Successfully Copied

मिस स्कुबा इन्टरनेसनल

२४ वर्षीया श्रद्धा सिलवालले मलेसियामा सञ्चालन भैरहेको मिस स्कुबा इन्टरनेसनल–२०१९ मा प्रतिस्पर्धा गरिरहेकी छिन् । लन्डनमा बसोबास गर्दै आएकी श्रद्धाले लन्डनस्थित ब्रुनेल युनिभर्सिटीबाट इन्फर्मेसन सिस्टम्स म्यानेजमेन्ट एजुकेसनमा स्नातकोत्तर गरेकी छिन् ।

श्रद्धाले गत सेप्टेम्बरमा आरके इन्टरटेनमेन्ट ग्रुपद्वारा सञ्चालित मिस ग्रान्ड नेपाल–२०१९ अन्तर्गत मिस ग्रान्ड स्कुबा नेपाल–२०१९ को उपाधि जितेपछि मिस स्कुबा इन्टरनेसनल–२०१९ मा सहभागी हुने अवसर प्राप्त गरेकी हुन् । प्रतियोगिताका लागि श्रद्धाले मलेसियास्थित माबुली टापुमा स्कुबा ड्राइभिङको प्रशिक्षण प्राप्त गरेर ओपन वाटर स्कुबा ड्राइभरको प्रमाणपत्र समेत हासिल गरेकी छिन् । 

आइतबार कात्तिक १७ गतेदेखि ३० गतेसम्म चल्ने मिस स्कुबा इन्टरनेनसल–२०१९ को फाइनल कात्तिक २९ गते हुनेछ । प्रतियोगिताको मुख्य उपाधिका लागि श्रद्धाले विश्वका ४० भन्दा बढी सुन्दरीसित प्रतिस्पर्धा गर्नेछिन् । सफ्टवेयर इन्जिनियर श्रद्धा नृत्य, अध्ययन, भ्रमणका साथै आफ्नो पर्सनल तथा सोसल डेभलपमेन्टमा रुचि राख्छिन् । श्रद्धा स्मल युनिटी फर ह्युमानिटी नामक आफ्नै संस्थामार्फत् बालबालिकाको क्षेत्रमा समेत सक्रिय छिन् । 

 Image