Successfully Copied

बर्मामा नेपाली उत्पादनको प्रदर्शनी  

सार्क चेम्बर महिला उद्यमी परिषद नेपाल  (एससिडब्लुइसी ) संग आबद्ध  महिला टोलीले नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उदेश्य सहित वर्माको याङ्गनमा प्रर्वधननात्मक  प्रदर्शनी गरेको छ ।  वर्मा स्थित नेपाली राजदुताबासको निमन्त्रणामा एससिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित टोलीले वर्माको

सार्क चेम्बर महिला उद्यमी परिषद नेपाल  (एससिडब्लुइसी ) संग आबद्ध  महिला टोलीले नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उदेश्य सहित वर्माको याङ्गनमा प्रर्वधननात्मक  प्रदर्शनी गरेको छ ।  वर्मा स्थित नेपाली राजदुताबासको निमन्त्रणामा एससिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित टोलीले वर्माको याङ्गनमा प्रबद्र्धनात्मक  प्रदर्शनीको आयोजना गरेको हो । 

उक्त टोलीले वर्माको याङ्गनको पाइन ओ ओलीन शहरमा अवस्थीत नेपाली दुताबासको प्राङ्गणमा गत भदौं १४ देखि १६ गते सम्म नेपालका  विभिन्न उत्पादनहरुको प्रबद्र्धनात्मक  प्रदर्शनीको आयोजना गरेको थियो । 

प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री, महिलाहरुले प्रयोग गर्ने  पोते, किलीप, चुरा, कुशन कभर, दौरा सुरुवाल, साडी र चोली, मखमलको चप्पल, बिभिन्न प्रकारका हातले निर्माण गरेको हाते झोलाहरु, गाग्री, खड्कुलो जस्ता सामाग्रीहरु प्रदर्शनीमा राखिएको छ ।  त्यसैगरी सोही टोलीले बर्माका विभिन्न शहरहरुमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गरी यस मुलुकबाट नेपालमा  पर्यटक भित्र्याउने  उदेश्य लिएको छ । 

 

 Image