Successfully Copied

प्रतिष्ठालाई उपाधि

गत साता काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटलमा सम्पन्न मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१९ को फाइनल प्रतिस्पर्धामा प्रतिष्ठा साख:ले मुख्य उपाधिको ताज आफ्नो शीरमा सजाउन सफल भएकी छिन् । 

गत साता काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटलमा सम्पन्न मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१९ को फाइनल प्रतिस्पर्धामा प्रतिष्ठा साख:ले मुख्य उपाधिको ताज आफ्नो शीरमा सजाउन सफल भएकी छिन् । 

प्रतियोगितामा आश्रा श्रेष्ठले ट्यालेन्ट अवार्ड सहित मिस टुरिजम क्वीन इन्टरनेसनल नेपाल २०१९ को तजा पहिरिन् । यसैगरी प्रतियोगितामा अनिला लामाले मिस ग्लोबल ब्युटी क्वीन इन्टरनेसनल नेपाल २०१९ को उपाधिमा आफ्नो नाम दर्ता गरिन् । तीनै जना ताजधारी सुन्दरीहरुले आ आफ्नो प्रतियोगिताको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।

ग्रुप अफ इभेन्ट इन्टरट्ेरनर्स, जि.ई.इ.को आयोजनामा संचालन भएको सो प्रतियोगिताको कोरियोग्राफी अनुप सक्सेनाले गरेका थिए भने प्रतिस्पर्धीहरुको ग्रुमिङ र प्रशिक्षण रोजिन शाक्यले गरेका थिए । 

प्रतियोगितामा सन्दिपा विष्टले वेष्ट फिगर तथा वेष्ट इन गाउनको उपाधि जितेका थिए भने राजश्री के.सी. पपुलर तथा फोटोजेनिक विधामा विजेता चयन भइन् । प्रतियोगितामा आरजु जोशी फ्रेन्डशीप र श्रीजिता देउजा पर्सनालिटी विधाका हकदार छनौट भएका थिए । 

सो प्रतियोगिताका सहभागिहरु आईसी स्ूकूल अफ आर्ट एण्ड फेसनका विद्यार्थी डिजाइनरहरुले तयार पारेका पहिरनमा सजिएर प्रतिस्पर्धाको मैदानमा देखिएका थिए ।  

 Image