Successfully Copied

शाकाहारीको दसैं 

बढ्दो रोग तथा खराब स्वास्थ्यस्थितिका कारणहिजोआज शाकाहारीहरूको संख्या बढ्दैछ । शाकाहारी भोजन फाइदाजनक भएकाले शाकाहारीहरूको बाहुल्यता बढ्दै गएको छ । जिब्रोका स्वादका लागि मासु मात्र खानुपर्छ भन्ने कुराको कुनै आधार छैन । दसैंमा फलफूल, जुस, पनिर, तोफु, दही, च्याउ, मिठाईं आदि खाएर पनि

असत्यमाथि सत्य, अन्यायमाथि न्याय एवं दानवमाथि देवीले विजय हासिल गरेका कारण खुसीपूर्वक मनाइने हिन्दूधर्मालम्बीहरूको महान् चाड हो–दसैं । यो पर्व हर्ष, उत्साह तथा एकआपसमा खुसी, माया आदान–प्रदान गरेर रमाइलोसँग मनाइन्छ । यस क्रममा घटस्थापनादेखि पूर्णिमासम्म विभिन्न किसिमका मासुका परिकार, काँक्रा तथा कुभिन्डाको अचार, मिष्ठान्न भोजन तथा सेल आदितयार गरिन्छ । चाडपर्वको आगमनसँगै खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्छ । चाडपर्वमा होस् वा अन्य समयमा आफ्नो स्वास्थ्यलाई अनुकूल हुने उपयुक्त भोजन प्रणाली अपनाउनुपर्छ । दसैं भेटघाटका साथै  मिष्ठान्न भोजनको सम्मिश्रण हो । यतिबेला लामो बिदा हुने भएकाले अष्टमीदेखि पूर्णिमासम्म सबैका घरमा मासु अनिवार्य रूपमा पकाइन्छ । यतिबेला मांसाहारीले पक्कु, सेकुवा, भुटन, छोइला, सुकुटी आदि परिकार खान्छन् भने शाकाहारीले पनिर, तोफु आदिका तरकारी खान सक्छन् । सुर्खेतकी मन्दाकिनी बस्नेत शाकाहारी भएकीले दसैंका बेला पनिर, च्याउजस्ता तरकारी बढी प्रयोग गर्ने कुरा बताउँछिन् । 

बढ्दो रोग तथा खराब स्वास्थ्यस्थितिका कारणहिजोआज शाकाहारीहरूको संख्या बढ्दैछ । शाकाहारी भोजन फाइदाजनक भएकाले शाकाहारीहरूको बाहुल्यता बढ्दै गएको छ । जिब्रोका स्वादका लागि मासु मात्र खानुपर्छ भन्ने कुराको कुनै आधार छैन । दसैंमा फलफूल, जुस, पनिर, तोफु, दही, च्याउ, मिठाईं आदि खाएर पनि खानपिनको आनन्द लिन सकिन्छ । मासुबाहेक अन्य स्वास्थ्यबद्र्धक तथा प्रोटिनयुक्त भोजनको कुनै कमी छैन । शाकाहारी खाना खाने तथा मन पराउने समूहका लागि दसैंका उपयुक्त

परिकार :

सेतान  

मासुजस्तै स्वाद आउने प्रोटिनयुक्त शाकाहारी भोजन सेतान गहुँको ग्लुटिनबाट तयार गर्न सकिन्छ्र ।  क्याल्सियम र प्रोटिनले भरिपूर्ण सेतानले पाचनप्रक्रियालाई सरल बनाउन मद्दत पुर्‍याउँछ । उच्च रक्तचापका बिरामीले समेत यसको प्रयोग गर्न सक्छन् । सेतानलाई मासुको भेगान परिकार पनि भनिन्छ । यसलाई वर्गरमा प्याटीका रूपमा प्रयोग गरी अन्य सागसब्जी, चीज, मायोनेज आदि मिसाएर खान सकिन्छ । सेलियाका बिरामीले भने सेतान खानु हँुदैन ।

चल्ला मटर र फलियाँको मिटबल

फाइबर र प्रोटिनयुक्त चल्ला मटर र फलियाँ प्रयोग गरेर शाकाहारी मिटबल बनाई मासुको स्वाद बिर्साइदिने स्वास्थ्यबद्र्धक परिकार गर्न सकिन्छ । यसका लागि चल्ला मटर र फलियाँलाई भुटेर धूलो बनाई बेसन, मसला, कर्नफ्लोर आदि प्रयोग गरी स–साना डल्ला बनाएर तेलमा फ्राई गर्नुपर्छ ।

एभोकाडो अण्डा रोल 

अण्डा, दही तथा दूधजन्य पदार्थ मात्र प्रयोग गर्ने तर मासुलाई आफ्नो थालीमा समावेश नगर्ने शाकाहारी वर्गलाई ल्याकटोओभो भनिन्छ । दसैंमा मासुको साटो एभोकाडो अण्डा रोल तयार गर्नसकिन्छ । एभोकाडोलाई सानो स्लाइस आकारमा काटेर थोरै चीज, बन्दाकोबी, साग तथा मायोनेज मिसाई अण्डामा रोल गरेर खान सकिन्छ । एभोकाडोमा मोनोस्याचुरेटेड फ्याटी एसिड हुने भएकाले यसले मुटुलाई फाइदा पुर्‍याउनुका साथै यसको क्रिमी तथा बटरी फ्लेवरले आनन्दित तुल्याउँछ ।

पिनट पापड मसला  

स्वादिष्ट पिनट पापड मसला शाकाहारीका लागि चखिलो परिकार हो । यसले भुटनसरहको स्वाद दिन्छ । प्रोटिनयुक्त साथै फाइदावद्र्धक चिल्लो समावेश हुने पिनट मुटुका लागि स्वास्थ्यवद्र्धक कुजिन हो । ७–८ दाना पिनट, ६–७ दाना बदाम, थौरै पापड, स–साना टुक्रा काँक्रा तथा चाट मसलामा एक चम्चा तातो तेल प्रयोग गरी पिनट पापड मसला तयार गर्न सकिन्छ । यसलाई खाजा वा सितनका रूपमा खान सकिन्छ ।

पनिर टिक्का 

प्रोटिन, क्याल्सियम तथा लिनोलिक एसिडको पावर हाउस पनिर स्वास्थ्यबद्र्धकसँगै शाकाहारी वर्गका लागि मासुभन्दा स्वादिष्ट भोजन हो । पनिरबाट पनिर चिल्ली, पनिर स्टिक, पनिर मोमो, पनिर सब्जी आदि स्वादिला परिकार तयार गर्न सकिन्छ । पनिर टिक्कामा चिकन टिक्कासरह टेक्स्चर तथा फ्लेवर हुने भएकाले यसलाई मासुको उत्कृष्ट विकल्पका रूपमा लिइन्छ । पनिरले दाँत तथा हड्डी बलियो बनाउनुका साथै यसमा प्राप्त हुने सेलेनियमले बाँझोपनको समस्या समाधान गर्न समेत मद्दत पुर्‍याउँछ । पनिर टिक्का बनाउन ४–५ टुक्रा पनिर र एक स्लाइस चीजलाई एउटा सिन्कामा भेंडेखुर्सानी, प्याज तथा टमाटरसँगै उनेर केही समय तन्दुरमा राख्नुपर्छ । अन्त्यमा कागती र चाट मसलाले गार्निस गर्नुपर्छ। चाडपर्वका बेला नौला परिकार बनाएर स्वाद फेर्नुको मज्जा बेग्लै हुन्छ । 

रुखकटहरको करी  

एन्टिअक्सिडेन्ट, भिटामिन, फाइबर तथा मिनरल्सले पूर्ण रुखकटहरले शाकाहारीलाई सुँगुरको मासु जस्तै आकर्षण दिन्छ । मासुजस्तै देखिने कटहरको करीले दसैंमा शाकाहारीहरूको स्वाद बढाउँछ ।

तोफु सेकुवा, तोफु चिल्ली

सोया दूधबाट बनेको ठोस पदार्थ हो–तोफु । एमिनो एसिड, प्रोटिन, फस्फोरस, भिटामिन–बी १ तथा जिन्कयुक्त तोफुशाकाहारीका लागि उपयुक्त परिकार हो । यसलाई सेकुवा, टिक्का वा चिल्ली बनाएर पनि खान सकिन्छ । तोफु फाइदाजनक हुनुका साथै स्वादिलो पनि हुन्छ । 

च्याउको छोयला

पिरो,  हल्का अमिलो तथा स्वादिलो बफ छोयलालाई शाकाहारी थालीमा च्याउ प्रयोग गरी समावेश गर्न सकिन्छ । चाडपर्वमा चटपटे परिकारका रूपमा च्याउको छोयला तयार गर्न सकिन्छ । च्याउमा फाइबर, भिटामिन १२, सेलेनियम, पोटासियम तथा भिटामिन डीको उपयुक्त मिश्रण हुन्छ । च्याउले मांसाहारी भोजनबाट मात्र प्राप्त हुने भिटामिन बी–१२  पनि परिपूर्ति गर्छ । पहिले जस्तो चाडपर्वमा मासु नै खानुपर्छ भन्ने छैन । मासुका अनेकौं विकल्प छन् जसले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछन् । यस्ता परिकार खाएर पनि चाडपर्वको मज्जा लिन सकिन्छ । 

टिप्स 

चार किसिमका शाकाहारी  

–दुग्ध तथा दुग्ध परिकार मात्र खाने ल्याक्टो भेजिटेरियन हुन् । 

–अण्डा मात्र खाने ओभो भेजिटेरियन हुन् । 

–दुग्ध र दुग्ध परिकार तथा अण्डा खाने ल्याक्टो ओभो भेजिटेरियन हुन् । 

–जनावरको स्रोत नखाने तथा वनस्पति स्रोत खाने भेगान हुन् । 

विश्वभरका मानिस शाकाहारी भए

सन् २०५० सम्म विश्वभरका मानिस शाकाहारी भए बर्सेनि कम्तीमा करोडौं जीवको ज्यान जोगिन्छ । पशुपन्छीबाट उत्पादन हुने खानेकुरा खाँदै नखाने हो भने बर्सेनि कम्तीमा पनि ८० लाख मानिसको जीवन जोगिनेछ । अक्सफोर्ड मार्टिन स्कुल फ्युचर अफ फुड प्रोग्रामका अनुसन्धानकर्ता मार्को स्प्रिङम्यानका अनुसार खाद्य सामग्रीबाट हुने ग्रिन हाउस ग्यास उत्सर्जन ६० प्रतिशतले घट्नेछ । उत्सर्जनमा आउने कमी रातो मासुको उपभोग बन्द भएकाले हुनेछ किनभने रातो मासु उत्पादन हुने रेड मिटले मिथेन ग्यास उत्सर्जन गर्छ । विश्व नै शाकाहारी भए विभिन्न पर्व र परम्परा प्रभावित हुन्छन् । विश्वका अधिकांश मानिसले मनाउने पर्वमा मासु प्रयोग गरिन्छ । क्याम्ब्रिज विश्वविद्यालयका बेन फिलोङका अनुसार यसैकारण विश्वलाई शाकाहारीमा परिणत गर्ने प्रयास सफल भने  हुन सक्दैन । 

 Image