Successfully Copied

सन्दर्भ : विश्व पर्यटन दिवस

सेप्टेम्बर २७ तारिखका दिन संसारभर विश्व पर्यटन दिवस मनाउने चलन छ । यसको सुरुवात अमेरिकाको विश्व पर्यटन संगठनले गरेको हो । नेपालमा पनि आज शुक्रबार विश्व पर्यटन दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरूको आयोजना गरिँदैछ । अतिथि देवो भव: अर्थात पाहुना हाम्रा भगवान हुन भन्ने मान्यताले नेपालमा

सेप्टेम्बर २७ तारिखका दिन संसारभर विश्व पर्यटन दिवस मनाउने चलन छ । यसको सुरुवात अमेरिकाको विश्व पर्यटन संगठनले गरेको हो । नेपालमा पनि आज शुक्रबार विश्व पर्यटन दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरूको आयोजना गरिँदैछ । अतिथि देवो भव: अर्थात पाहुना हाम्रा भगवान हुन भन्ने मान्यताले नेपालमा पनि वर्षौंदेखि विभिन्न कार्यक्रम आयोजित गरिँदै आएको छ । 

 नेपाल सरकारले सन् २०२० लाई भिजिट नेपाल भ्रमण वर्ष घोषणा गरेर उक्त वर्ष संसारभरबाट २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । 

    यसभन्दा अघि पनि सरकारले सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाएको थियो । जसमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएकोमा झन्डै ८ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

    नेपाल पर्यटन बोर्डले सन् २०१२ मा लुम्बिनी भ्रमण वर्षको आयोजना गरेको थियो । १० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा करिब ७ लाख पर्यटकमात्र नेपाल भित्रिएका थिए । 

    सरकारले सन् २०१३ लाई कर्णाली पर्यटन वर्षका रूपमा मनाएको थियो । 

    नेपालमा बढी आउने पर्यटकमा भारत, चीन, अमेरिका, बेलायत तथा जर्मनीका नागरिक छन् ।

नेपाल आउने पर्यटक

सन् २०१४ – ७ लाख ९० हजार १ सय १८ जना

सन् २०१५ – ५ लाख ३८ हजार ९ सय ७० जना 

सन् २०१६ – ७ लाख ५३ हजार २ जना

सन् २०१७ – ९ लाख ४० हजार २ सय १८ जना

सन् २०१८ – ११ लाख ७३ हजार ७२ जना

 Image