Successfully Copied

सिक्किममा प्रितम र बाबु

अखिल सिक्किम अनुसूची जाति कल्याण संघको निम्तोमा प्रितम सिलिगुडीको प्रचण्ड गर्मी छल्दै गान्तोक उक्लिएका थिए  प्रितम आचार्य । भारतको चर्चित रियालिटी शो सारेगामापा लिटल च्याम्सको सेकेन्ड रनर्सअप भएपछि उनी एक वर्षसम्म जीटीभीकै निगरानीमा छन् । अनुबन्धनमा रहेका कारण उनलाई सिक्किम ल्याउन आयोजकहरूले जीटीभीसँग सम्झौता

गान्तोकस्थित मनन केन्द्रमा दर्शकको बाक्लो भीड प्रितम आचार्यको व्यग्र प्रतीक्षामा थियो । यत्तिकैमा उद्घोषक राजेश घतानीले आमन्त्रण गरेपछि दौरा सुरुवाल र ढाका टोपीमा चिटिक्क परेका लिटल च्याम्स प्रितम मञ्चमा पुगे । दर्शकदीर्घाबाट तालीको पर्रा छुट्यो । प्रितमले मन्द मुस्कानका साथ भने, ‘यो मेरो पहिलो सिक्किम यात्रा हो । तपाईंहरुको मायाले मलाई बोलायो ।’ 

खासमा अखिल सिक्किम अनुसूची जाति कल्याण संघको निम्तोमा प्रितम सिलिगुडीको प्रचण्ड गर्मी छल्दै गान्तोक उक्लिएका थिए  प्रितम आचार्य । भारतको चर्चित रियालिटी शो सारेगामापा लिटल च्याम्सको सेकेन्ड रनर्सअप भएपछि उनी एक वर्षसम्म जीटीभीकै निगरानीमा छन् । अनुबन्धनमा रहेका कारण उनलाई सिक्किम ल्याउन आयोजकहरूले जीटीभीसँग सम्झौता गरेका थिए । 

प्रितमले गान्तोकमा नेपाली गीतबाट गायनको पन्तुरो खोले, आफूलाई मन पर्ने गायक गोपाल योन्जनको देशभक्ति गीत देशले रगत मागे.....बाट । उनको गलाबाट नेपाली गीत नसुनेका दर्शक श्रोताका लागि यो नौलो कोसेली थियो । कार्यक्रममा सहभागी नेपालका पूर्व राज्यमन्त्री जितु गौतम भन्दै थिए, ‘नेपाली गीतमा अझ राम्रा रहेछन् प्रितम ।’ करिब आधा घण्टा स्टेजमा बिताएका प्रितमले नेपाली गीतपछि सन्देसे आते है..... गाए । सारेगामापामा यो गीत सर्वाधिक रुचाइएको थियो जसले सिक्किमेली दर्शकको मन नजित्ने कुरै थिएन । प्रितमले सुनाएका प्रायः गीत सारेगामापामै गाएका थिए । तेस्रो नम्बरमा तडप पडप के इस दिन.... गाएपछि उदित नारायण झाको जादु तेरी नजर गाउँदा दर्शक वान्स मोर भन्दै चिच्चाए । अन्त्यमा उनले दुई गीत थपे, वचना ए हसिना र ओले ओले । 

प्रितमपछि मञ्चमा उक्लिए सदावहार गायक बाबु बोगटी । उनले गीत मात्र गाएनन्, नाचेर दर्शकहरूलाई थप मनोरन्जन प्रदान गरे । प्रितम र बाबुको प्रस्तुतिअघि स्थानीय प्रतिभा निकिता सिन्चुरी, दिपिका दियाली, चन्दकुमार विक, निहाल रामुदामु, जीवन वराइली तथा सिक्किमका वनमन्त्री कर्मा लोडे भुटियाले मञ्च सम्हालेका थिए । शम्भु राईका फ्यान मन्त्री भुटियाले चिठी तिमीलाई.... गाउँदा कार्यक्रमस्थल दर्शकको हुटिङले गुन्जिएको थियो । 

 Image