वारपार गर्दथे । यिनले भारत वाराणसी रहादा मुमुक्षु भवनमा तात्कालीन प्रशिद्ध गुरु मग्नीरामसाग विशेष शिक्षा–दिक्षा लिएका थिए । उच्चतह सम्मको विद्याअध्ययन, अष्टाङ्ग योग साधना, गायत्री उपासनाबाट प्राप्त सिद्धी र क्षमतावाट उनी भारतीय विद्वत वर्गमा पनि प्रसिद्ध भएकाले उनलाई त्यहााको तात्कालीन विद्वत समाजले सिद्धजोगीहरुलाई सम्मान गर्ने परम्परा अनुसार श्री १०८ को उपाधीले सम्मान गरिएको मानिन्छ । यिनी योग साधनामा रहेको अवस्थामा दिवङ्गत भएका हुन् । यी तथ्यहरुले उनमा विशिष्ट सिद्धी भएको कुरा प्रष्ट्याउाछ ।

वि.सं. १८९६ श्रावण महिनामा भीमसेन थापाको अवसानपछि उनका आफन्त, नातागोता, शुभचिन्तक, गुरु–पुरोहित, समर्थकहरु आफूलाई असुरक्षित महसुस गरी आˆना धनमाल र परिवारको सुरक्षा खातिर काठमाडाौ उपत्यका छोडेर तितरबितर हुने क्रममा उनका परिवारभित्रका केही थापा, चापागाईं, बस्नेत, सुवेदीहरु परिवार र मूल्यवान् सामग्रीहरु लिएर लुक्दै छिप्दै पूर्वी नेपालतिर आउने क्रममा भोजपुर जिल्लाको दिङ्ला, अरूण नदीको पूर्वी पाटोमा पुगेपछि त्यहााको रसिलो र उब्जाउ भूमि देखेर आकर्षित हुनुको साथै यहाँसम्म राज्यको दृष्टि पुग्दैन भन्ने ठानेर त्यही क्षेत्रमा बसोबास गरे भने थापाहरु अरूण नदीको पूर्वी पाटो चन्दरपुरतिर लागे । यता भीमसेन थापाको पतन हुनुभन्दा चार वर्ष पहिले गुरुको जन्म भएको थियो । उपत्यकाको दरबारको सेरोफेरोमा रहेर शिक्षित, दीक्षित भएका दरबारको नजिकमा रहेका जागरुक व्यक्तिहरु यसरी दिङ्लामा बसोबास गर्न पुगे । यिनीहरु लगायत यहााका रैथाने मगर, राई र विभिन्न जाति र वर्गले गुरु महाराजको अभियानमा हृदयदेखि सहयोग र समर्थन गरेका थिए । सरकारदेखि स्थानीयसम्मलाई परिचालन गर्न सक्ने गुरु तात्कालीन समयका महान् धार्मिक नेता पनि हुन् । तात्कालीन समयमा गुरुका असल र महान् अभियानको सुरुवात र निरन्तरतामा सयाौ व्यक्तिहरुले खुला मनले आर्थिक, नैतिक, भौतिक, शैक्षिक सहयोग गरेका थिए ।

वि.सं. १८९० भन्दा निकै अगाडिदेखि नै दिङ्लाको सेरोफेरोको ठूलै भूभाग कुश विर्ताको रूपमा रहेको देखिन्छ । कुश विर्ता बस्ने धेरै दाताहरुले पाठशाला सञ्चालन हुनुभन्दा अगाडिदेखि नै गुरुलाई भूमिदान गरेका कागजातहरु पाइएका छन् । यहाँ कुश विर्ताबारे अलिकति प्रष्ट भएमा तत्कालीन परिवेश बुझ्न सजिलो हुन्छ । खास गरी विभिन्न किसिमका कामहरुबाट राजालाई खुसी पार्न सक्ने व्यक्तिहरुलाई कुश विर्ता दिने गरेको देखिन्छ । विशेष रूपमा ब्रामणहरुलाई श्री ५ तथा राजपरिवारका सदस्यहरुको जन्मोत्सव, शुद्धशान्ति, वार्षिक श्राद्ध, विवाह, व्रतबन्ध जस्ता कार्यहरुमा यस्तो विर्ता दिने गरिन्थ्यो । यसका अतिरिक्त वैद्यराज, खजाञ्ची तथा धाइहरुलाई पनि कुश विर्ता दिएको देखिन्छ । यसबाट गुरु महाराजको उदय हुनुभन्दा अगावै देखि यो क्षेत्र दरबारसाग सम्पर्कमा रहेको सचेत व्यक्तिहरुको बसोबास क्षेत्र थियो भन्ने स्पष्ट हुन्छ । पाठशाला खोल्नु अगावै गुरुलाई दाताहरुले खेत, घर, घडेरी बारी बिरौटा दान गरेको पाइन्छ । उदाहरणस्वरुप वि.सं. १९२८ पौषमा दिङ्ला कुशविर्ता बस्ने कुशियार शिवलाल पोखर्‍यालले गुरुले उनको घरमा अध्यात्म रामायण, काशी माहात्म्य श्रवण गराए बापत २५ मुरी धान फल्ने खेत दान गरेका थिए भने अर्को साल उनैले चतुर्मासा पुराण सुनेर अरू घर, घडेरी, बारी बिरौटा गुरुलाई दिएको पाइन्छ । त्यसै गरी अरूहरुले पनि पुराण श्रवण गराए बापत गुरुलाई प्रशस्त जग्गा, दक्षिणा दान गरेका लिखतहरु रहेका छन् । यति मात्र नभई गुरुलाई दुई गाउाको जिम्मावाल समेत बनाइएको थियो । पछि पाठशाला खुलेपछि त भूमिदान गर्नेहरुको लहर नै चलेर आयो ।

यति मात्र नभई गुरुले कसैको हकदाबी नभएको बााझो सरकारी जग्गा सरकारबाट दर्ता गराई सीताराम गुठी स्थापना गरेर मन्दिरहरु, फूलबारी बगौचा आदि निर्माण समेत गराएका थिए ।

तात्कालीन कागजात र अभिलेखहरुले विभिन्न दान दातव्य गर्नेहरुमा पुरुषहरु मात्र नभई महिलाहरुको पनि सहभागिता देखिन्छ । वि.सं. १९५५ मा तिलरुपा देवी र पद्मादेवीले, वि.सं. १९६४ मा भक्तिराम पाध्या पौडेलकी आमाले, वि.सं. १९६४ मा नै सरस्वती उपाध्यानी ब्राÅमणी पौडेल्नीले, वि.सं. १९६५ मा मणिकर्णिका ब्राÅमणीले भूमिदान गरेका थिए । वि.सं. १९७९ जेठमा लिलामाया सुवेदिनी उपाध्यानीले श्री सीताराम प्रीति गरी मोरु २००।– चढाएको, फालिकोट बस्ने कप्तान्नी इच्छादेवी कर्किनीले शिवजी प्रीति गरी दुई धार्नीको कस्कुटे छत्र १, तावााको जलधारी १ लगायत ७२ वटा बहुमूल्य पुस्तकहरु वि.सं. १९६८ मङ्सिरमा चढाएकी थिइन् । ती पुस्तकहरुमा महाभारत, रामायण, हरिवंश, गीता, रघुवंश, श्राद्ध विधि, व्रतराज, लघुकौमुदी आदि थिए । त्यसै गरी कुश विर्ता बस्ने जशोदा ब्रामणीले जमिन दान गरेकी थिइन् ।

 त्यसवेलाका त्यहााका धार्मिक श्रद्धालु सबै जात र वर्गका थिए । विशेषतः दिङ्लाका चापागाई, अधिकारी, गुरागाई, सुवेदी, पौडेल, बस्नेत, गौतम, लम्साल, भट्टराइृ, न्यौपाने, कोईराला, नेपाल, हमाल, राई, मगर, घले, श्रेष्ठ, तामाङ, दमाई लगायत महिलाहरु, वरपरका बासिन्दाहरु साथै तत्कालीन सरकारले पनि गुरुको अभियान र नेतृत्वलाई सहयोग र समर्थन गरी साथ दिएको देखिन्छ । जनतालाई शिक्षा दिए जहानिया शासन टिक्दैन भन्ने भावना बोकेका तात्कालीन राणा शासकहरुलाई पनि प्रभावमा पारेर नेपालमा संस्थागत रूपमा जनताका छोराछोरीलाई शिक्षा दिने पहिलो पाठशाला व्यक्तिगत पहलमा स्थापना, गुठीको व्यवस्था, बगौचा, पाटी, धारा, कुण्ड, पोखरी, बाटो, टुाडिखेल निर्माण, सामुदायिक वन, मेला, व्यापारको व्यवस्था, सामाजिक सुधार, सबै जातजातिको सहयात्राको सुरुवात, सदाचार, शिक्षा, सामूहिक संस्कार (१०८ वटुकको सामूहिक व्रतवन्ध) गरी फजुल खर्च नियन्त्रण गर्ने कुरालाई बढावा जस्ता अत्यन्त महत्वका मानवीय कर्तव्य पूरा गर्नका लागि गुरुले चलाएको सामाजिक परिचालनको नेतृत्व ज्यादै सक्षम, कुशल र प्रभावकारी देखिन्छ । उनले बिस्तार गरेको रुद्राक्ष रोपण पकृया आज  ब्यापक भएर यो क्षेत्रको आम्दानीको ठूलो श्रोत भएको छ । उनले दिङ्ला र यस आसपासका क्षेत्रमा वि.सं.१९४० तिरै सतीप्रथाको घोर विरोध गर्दै लगभग उन्मूलन नै गराएका थिए भने दासप्रथाका पनि यिनी विरोधी थिए । चन्द्र शमसेरले यसको ३७ वर्ष पछि वि.सं.१९७७ असार २५ गते सतीप्रथाको अन्त्य गरेको घोषणा गरे ।

गुरुको नेतृत्वमा गुणस्तरीय पठनपाठन, बस्ने खाने प्रवन्धसहितको छात्रावास, शिक्षक आवाश,  शिक्षाका लागि उपयुक्त वातावरण आदिको कारणले पूर्वमा ताप्लेजुङ पाचथरदेखि पश्चिममा गुल्मी, प्युठानसम्म र छिमेकी देश भारतको सिक्किम, असामबाट पनि अध्ययनका लागि विद्यार्थीहरु दिङ्ला पाठशाला आएको पाइन्छ । गुरु दिङ्लामा आˆना सृजनाका सबै परिबन्द मिलाएर काठमाण्डौं टेकुस्थित पचली घाटमा अवस्थित आश्रममा वि.सं. १९६९ मा आए ।  वि.सं. १९७३ सालको जेष्ठशुक्ल त्रयोदशीका दिन योगसाधनारत अवस्थामा यही आश्रममा उनी ब्रहृमलीन भए ।

शिक्षाप्रेमी, समाज सुधारक, कर्मयोगी, मातृभूमि सेवक यस्ता गुरु महाराजको जीवनको समग्र पक्षलाई केलाएर हेर्दा असल मनसायले निःस्वार्थ भएर समाजको भलोमा निरन्तर लागिरहने व्यक्तिलाई विषम परिस्थितिमा पनि चारैतिरबाट सहयोग र समर्थन प्राप्त भइरहन्छ भन्ने स्पष्ट देखिन्छ ।  तात्कालीन समयका सिद्ध योगी र समाज सुधारक महान् र कुशल धार्मिक नेताको योगदानलाई कदर गरेर वि.सं.२०५१ मा उनको नामबाट हुलाक टिकट जारी गरिएको छ । वि.सं.२०७३ सालदेखि नेपाल सरकार सूचना विभागले निकाल्ने क्यालेण्डरमा बिवाहपञ्चमीको दिनलाई षडानन्द जयन्ती भनी उल्लेख हुनथालेको छ ।  यिनको  समग्र योगदानको मूल्याङ्कन गर्दा यिनलाई राष्ट्रिय विभूतिको घोषणा गरेर सम्मान गर्न ढिला भैसकेको आभाष हुनजान्छ ।

पोखरेल आबाल ब्रम्हाचारी षडानन्द प्रतिष्ठानमा सह–सचिव छिन् ।

 Image