Successfully Copied

ग्ल्यामरस सर्ट्स

यस्ता सर्ट्स अत्यन्त क्लासिक देखिन्छन् । यी सबै खालका समर टपसित सुहाउँछन् तर कुल ग्राफिक टि–सर्टसित बढी स्टाइलिस देखिन्छ । यसमा फ्ल्याट सुज मिलाउनुपर्छ । बेल्ट प्रयोग गरी लाइन हाइलाइट गर्नु उपयुक्त हुन्छ ।

ब्वायफ्रेन्ड सर्ट्स

राम्रो खालको ब्वायफ्रेन्ड सर्ट्स अलिक लामो र हिपभन्दा थोरै मुनिसम्म हुनुपर्छ । यसका साथमा लुज टि–सर्ट, ट्याङ्क टप वा लाइट वेट बटन डाउन लगाउन सकिन्छ । स्लाउचिनेसलाई सन्तुलन दिन टेलर्ड ज्याकेट, पोइन्टेड टो पम्पस एवं स्ट्रक्चर्ड क्रस बडी ब्यागको जोडा मिलाउनु राम्रो हुन्छ । ब्वायफ्रेन्ड सर्ट्सको कफलाई रोलअप गरी लगाउँदा थप स्टाइलिस देखिन्छ ।

बोटानिकल प्रिन्ट सर्ट्स

समरमा कुल लुक दिन ट्रपिकल भाइब दिने ग्राफिक र कलरफुल फ्लोरल, पाल्म, फ्रुट प्रिन्ट भएको सर्ट्सका साथमा स्ट्रेपी स्यान्डल्स, कुल मिरर्ड सन ग्लासेससँग लेदर तथा डेनिम ज्याकेटको जोडा मिलाउनु उचित हुन्छ ।

हाइ बेस्टेड कट्अफ्स

यस्ता सर्ट्स अत्यन्त क्लासिक देखिन्छन् । यी सबै खालका समर टपसित सुहाउँछन् तर कुल ग्राफिक टि–सर्टसित बढी स्टाइलिस देखिन्छ । यसमा फ्ल्याट सुज मिलाउनुपर्छ । बेल्ट प्रयोग गरी लाइन हाइलाइट गर्नु उपयुक्त हुन्छ ।

लेस सर्ट्स

लेस सर्ट्सलाई लेयर गर्न लुज, मेन्सवेयर प्रभावित टपसित लगाउनु राम्रो हुन्छ । हाइ हिल्सको प्रयोग गरी खुट्टालाई थप आकर्षण प्रदान गर्नुपर्छ ।

लेदर सर्ट्स

लेदर सर्ट्ससित भने ब्राइट ह्वाइट र पप क्लर्ड टप उपयुक्त हुन्छ ।

रनर्स

एथलेटिक प्रभावित सर्ट्स भने सुहाउँदो ज्याकेट तथा स्पोर्टी ट्रयाक सुटसँग राम्रो देखिन्छ भने स्निकर्स यसका लागि सुहाउँदो फुटवेयर मानिन्छ ।

हर्ट पाइन्ट–सर्ट सर्ट्स

नामअनुसार यो धेरै छोटो हुन्छ र मूलतः खुट्टाको माथिल्लो भाग र हिपलाई मात्र छोप्ने खालको हुन्छ । स्लिम लेगमा यो शैलीले सेक्सी लुक प्रदान गर्छ ।

बर्मुडा सर्ट्स

यो सेमी क्याजुयल, नि–लेन्थ ट्राउजर्स हेम, कफ्ड र अनकफ्ड हुन्छ । यसको लम्बाइ घुँडाभन्दा एक इन्चमाथि हुन्छ । यो शैली फ्लोवी टप तथा लाइट ज्याकेटसित बढी सुहाउँछ ।

मिड लेन्थ सर्ट्स

यो अपिलिङ एवं आकर्षक हुन्छ । यसमा मिड सिम हुन्छ जुन ७ देखि ८ इन्चसम्मको हुन्छ । यसलाई डे सर्ट, गल्फ सर्ट, क्लासिक सर्ट आदि नामले पनि चिनिन्छ । थाइ मोटो भएकाहरूले यस्तो सर्ट लगाउन सक्छन् ।

लो–राइज सर्ट्स

यसलाई नर्मल वेस्टलाइनभन्दा मुनि लगाइन्छ । लो राइज सर्टस् आवर ग्लास बडी सेप भएकाहरूलाई सुहाउँछ भने यो पियर बडी सेपमा पनि सुहाउँछ ।

प्लिटेड सर्ट्स

प्लिट्स स्लिम तथा पिटाइट फ्रेममा बढी सुहाउँछ र यसले बडीलाई भोल्युम प्रदान गर्छ । हिप र थाइ ठूलो छ भने प्लिटेड लगाउनु हुँदैन । यो सर्ट्स न्यारो हिप भएकाहरूलाई भने सुहाउँछ ।

स्टाइलिङका केही उपाय

    सर्ट्ससँग अपर वेयरमा टि–सर्ट, ब्लाउज, क्यामिसोल, सर्ट्स हल्टर नेक, बस्टियर, सिङ्लेट्स, ट्याङ्क टप, स्पेगेटी आदि लगाउन सकिन्छ । यस्तै वन सोल्डर र स्ट्रेप टप्स, पिजन्ट ब्लाउज, पेप्लम टप्सको जोडा पनि उपयुक्त हुन्छन् ।

    सर्ट्ससँग प्रायः सबै खालका फुटवेयर सुहाउँछन् । यद्यपि थोङ, वेज, फ्लिप–फ्लप, पम्पस, स्लिपिङ ब्याक, स्टेलिरोज, पिप्टोअ, किटल हिल्स, स्यान्डल्स, स्निकर्स तथा स्केचर्स खुबै जम्छन् ।

    सर्ट्स लगाउँदा बेल्टको ठाउँमा स्कार्फ प्रयोग गर्न सकिन्छ । सर्ट्स प्रिन्टेड छ भने, स्कार्फ प्लेन नै हुनुपर्छ भने प्लेन सटर््सका साथमा प्रिन्टेड स्कार्फ लगाउनुपर्छ ।

    मोटो शरीर भएकाहरूले बेलुन स्टाइलको सर्ट्स लगाउनुपर्छ ।

    यसपटक आफ्नो फेभरेट सर्ट्समा लेस प्रयोग गरी त्यसलाई फ्रिल भएको कुर्तीसित प्रयोग गर्नुपर्छ ।

    हाइ वेस्ट सर्ट लगाउने अनेकौं तरिका छन् । यसका साथमा आफ्नो टि–सर्ट वा टपलाई टक इन गरी लगाउनुपर्छ ।

    सर्ट्सका साथमा फेमिनेन लुक प्राप्त गर्ने चाहना छ भने लेसी सर्ट लगाउनुपर्छ ।

    हाइ वेस्ट डेनिम सर्ट्सका साथमा कोर्सेट टप लगाउनु उपयुक्त हुन्छ ।

    हाइ वेस्ट सर्ट्स इन्जोय गर्न फ्लोरल सर्ट्सलाई ट्याङ्क टप र लेदर ज्याकेटका साथ लगाउनुपर्छ ।

    सर्ट्समा ब्राइट कलरको इम्ब्रोइडरी आकर्षक देखिन्छ । यसलाई बटन भएको सर्टसित लगाउनु उपयुक्त हुन्छ ।

    धेरै जिपर भएको सर्ट्स कम उमेरका युवतीलाई बढी सुहाउँछ ।

    फन्की प्रिन्ट सर्ट्स प्लेन टि–सर्टका साथ लगाउनुपर्छ । यो अत्यन्त स्टाइलिस देखिन्छ ।

 

 Image