Successfully Copied

एसिड पीडित मुस्कानलाई राजेशको हौसला 

महा–नायक राजेश हमालले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेटेका छन् । हमालले अस्पतालमै पुगेर खातुनलाई भेटेका हुन् । एसिड प्रहारबाट गम्भिर घाईते भई उपचार गराईरहेकी खातुनलाई हमालले भटेर आत्मबल बलियो बनाएर अगाडी बढ्न सुझाव दिएका छन् । 

हमालले उक्त घटनालाई एक नमीठो दुर्घटना सम्झिएर उच्च मनोबलका साथ अघि बढ्न भन्दै यस्ता खालका दुर्घटनाबाट आफूलाई अझै बलियो बनाएर अगाडि बढेका थुप्रै उदाहरणहरुलाई आत्मसाथ गर्न सुझाएका हुन् । उनले खातुनलाई आफ्नो पढाई र उद्देश्यमा केन्द्रित हुन समेत आग्रह गरेका छन् । 

एसिड आक्रमणमा परेर घाईते भएकी मुस्कानलाई बलिउड कलाकारहरु अमितनव बच्चन, वरुण धवन र कृति सेननले पनि भिडियो कल गर्दै सिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । वीरगन्जकी १५ वर्षिय मुस्कान खातुनलाई भदौ २० गते गाउँकै दुई युवा मजिद मिया र सम्साद आलमले एसिड प्रहार गरेका थिए । एसिडका कारण मुस्कानको अनुहारको दायाँ भाग, घाँटीको दायाँ भाग र दायाँ हात जलेको थियो ।

 Image