Successfully Copied

स्मृतिबाट

मानव जीवनमा क्षमता विकासको अत्यन्त महत्वको र सबैभन्दा रमाइलो क्षण बाल्यकाललाई भनिन्छ । वास्तविक जोकोहीलाई पनि बालापनले झस्काएकै हुन्छ । किनकि त्यतिबेला न कुनै कुराको दबाब हुन्छ न कुनै तनाव । न केही कुरा गहिरिएर सोच्नुपर्छ न त सोच्न सक्ने क्षमता नै हुन्छ

मानव जीवनमा क्षमता विकासको अत्यन्त महत्वको र सबैभन्दा रमाइलो क्षण बाल्यकाललाई भनिन्छ । वास्तविक जोकोहीलाई पनि बालापनले झस्काएकै हुन्छ । किनकि त्यतिबेला न कुनै कुराको दबाब हुन्छ न कुनै तनाव । न केही कुरा गहिरिएर सोच्नुपर्छ न त सोच्न सक्ने क्षमता नै हुन्छ । न धैर्य एवं संयमताजस्ता कुरा जानेको नै हुन्छ । बरु खान, खेल्न, डुल्नमा नै व्यस्त र मस्त रहन्छ । अझ केही बिगार गरे सानो भनेर गाली होइन प्रोत्साहनको वर्षा ओइरिन्छ । आज पनि स–साना बालबालिकाले आफ्ना अगाडि यस्ता क्रियाकलाप गरेको देख्दा जोकोहीलाई विगतको सम्झनाले पक्कै पनि सताउँछ । यसरी आफूले पनि अञ्जानमा कति बदमासी गरिन्थ्यो । तर साथीहरूको बीचमा डरभन्दा मज्जा पो आउँथ्यो । आफ्नै घर वरिपरि बगैंचामा फलफूल खाएर खेल्दा समय बितेको पत्तै हुँदैनथ्यो । घरसँगै खेत पनि थियो । असार पन्ध्रमा धान रोपाईं गर्दा कन्याहरूलाई टीका लगाएर साइत गरिन्थ्यो । त्यही भएर पानी पर्न थालेपछि मलगायत साथीहरू अब टीका लगाएर पैसासँगै  दही, चिउरा, केरा, आँप, कटहर र मिठाईं पनि पाइने लोभले दङ्ग पथ्र्यांै । अनि त्यो पाएपछि सबै आ–आफ्नो घर दौडिहाल्थ्यौं । हप्तामा एकदिन शनिबार बिदामा के–के गर्ने भनेर शुक्रबार स्कुलबाट फर्कदा बाटामै खासखुस गर्दै कुरा मिलाउँथ्यौं ।

बालसहपाठीहरू सौजन्या, सुलेखा र अर्णिवाको त घर छेउछाउमा नै बगैंचा थियो । तर प्रसूनको बगैंचा भने हामी सबैको भन्दा अलि टाढा थियो । त्यसैले त प्रसून सबै साथीहरू बटुल्दै मेरोमा आउँथी र बोलाउँथी । अनि म पनि भीडमा लुसुक्क मिसिन्थेंं । साथीहरूसँग मिलेर काँचो आँप खान र घुम्न पाइने मोहले टाढा भए पनि रमाउँदै दौड्थ्यौं । कहिलेकाहीँको बाल लहड पनि उदेकलाग्दो हुन्थ्यो । अगाडि हिँड्दै जाँदा हेलिकप्टर कीरा देख्दा कसले धेरै समात्न सक्ने भनेर ठेलाठेल गर्दै भेला पार्न हतार हुन्थ्यौं । साथीहरूको हूलमा जे गर्दा पनि हिम्मत बढ्दो रहेछ । अहिले सम्झिदा पनि हाँसो उठ्छ । सुरक्षाको हिसाबले अभिभावकका साथमा ढुक्क भए पनि त्यहाँ प्रसूनकी आमा एकातिर हामी अर्कातिर पुगिसकेका हुन्थ्यांै । बाटाभरि ठूलो स्वरले हल्ला गर्दै कुँद्थ्यौं । बाटोमा कुकुरहरू खेलिरहेका हुन्थे । हामी भने आफ्नै सुरमा हिँडिरहेका हुन्थ्यौं । एक्कासि कुकुर देख्दा सुलेखालाई कुकुर हामीलाई नै झम्टिन आएजस्तो लाग्दो रहेछ र साह्रै डराउँथी । अनि ऊ आत्तिँदै दगुरेर मेरो हात समाउन आइपुग्थी । मलाई त कुकुरसँग खेल्न मन पथ्र्यो । किनकि मेरो घरमा दुई–चारवटा कुकुर सधै हुन्थे । प्रसून हामीलाई सुझाउँथी अब त बगैंचा नजिकै छ । हामी दङ्ग पर्दै खुसीले एक–अर्कालाई अंकमाल गथ्र्यौं । प्रसूनको बगैंचामा पुग्दा चौकीदार आँपको बोटको छेउमै ध्यान गरेर बसेजस्तो लाग्थ्यो । त्यो देखेपछि हामी सबै खित्का छोडेर हाँस्थ्यौं । प्रसून भने डराएको स्वरमा हेरविचार गर्न बसेको हो सुन्छन् क्या बिस्तारै बोल न भन्दै हामीलाई चूप गराउँथी । तर हामीलाई उसको कुराले केही असर गर्दैनथ्यो । हामी भने उसको कुरालाई उडाएझैं गरेर मुखामुख गथ्र्यौं । आफ्नो बगैंचाको फल खान पनि केको डर ? हाम्रो बालमस्तिष्कले आफैलाई प्रश्न गथ्र्याे । प्रसून अलि झोक्किएर रिसाएको स्वरमा अरुलाई ठेक्का दिइसकेको छ । त्यही भएर चूप लाग न भन्थी । अरूलाई ठेक्का दिएपछि आफूले मनलागि टिपेर खान नपाइने रहेछ । त्यही भएर त लुकीलुकी खानुपर्ने कुरो गजब लाग्छ । आँपको मात्रै बगैंचा भएर होला झुल्लिएका आँप हेर्दा पनि रहर लाग्दा देखिन्थे । चराहरू एउटा हाँगाबाट अर्काे हाँगामा फुत्रुक–फुत्रुक गर्दै सरेको देख्दा कति मज्जा लाग्थ्यो । बोट वरिपरि त्यस्तै लुकेर हामी पनि खेल्थ्यांैं । खेल्नमा नै व्यस्त भएर होला एकछिन त चौकीदार दाइलाई पनि बिर्सन्थ्यांंैं । विभिन्न रंगका पुतली फूल वरिपरि नाचेको हेरेर एकछिन त्यही हराउँथ्यांै । जति गरे पनि फेरि आँपतिरै मन जान्थ्यो । घरमा पनि आउँ पर्छ भनेर काँचो आँप नै खान पाइन्नथ्यो । अनि अलि नुहेको हाँगालाई समाएर आँप टिप्थ्यौं । त्यसपछि हत्तपत्त काँचो आँप खाइहाल्थ्यांै । तर एकछिनपछि फेरि कहाँबाट चौकीदार दाइको झल्याँस्स सम्झना आउँथ्यो । कतैबाट देखे भने त बाँकी पनि खोस्लान् बरु बाटोमा खाँदै जाने योजना बनाएर छिटोछिटो गरेर घर फर्कन्थ्यांंै । कलिलो दिमाग आलाकाँचा केटाकेटी परिएछ ठेक्का दिनु भनेको के थाहा र ? बाटोमा हिँड्दा पनि चौकीदार दाइले भेट्लान् कि भन्ने डरले यताउता नहेरी लड्दै घर पुगिन्थ्यो । दिनभरको दौडादौडले रातभरि खुट्टा दुखेर सुत्न कठिन हुन्थ्यो । अहिले सोच्दा सानोमा गरेको चकचक पनि ठूलो लाग्दो रहेछ । तर बच्चाबच्चीमा ज्ञान राम्ररी नपसेको कारणले सबै कुराको हेक्का राख्न पनि त सकिन्न रहेछ । तराईमा हुने विभिन्न जातका फलफूलमध्ये आँप, अम्बा, बयर, मेवा, अमला, केरा, जामुन, लिची एवं भुइँकटहर आदि त आफ्नै बारीमा फल्थे । ताजा फलफूल आफ्नै बारीको कति स्वाद मानेर पेट अघाउन्जेलसम्म खाइन्थ्यो । फेरि आफूहरूले मात्र नभएर अरू आउने–जाने आफन्तकहाँ पनि पठाइन्थ्यो । बाल सुलभता भनेकै जिज्ञासा मिसिएको हुँदो रहेछ । साथीको हूल मिलेर गरेको बदमासी पनि सानो उमेरमै सुहाउँदो रहेछ । अर्काको बारीमा चोरेर फलफूलहरू खाँदा किन त्यति उधुम रमाइलो भएको होला । अहिले सम्झदा पनि जिब्रो रसाउँछ । हामी नजिकै रहेका साथीहरू प्राय: भेला भएर कहिले भाँडाकुटी खेल्ने, कहिले पुतलीको बिहे गराएर भोज खाने जस्ता खेलहरू त प्राय: खेलिरहेकै हुन्थ्यौं । तर घरमा खेल्दाखेल्दा बाहिर घुम्न जान पाउँदा मज्जा पनि आउँथ्या े।यसरी साथीहरू बीच बिताएका ती पलहरू सम्झदा अझसम्म पनि त्यतिकै उत्साह र ऊर्जा थपिएको पाइन्छ । हिजोआज आफ्नै खुसीमा बालापन बिताइरहेका अहिलेका केटाकेटी पनि कतैबाट पैसा पाए कि त तितौरा र पाउँका साथमा अरू पनि आफूलाई मन लागेका कुरा जे पनि खानका लागि पसल–पसल दौडेको देखिन्छ । जे खान मन लाग्यो त्यो इच्छा पसलबाट मात्र पूर्ण हुन्छ भन्ने सोचेका छन् ।अमिलो–पिरो पनि बोटमा फल्छ र भन्ने कुरा कमैलाई थाहा छ । दिनहँु समय परिवर्तनसँगै आजकल त अनौठो बन्न थालेको छ । कतिपय केटाकेटीलाई थाहै छैन । बोट–बिरुवासँगको  सामीप्यता नहुँदा त्यस्तो प्रश्न उठ्नु पनि स्वाभाविक हो तर धन्य हामीले अमिलो–पिरो फल्ने बोटहरूसँग प्रत्यक्ष साक्षात्कार मात्र होइन लुकामारी पनि गर्न पाएका छौं ।  तर जे–जस्तो भए पनि हरेक कुराको पाठ सिकाउने अन्तत: समय नै रहेछ । हामी अहिलेको नयाँ प्रविधिबाट अनभिज्ञ बनेझैं आजका केटाकेटी पनि ग्रामीण रहनसहनबाट अनभिज्ञ छन् । हामीले प्रत्यक्ष आफ्नै घरको गाईको दूध आफ्नै बारीमा फलेका फलफूल तरकारी खाएको थाहा छ । तर आजका अधिकांश केटाकेटी यी सबै कुरा बजारमा पाइहाल्छ नि भन्छन् । यसलाई समयानुसारको चमत्कार मान्नुपर्छ ।

 Image